बस दुर्घटनामा तीनको मृत्यु, नौ घाइते

बस दुर्घटनामा तीनको मृत्यु, नौ घाइते

मेलम्ची, ९ चैत । काठमाडौँबाट सिन्धुपाल्चोकको मेलम्चीतर्फ जाँदै गरेको बस आज दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको छ । आज दिउँसो २ बजे मेलम्ची नगरपालिका–१२ तामाखानीमा बस दुर्घटना भएको मेलम्ची इलाका प्रहरी कार्यालयले जनाएको छ । आमाहेल्मो यातायातको बा३ख ४३२५ नंको बस दुर्घटनामा मृत्यु भएका तीनजनामध्ये मेलम्ची नगरपालिका–१० का ४० वर्षीय चन्द्रबहादुर देउजाको मात्र सनाखत भएको छ भने दुईजना...
नेपालमा दैनिक २५ देखि ३० पराकम्प

नेपालमा दैनिक २५ देखि ३० पराकम्प

काठमाडौँ, ९ चैत । नेपालमा दैनिक २५ देखि ३० वटा भूकम्पका पराकम्प जाने गरेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार २०७२ वैशाख १२ गतेपछि दैनिक २५ देखि ३० वटा पराकम्प जाने गरेको हो । गोरखा केन्द्रविन्दु भएर भूकम्प गएदेखि हालसम्म नेपालमा साना ठूला ४५ हजार पराकम्प गएको छ । जसमध्ये चार रेक्टर स्केलभन्दा ठूला ४९१ पराकम्प रहेका छन् । केन्द्रका प्रमुख लोकविजय अधिकारीले गोरखा, सिन्...
मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु

धनगढी, ९ चैत । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने कैलालीको लम्कीचुहा सडक खण्डमा गएराति दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा से५प४८०३ नं को मोटरसाइकल चालक बर्दिया जिल्ला राजापुरका २४ वर्षीय नेत्र रावल र सोही मोटरसाइकलको पछाडि बसेका कालिकोट जिल्ला राजकोट नगरपालिकाका १८ वर्षीय शिवराज बोगटी रहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । दुर्...
आमसञ्चार नीतिको आधारमा छिट्टै कानून बन्छ: राज्यमन्त्री बाँस्कोटा

आमसञ्चार नीतिको आधारमा छिट्टै कानून बन्छ: राज्यमन्त्री बाँस्कोटा

काठमाडौँ, ९ चैत ।  सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय आमसञ्चार नीतिको आधारमा जतिसक्दो चाँडो कानून बनाउने बताएका छन । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको १७ औँ स्थापना दिवसको अवसरमा यहाँ आज आयोजित सामुदायिक रेडियोको नीति एवं स्थानीय तहसँगको साझेदारी’ विषयक अन्तरक्रियामा राज्यमन्त्री बाँस्कोटाले कानूनी कार्यान्वयनसँगै सञ्चार क्षेत्रमा देखिएका समस्या ...
लहान नगरपालिकाकाे सुनचाँदी पसलमा वम विस्फोट, ६ जना घाइते

लहान नगरपालिकाकाे सुनचाँदी पसलमा वम विस्फोट, ६ जना घाइते

लहान, ९ चैत । नगरपालिका ७ मा बम विस्फोट भएको छ। विकास ट्रेडर्स, सुनचाँदी पसलमा अपरिचित समूहले राखेको बम बिस्फोट हुँदा ६ जना घाइते भएका छन्। शुक्रबार लहानमा हाट बजार लाग्ने गर्छ। हाटबजारको दिन सुनचाँदी पसलमा भिड रहेको थियो। त्यहि भिडमा एक अपरिचित आएर शंकास्पद  झोला राखेका थिए। उनले झोला राखेको केही बेरमै विस्फोट भएको पसल सञ्चालक विकास सारडाले बताए। यो ठाउँमा प्राय सुनचाँचदीका पसलहरु रहेका छन्। घ...
प्रधानमन्त्री ओलीको भारत भ्रमण तय

