काठमाडौं, १९ चैत । चीनले सबैभन्दा पहिले प्रक्षेपण गरेको अन्तरिक्ष प्रयोगशाला तियाङगोङ १ वायुमण्डलमा प्रवेश गरेको छ । उक्त प्रयोगशाला दक्षिणी प्रशान्त महासागरको बीचमा पर्र्ने आकाशमा घुमिरहेको चाइना म्यान्ड स्पेस इन्जिनियरिङ अफिसले जनाएको छ ।

Advertisement

चीनको महत्वाकांक्षी अन्तरिक्ष परियोजना टियांगोङ १  पृथ्वीको वायुमण्डलमा पुग्नासाथ बिग्रिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। चीनले यो प्रयोगशालामाथि यसअघि नै नियन्त्रण गुमाइसकेको थियो।

टियांगोङ १ नामक यो स्याटेलाइट प्रोजेक्ट सन् २०११ सेप्टेम्बर २९ मा पृथ्वीको तल्लो कक्षमा राखिएको थियो। यो घटनाले चीनको अन्तरिक्ष अनुसन्धान कार्यक्रमलाई धक्का लागेको उल्लेख गर्दै सीएनएन लेख्छ  ।

यो चीनका लागि लज्जाको विषय हो तर यसले उसको प्रगतिमा ढिलाई भने गरेको छैन। चीनले २०१६ सेप्टेम्बरमा दोस्रो अन्तरिक्ष प्रयोगशाला तियाङगोङ २ लन्च गरिसकेको छ। मानवसहितका अन्तरिक्षयानहरू मध्ये यो सबैभन्दा ठूलो रहेको समाचारमा उल्लेख छ।

उक्त अन्तरिक्ष प्रयोगशाला मानवीय वादी रहेको पृथ्वीको जुनसुकै क्षेत्रमा खस्न सक्ने शंका समाचारहरूमा गरिएको छ। अन्तरिक्ष सम्बन्धी अन्तर्राष्ट्रिय संस्था नासाले सन् १९७९ मा पठाएको पहिलो अन्तरिक्ष स्टेसन स्काइल्याब पनि जलेर पृथ्वीमा खसेको थियो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!