काठमाडौंको महाराजगञ्जमा फ्ल्याटै भाडामा लिएर यौन धन्दा, दुई जना समातिए
काठमाडौं, १५ चैत । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले फ्ल्याटै भाडामा लिएर यौन धन्दा चलाउँदै आएका दुई जना डान्स बार सञ्चालकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं–२६ मा रहेको साकिरा डान्स बारका सञ्चालक पोखराको लेखनाथ–१७ का २६ वर्षीय राजु थापा र उनकी श्रीमति २६ वर्षीय कीदिपा भनिने पम्फा लामिछाने थापा छन् ।
प्रहरीका अनुसार उनीहरुले डान्स बारको बहानामा नजिकै छुट्टै फ्ल्याट भाडामा लिएर यौन...






