प्रधानमन्त्री ओलीको भारत भ्रमण तय

काठमाडौं, ९ चैत ।  प्रधानमन्त्री केपी ओलीले २३ चैतमा भारत भ्रमण गर्ने तय भएको छ । भ्रमण तीन दिन अर्थात् २५ गतेसम्म हुनेछ । दुई देशका परराष्ट्र मन्त्रालयको आन्तरिक गृहकार्यपछि ओलीको भ्रमण मिति तय भएको हो । प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच २४ चैतमा हैदराबाद हाउसमा भेटवार्ता हुने बताइएको छ । सोही दिन ओलीले भारतका राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति वैंकया नायडुसहित भारतीय उच्च...
कर्णाली प्रदेशमा एनजीओ र फेसबुक बन्दको घोषणा

कर्णाली प्रदेशमा एनजीओ र फेसबुक बन्दको घोषणा

कर्णाली प्रदेशका गैरसरकारी संस्था (एनजीओ) लाई नियमवन गरिने भएको छ। प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा एनजीओलाई ‘आउट’ गर्ने घोषणा गरेका छन्। कर्णालीबासीलाई एनजीओले परनिर्भर बनाएको भन्दै उनले ‘आउट’ गर्ने घोषणा गरेका हुन् । उनले जनवादी शैलीमा नै एनजीओको गतिवधिलाई नियन्त्रण गर्ने बताए। एनजीओ नजाँदा कर्णालीको उत्पादनले उनीहरुलाई पुग्ने गरेको बताउँदै काठमाडौमा आयोजित पत्रकार सम्मेलनम...
दक्षिण कोरियाली पूर्व राष्ट्रपति पक्राउ पर्नसक्ने

दक्षिण कोरियाली पूर्व राष्ट्रपति पक्राउ पर्नसक्ने

सोल, ९ चैत ।  दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति ली म्युङ बाकलाई पक्राउ गर्न आदेश दिएपछि उनी पक्राउ पर्नसक्ने सम्भावना बढेको बताइएको छ ।  उनी आफ्नो पदमा रहँदा गरेको भनिएका विभिन्न भ्रष्टाचारको आरोपमा अनुसन्धानका लागि पक्राउ गर्न बिहीबार सोलस्थित एक अदालतले आदेश दिएको बिहीबार स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०१३ सम्म उनी आफ्नो पाँचबर्षे राष्ट्रपतीय कार्यकालमा रहँदा उनले गरेका का...
दश घर, एक पोखरी अभियान शुरु

दश घर, एक पोखरी अभियान शुरु

अर्घाखाँची, ९ चैत । पोखरी मासिएका कारण दिन प्रतिदिन पानीका मुहान सुक्दै गइरहेको निष्कर्ष निकाल्दै अर्घाखाँचीमा १० घर एक पोखरी अभियान शुरु गरिएको छ । गाउँगाउँमा रहेका पोखरी संरक्षणको अभावमा मासिँदै गइरहेका बेला युवाको सक्रियतामा अभियानको शुभारम्भ गरिएको हो । पोखरी मासिँदै जाँदा आकाशबाट परेको पानी जमिनभित्र सिञ्चित हुन नपाएका कारण पानीका मुहान सुक्दै गएपछि प्रकृतिको संरक्षणको लागि अभियान शुरु गरिए...
मानव बेचबिखन मुद्दामा वडाध्यक्षलाई ३७ वर्ष कैद

मानव बेचबिखन मुद्दामा वडाध्यक्षलाई ३७ वर्ष कैद

नुवाकोट, ९ चैत ।  दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई मानव बेचबिखन मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालतले ३७ वर्ष छ महिना कैद सजाय र  दुई लाख ५० हजार जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश लोकजङ्ग शाहको एकल इजलाशले वडाध्यक्ष तामाङसहित तीनजनालाई कैदका साथै जरिवानाको फैसला गरेको हो । तामाङसहित उनका सहयोगीहरु सोही स्थानका शुकमान लामालाई ३२ वर्ष तीन महिना २३ दिन कैद...
सडकको लालपूर्जा व्यक्तिको नाममा !

सडकको लालपूर्जा व्यक्तिको नाममा !

