
काठमाडौं, १६ चैत । परराष्ट्र मन्त्रालयले आज प्रधानमन्त्री केपी शर्मा ओलीको राजकीय भारत भ्रमणको मिति घोषणा गरेको छ । उनी चैत २३ देखि २५ सम्म भारत जाने भएका छन् । ओलीले पहिलो भ्रमण भारतलाई रोजेका छन् ।
दोस्रोपटक प्रधानमन्त्री भएका ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तीनपटक फोनबाट र एक पटक औपचारिक पत्र पठाइसकेका छन् ।
ओलीको भ्रमण चैत २४ देखि २६ सम्मका लागि भारतले प्रस्ताव गरेको थियोे । तर नेपालले एक दिन पहिला हुने जवाफ पठायो । भारतले ओलीको अनुकुल हुने गरी चैत २३ देखि २५ मा सहमति जनाएको छ । पहिलो प्रधानमन्त्रीका रूपमा ओलीले २०७२ फागुन ७ देखि ११ सम्म भारत भ्रमण गरेका थिए ।


















