काठमाडौँ, १७ चैत। प्रधानमन्त्री निवास बालुवाटार अगाडि मानव अधिकार तथा शान्ति समाजले गरेको धर्ना र प्रदर्शनमा संलग्न ३४ जना अधिकारकर्मीलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।

Advertisement

सद्भाव प्रवद्र्धन, हिंसा र घृणाको खारेजी एवं दण्डहीनताको अन्त्यका लागि शान्ति समाजले हरेक वर्ष चैत १७ गते धर्ना र प्रदर्शनी गर्दै आएको छ ।

नयाँ सरकार गठनसँगै टीकापुरलगायतका दुर्दान्त घटनाका आरोपित÷संलग्नहरुको मुद्दा फिर्ता लिने र आममाफी दिन खोजेको भन्दै समाजले खबरदारी गर्ने क्रममा धर्ना गर्दा अधिकारकर्मीलाई पक्राउ गरेको उक्त संस्थाले जनाएको छ ।

नेपाल राष्ट्र बंैक चोक बालुवाटारबाट समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागार्इं, संस्थापक सदस्य कृष्ण कँडेलसहित ३४ जनालाई प्रहरीले पक्राउ गरी नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखेको जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!