म्याग्दी, ९ चैत । ०५९ सालमा निर्माण भएको जग्गा बेनी–जोमसोम सडकका लागि अधिग्रहण गरिएको अन्नपूर्ण गाउँपालिका–३ दानाका जग्गाधनीले डेढ दशकसम्म पनि मुआब्जा नपाए पछि सडककले अधिग्रहण गरेको जग्गाको तिरो भने तिर्दै आएका छन् । न मुआब्जा, न भोगचलन तर आफ्नो जग्गामा बनेको सडकको समेत कर तिर्नुपर्दा स्थानीय बासिन्दा मर्कामा परेका हुन् । अन्नपूर्ण गाउँपालिका–३ दानाका नेत्र गर्बुजाको तीन रोपनी जग्गा सडक विस्...
न्यायसेवा निष्पक्ष र सहज बनाउनुपर्छः महान्यायाधिवक्ता खरेल

न्यायसेवा निष्पक्ष र सहज बनाउनुपर्छः महान्यायाधिवक्ता खरेल

नेपालगञ्ज, ८ चैत । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले कार्यालय भवनको भव्यताले मात्र नागरिकको न्यायप्राप्तिको चाहना पूरा हुन नसक्ने बताएका छन । यहाँ निर्माण भएको उच्च सरकारी वकिल कार्यालयको आज उद्घाटन गर्दै उनले कार्यालयबाट हुने सेवा प्रवाह निष्पक्ष र सहज बनाउनेतर्फ कर्मचारीको ध्यान जानुपर्नेमा जोड दिए । महान्यायाधिवक्ता खरेलले संविधान कार्यान्वयनको प्रक्रिया मुलुकभरि शुरु भइसकेको उल्लेख गर्दै स...
एकीकृत जलस्रोत नीति सरकारको प्राथमिकतामा

एकीकृत जलस्रोत नीति सरकारको प्राथमिकतामा

काठमाडौँ, ८ चैत ।  सरकारले एकीकृत राष्ट्रिय जलस्रोत नीति ल्याउने तयारी गरेको छ । लामो समयदेखि सो नीति ल्याउने तयारी गरेको बताउँदै आए पनि काम भने हुन नसकेको सन्दर्भमा वर्तमान सरकारले त्यसलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ । नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताहको अवसरमा जल तथा ऊर्जा आयोगले आज यहाँ आयोजना गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले एकीकृत जलस्रोत नीति ल्य...
विश्व सम्पदा दिवस मनाउन समिति गठन

विश्व सम्पदा दिवस मनाउन समिति गठन

काठमाडाैँ, ८ चैत। मुलुकका सम्पदालाई प्रचार प्रसार गर्न जनस्तरबाट ‘विश्व सम्पदा उत्सव मूल समारोह समिति’ गठन गरिएको छ ।  समितिको निर्देशन समितिको संयोजकमा प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठ, सदस्यहरुमा अर्का सांसद रामवीर मानन्धर तथा प्रदेशसभा सांसद राजेश शाक्य र वसन्त मानन्धर रहेका छन्। त्यसैगरी समितिको सहसंयोजकमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, सचिवमा डिल्लीरत्न तुलाधर र कोषाध...
नारायणगढ–मुग्लिन सडकखण्डको निर्माण मिति तीन महिना थपियो

नारायणगढ–मुग्लिन सडकखण्डको निर्माण मिति तीन महिना थपियो

चितवन, ८ चैत । नारायणगढ-मुग्लिन सडकखण्डको निर्माण सम्पन्न गर्ने मिति तीन महिना थपिएको छ । विभिन्न समयमा काम गर्न नपाएको भन्दै निर्माण कम्पनीले मिति थप्न माग गर्दै आएका थिए । उनीहरुले एक हजार दिनसम्म मिति थपको माग गरेको भए पनि तीन महिना मात्रै थपिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार पहिलो खण्डलाई १० मे, दोस्रो खण्डलाई २० मे र तेस्रो खण्डलाई ३० मे २०१८ सम्मको मिति थपिए...
शिक्षक संघद्वारा शिक्षामा २५ प्रतिशत बजेट विनियोजन गर्न माग

शिक्षक संघद्वारा शिक्षामा २५ प्रतिशत बजेट विनियोजन गर्न माग

काठमाडौँ, ८ चैत ।  नेपाल शिक्षक संघले राष्ट्रिय बजेटको २५ प्रतिशत बजेट विनियोजन गर्नुपर्ने माग राखेको छ । यही चैत १ देखि ३ गतेसम्म काठमाडौँमा भएको आठौँ संघीय महाविधेशनबाट निर्वाचित भएका कार्यसमितिले आज यहाँ पत्रकारसम्मेलनको आयोजना गरी शिक्षामा अपुग बजेट भएकाले २५ प्रतिशत बजेट विनियोजन गर्न माग गरेको नवनिर्वाचित अध्यक्ष राजेन्द्रराज पौडेलले जानकारी गराउनुभयो । महाधिवेशनले शैक्षिक सवालमा २३ र ...
काठमाडौंमा ठूलो परिमाणमा लागुऔषसहित साह पक्राउ

