काठमाडौँ, १९ चैत । ‘कोलम्बो प्लानका लैंगिक सम्पर्क बिन्दुको तेस्रो सम्मेलन’ काठमाडौँमा शुरु भएको छ ।

नेपालसहित भारत, मलेसिया, जापान, दक्षिण कोरिया, थाइल्याण्ड र बंगलादेशसहित १८ देशका ३६ जना सहभागी सो सम्मेलन तीन दिनसम्म चल्नेछ ।

Advertisement

सम्मेलनको उद्घाटन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले समयको अन्तरालसँगै शिक्षा, स्वास्थ्य, आयआर्जन र जीवनस्तरलगायतका पक्षमा नेपाली महिलाको अवस्थामा थुपै्र सकारात्मक परिवर्तन आएको बताउनुभयो ।

“राज्यको नेतृत्व तहमा महिलाको उपस्थिति उत्साहप्रद छ, सर्वोत्तम सम्मानित पदको जिम्मेवारीसमेत महिलाबाट बहन गरी विश्वकै निम्ति उदाहरणीय बन्नु हाम्रा लागि गर्वको विषय बनेको छ,” मन्त्री थापाले भन्नुभयो ।

मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले विश्वका महिलाले भोगिरहेका साझा समस्यालाई सबै मिलेर समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

संघीय गणतन्त्रात्मक नेपालको तीनै तहको निर्वाचन सम्पन्न भई स्थानीय तहमा ४१ प्रतिशत, प्रदेशसभामा ३४ प्रतिशत र संघीय व्यवस्थापिकामा ३४/५ प्रतिशत स्थान महिलाले पाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!