प्योङयाङ, १८ चैत । उत्तर कोरियाली नेता किम जोङ उनको चीन भ्रमणको चर्चा सेलाएको छैन । उनले चीन भ्रमण गर्दा त्यहाँ के–के गरे भन्ने विषयमा अनुसन्धान हुन थालेको छ । विशेषगरी, पश्चिमा सञ्चारमाध्यमहरूले बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग किमको वार्ता तथा अन्य गतिविधिबारे अनुसन्धान गरिरहेका छन् ।

Advertisement

यसै क्रममा एउटा तथ्य सार्वजनिक भएको छ । किमले चीन जाँदा आफ्नै निजी रेल प्रयोग गरेका रहेछन् । धेरै मिडियाले भनेअनुसार विशेष गाडीमा किम चीन पुगेको प्रमाणित भइसकेको छ । तर, किमले गाडी नभई हरियो रङको रेल चीन जान प्रयोग गरेको अन्तर्राष्ट्रिय एजेन्सीहरूले जनाएका छन्।

हवाईजहाजको डर
अक्सर ठूला नेताहरू अन्य मुलुकको भ्रमण गर्दा हवाईजहाज प्रयोग गर्छन् । उत्तर कोरियाली नेता किमले चीन जान हवाईजहाज प्रयोग गरेनन् । हुन त उनीसँग पनि अत्याधुनिक विमान नभएको भने होइन । आखिरमा किमले किन हरियो रङको रेल नै प्रयोग गरे ? वास्तवमा किम हवाईजहाज यात्रा गर्न डराउँछन् । सन् २०११ मा पनि चीनको भ्रमण गर्दा उनले आकाशमार्ग अपनाएनन् । त्यसवेला किम गाडीमा चीन पुगेका थिए । हवाईजहाज यात्रा गर्दा निकै डर लाग्ने भएकाले किमले रेल प्रयोग गरेको विश्लेषकहरूले बताएका छन् । किम मात्र होइन, उनका पिता किम जोङ पनि यस्तै स्वभावका थिए । सन् २००२ मा रसियाको भ्रमण गर्दा पिता जोङले पनि त्यही हरियो रङको रेल नै प्रयोग गरेका थिए ।

ट्रेनभित्रको सुविधा
२२ डिब्बा भएको हरियो रङको रेलमा सबै खालका सुविधा उपलब्ध छन् । यसभित्र सानदार पार्टी दिन विशेष हलको व्यवस्था छ । यसका साथै संसारकै महँगो वाइन पनि रेलमा राखिएको छ । यता, न्युयोर्क टाइम्सका अनुसार रेलमा राखिएका सिसा बुलेटप्रुफ छन् । कालो रङको ऐनाभित्र केही पनि देख्न सकिन्न । भित्रबाट बाहिर सहजै देख्न सकिन्छ । ट्रेन चलिरहँदा कुनै पनि एजेन्सीले ट्र्याक गर्न नसक्ने प्रविधि जडान गरिएको छ । हरेक डिब्बा बुलेटप्रुफ भएको न्युयोर्क टाइम्सले जनाएको छ । कुनै पनि विरोधीले अत्याधुनिक हातहतियारले आक्रमण गर्दा पनि रेललाई केही असर पुर्‍याउँदैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!