काठमाडौंमा ठूलो परिमाणमा लागुऔषसहित साह पक्राउ

काठमाडौँ, ८ चैत । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले ठूलो परिमाणमा लागुऔषधसहित एकजनालाई आज पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले बिहान विराटगरबाट काठमाडौँ आउँदै गरेको ना७ख ६३४२ नंको यात्रुवाहक बस चेकजाँच गर्दा विराटनगरका २५ वर्षीय अमितकुमार साहलाई पक्राउ गरेको हो । प्रभागका प्रमुख केशवराज भट्टले साहबाट ५०० एम्पुल नुर्फिन, ५०० एम्पुल फेनार्गन, ५०० एम्पुल डाइजेल्याव र २८० ट्याब्लेट नाइट्राज...
एसइई परीक्षा: सिरहामा दुई केन्द्राध्यक्ष र एक निरीक्षक निष्कासित

एसइई परीक्षा: सिरहामा दुई केन्द्राध्यक्ष र एक निरीक्षक निष्कासित

लहान, ८ चैत । आजदेखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मर्यादित ढंगबाट सञ्चालन नगरेको भन्दै सिरहाको दुई वटा परीक्षा केन्द्रका केन्द्राध्यक्ष र एक निरीक्षकलाई आज निष्कासन गरिएको छ । इलाका प्रशासन कार्यालय लहानका प्रमुख सोमप्रसाद भट्टराईको नेतृत्वमा खटिएको परीक्षा अनुगमन टोलीले मर्यादित तरिकाबाट परीक्षा सञ्चालन नगरेको भन्दै लहानस्थित पशुपति आदर्श माविका परीक्षा केन्द्रका केन्द्राध्यक्ष परम...
अब रोबोट ब्वाँसोले गर्नेछ बालीनालीको सुरक्षा

अब रोबोट ब्वाँसोले गर्नेछ बालीनालीको सुरक्षा

काठमाडाैँ, ८ चैत । खेतमा लगाएका बाली खाइदिएर नोक्सान पुर्याउने जंगली जनावरबाट बालीनाली जोगाउनका लागि अनेकन उपाय अपनाइन्छ । भारतमा हालै एकजना किसानले आफ्नो खेतको बाली खान आउने जीवजन्तुलाई तर्साउनका लागि खेतको छेउमा सन्नी लियोनीको भीमकाय तस्वीरसहितको पोष्टर लगाएको खबर सार्वजनिक भएको थियो । तर जापानको कुरा भने अलि बेग्लै छ । त्यहाँ किसानको बाली जोगाउनका लागि वैज्ञानिकहरुले यस्तो उपाय अपनाएका छन् ज...
तीन नम्बर प्रदेशका मुख्य न्यायधिवक्ताद्वारा शपथ ग्रहण

तीन नम्बर प्रदेशका मुख्य न्यायधिवक्ताद्वारा शपथ ग्रहण

हेटौँडा, ८ चैत । पाटन उच्च अदालतका मुख्य न्यायाधीश प्रकाश ढुंगानाले प्रदेश नं ३ का सरकारको नवनियुक्त मुख्य न्यायधिवक्ता सूर्यचन्द्र न्यौपानेलाई आज यहाँ एक कार्यक्रममा पद तथा गोपनियताको शपथ गराएका छन् । सो शपथ ग्रहण समारोहमा प्रदेश नं ३ प्रमुख अनुराधा कोइराला, मुख्यमन्त्री डोरमणि पौडेल र सभामुख सानुकुमार श्रेष्ठ सहभागी हुनुहुन्थ्यो । मुख्यमन्त्री पौडेलले ६८ वर्षीय कानून व्यवसायी सूर्यचन्द्र न्यौप...
हराएको बाइस दिनपछि जंगलमा शव फेला

