काबुल, १९ चैत । अफगानिस्तानको स्वतन्त्र निर्वाचन आयोग (आइइसी) ले आगामी अक्टोबर २० मा संसदीय निर्वाचनको मिति तय गरेको छ ।

आइइसी अक्टोबर २० को दिनमा संसदीय निर्वाचनको घोषणा गरिएको स्थानीय सञ्चार माध्यमले सोमबार जानकारी दिएको छ । अक्टोबर २० मा संसदीय निर्वाचनको लागि सहमति भएको अफगानिस्तानका दैनिक पत्रिकाहरुले सोमबार छापेका छन् ।

Advertisement

यसअघि अफगान संसदीय चुनाव आगामी जुलाई १८ मा हुने भनिएको र यहाँका सरकारी सञ्चारमाध्यमहरुले पनि सोही घोषणा गरेका थिए । अफगानिस्तानमा जारी असुरक्षाको मुद्दा र बजेटको कारण सो निर्वाचनको समयपछि सारिएको आइइसीका प्रमुख गुलाजान बादे सयादले सञ्चारमाध्यमलाई बताउनु भएको छ ।

अफगानिस्तानमा सन् २००१ बाट तालिवान लडाकू समूहले अफगान सरकारका विरुद्धमा विद्रोह शुरु गरेका छन् । सोही समूहको आक्रमणमा परी हरेक वर्ष सयौं सुरक्षा अधिकारीलगायत सर्वसाधारणको ज्यान जाने गरेको छ । सोही कारण अफगानिस्तानामा सुरक्षा एक प्रमुख मुद्दाका रुपमा रहने गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!