
काठमाडौं, १९ चैत। प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणमा महानायक राजेश हमाल पनि सहभागी हुने भएका छन् । कलाकारको तर्फबाट राजेश हमाल र दिनेश डिसीको नाम परेको स्रोतबाट जानकारी प्राप्त भएको छ ।
प्रधानमन्त्री केपी ओलीले वलिउड कलाकारलाई पनि भेट्ने कार्यक्रम रहेकोले नेपालबाट पनि कलाकारलाई लैजान लागिएको हो । नायक राजेश हमाल पछिल्लो समय प्रधानमन्त्री ओलीप्रति सद्भाव राख्छन् ।
सार्वजनिक कार्यक्रममा कमै देखिने गरेका उनी शनिबार प्रधानमन्त्रीले कलाकारहरुका लागि आयोजना गरेको दिवाभोजमा सहभागी भएका थिए ।


