हराएको बाइस दिनपछि जंगलमा शव फेला

कञ्चनपुर, ८ चैत ।  घरबाट हराएको बाइस दिनपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पिलरिफाँटाका ४५ वर्षीय मदनबहादुर बुढा मृत अवस्थामा फेला परेका छन् । गाउँ नजिकैको बर्रेगडामा उनी झुण्डिएको अवस्थामा फेला परेका हुन । स्थानीय बासिन्दाले बुढा झुिण्डएको अवस्थामा देखेपछि बुधबार साँझ प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक मोहन साउदले बुढाको शव झुण्डिएको अवस्थामा फेला प...
बस दुर्घटनामा परी १८ यात्रुको मृत्यु

बस दुर्घटनामा परी १८ यात्रुको मृत्यु

बैंकक, ८ चैत । थाइल्याण्डको उत्तरपूर्वी भूभागमा अवस्थित एक प्रान्तको राजमार्गमा बुधबार साँझ भएको बस दुर्घटनामा परी कम्तीमा पनि १८ जना यात्रुको ज्यान गएको समाचार छ । उक्त दुर्घटनामा अरु कैयौँ व्यक्ति नराम्ररी घाइते भएका छन् । थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोनबाट यात्रा गरिरहेको सो बस बुधबार साँझ सडकबाट खोँचमा खसेको यातायात मन्त्रालयले बिहीबार बिहान जनाएको छ । उक्त मन्त्रालयले दिएको जानका...
रामेछापमा किरियापुत्रीले दिए एसईई परीक्षा

रामेछापमा किरियापुत्रीले दिए एसईई परीक्षा

रामेछाप,८ चैत । बिहीबार सुरु भएको एसईई परीक्षामा रामेछाप जिल्लाको धोवी परीक्षा केन्द्रबाट एक किरियापुत्रीले परीक्षा दिएका छन् । झटेश्वर मावि परीक्षा केन्द्रबाट ५ दिनका किरियापुत्री सवन महतले परीक्षा दिएको स्रोत व्यक्ति वीरेन्द्र सहनीले बताए । मन्थली माविका विद्यार्थी महतका बाबुको ५ दिनअघि मृत्यु भएको थियो । कठजोरस्थित निलकण्ठेश्वर मावि स्रोत केन्द्रबाट परीक्षा दिनुपर्ने महतलाई घर नजिक पर्ने झटेश...
कोरिया भाषा परीक्षाको आवेदन खुल्यो

कोरिया भाषा परीक्षाको आवेदन खुल्यो

काठमाडौं, ८ चैत । बिहीबारबाट रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको आवेदन खुलेको छ । कोरियामा रोजगारीका लागि जान चाहनेहरुले भाषा परीक्षाको आवेदन अनलाइनमार्फत् भर्ने व्यवस्था छ । तर, बैंकमा पैसा जम्मा गर्ने आवेदनकर्ताको भने लामो लाइन लागेको छ । आवेदन भर्दा २४ डलर शुल्क तोकिएको छ । यो शुल्क ग्लोबल आईएमई बैंकको जुनसुकै शाखाबाट जम्मा गराउन सकिन्छ । त्यसैले ग्लोबल आईएमई बैंकका शाखाहरुमा बैंक खुल्नुभ...
सुरक्षा परिषदमा सिरिया हमलाबारे छलफल, सबैलाई एकताबद्ध हुन राष्ट्रसंघीय प्रमुखको आग्रह

सुरक्षा परिषदमा सिरिया हमलाबारे छलफल, सबैलाई एकताबद्ध हुन राष्ट्रसंघीय प्रमुखको आग्रह

संयुक्त राष्ट्रसंघ, न्युयोर्क, ८ चैत । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले सिरियामा जारी हिंसा तथा यहाँको हिंसामा प्रयोग भएको भनिएको रासायनिक एवम् घातक हतियारको प्रयोगका बारेमा चासो व्यक्त गर्नुभएको छ । उहाँले यस बारेमा सुरक्षा परिषदका सबै सदस्य राष्ट्रहरुलाई एकताबद्ध हुन आग्रह पनि गर्नुभएको समाचारमा जनाइएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का सदस्य राष्ट्रहरुलाई उहाँले सि...
धनुषामा एक पुरुषको शव फेला

धनुषामा एक पुरुषको शव फेला

महेन्द्रनगर, धनुषा, ८ चैत। धनुषामा आज बिहानै एक पुरुषको शव फेला परेको छ । जनकपुर–ढल्केबर सडकखण्डमा फेला परेको उक्त शवको प्रकृति हेर्दा कुनै सवारी साधनले ठक्कर दिएर मृत्यु भएको र सवारी फरार भएको हुनसक्ने अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार फेला परेको शव जनकपुर उपमहानगरपालिका– ९ बस्ने ४८ वर्षीय रेवतीरमणलाल कर्णको रहेको छ । बिहान ५.३० बजे सडकमै कर्णको शव देखेपछि...
हुम्लामा एक्कासि हिमपात: एसईईका परीक्षार्थीलाई कष्ट, किसान दंग

हुम्लामा एक्कासि हिमपात: एसईईका परीक्षार्थीलाई कष्ट, किसान दंग

हुम्ला, ८ चैत । गएरातिदेखि आज बिहानसम्म यहाँ एक्कासि हिमपात भएको छ । हिमपातका कारण नेपालगञ्ज र सुर्खेतबाट आउने हवाईजहाज बन्द भएका छन् । हिमपात भएपछि यहाँका कृषक बालीनाली राम्रो हुने आशामा दंग छन् । हिमपातका कारण बिहानदेखि चिसो हावा चलिरहेकाले बिहान ८ बजेदेखि एसइईका परीक्षार्थीलाई कष्ट भएको छ ।
जलवायु परिवर्तनले भँगेरा लोप हुन थाले

जलवायु परिवर्तनले भँगेरा लोप हुन थाले

कञ्चनपुर, ८ चैत । घर आँगन र खेतबारीमा सहजै देखिने भँगेरा हाल देखिन छाडेका छन् । घरको भित्ताको प्वाल, घरको छानामा गुँड लगाउने भँगेरा कम हुँदै गएका हुन । जलवायु परिवर्तनले बढ्दै गएको तापक्रमका कारण भँगेरा कञ्चनपुरलगायतका क्षेत्रबाट लोप हुने संघारमा पुगेका छन् । बढ्दो गर्मीसँगै छाना बढी तात्ने भएकाले भँगेराले गुँडमा राखेको अण्डा बिग्रिने र भँगेराले तापक्रम सहन गर्न नसकि मर्ने गरेका छन् । हुलका हुल ...
वन्यजन्तु सुरक्षामा ‘संयुक्त गस्ती’

वन्यजन्तु सुरक्षामा ‘संयुक्त गस्ती’

रत्ननगर, चितवन, ८ चैत । चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको सुरक्षामा समुदाय, निकुञ्जका कर्मचारी र नेपाली सेनाको संयुक्त गस्ती परिचालन गरिएको छ । संरक्षण प्रभावकारी बनाउन संयुक्त गस्ती गर्ने गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिनुहुन्छ । दिउँसो र रात्रिकालीन समयमा फरक फरक समूहले गस्ती गर्ने गरेका छन् । निकुञ्जको मध्येवर्ती क...
बालिका बेच्न लैजान लागेको आरोपमा भारतीय नागरिक पक्राउ

बालिका बेच्न लैजान लागेको आरोपमा भारतीय नागरिक पक्राउ

नवलपरासी, ८ चैत । पश्चिम नवलपरासीमा एक बालिकालाई ललाइफकाइ बेच्नका लागि भारत लैजान लागेको आरोपमा एक भारतीय नागरिकलाई सुस्ताकावासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । भारतको उत्तर प्रदेश महाराजगञ्ज डोमहाका ५० वर्षीय धु्रव हरिजनले सुस्ता गाउँपालिका–५ बेलहानी बस्ने मुन्ना कलवारकी सात वर्षीया छोरी नब्या कलवारलाई ललाइफकाइ भारततर्फ लैजान लागेको अवस्थामा स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई जि...
एसईई परीक्षा सुरुः गणित बाहेक विषयमा प्रयोगात्मक लिईने

एसईई परीक्षा सुरुः गणित बाहेक विषयमा प्रयोगात्मक लिईने

काठमाडौं, ८ चैत ।  यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) विहिबारदेखि सुरु भएको छ । चार लाख ८५ हजार ५ सय ८६ विद्यार्थीको सहभागी रहने परीक्षा चैत २० गते सम्म सञ्चालन हुने छ । नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ जना परीक्षार्थीले परीक्षा दिनेछन् । बिहान ८ बजेदेखि सुरु भएको परीक्षमा पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ । वेदविद्याश्रमतर्फका विद्य...
error: Content is protected !!