वालिङ, स्याङ्जा, २७ चैत ।  स्याङ्जाको चापाकोट नगरपालिकाभित्रका शिक्षकशिक्षिकाले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा भर्ना नगरेमा तलब रोक्का गर्ने निर्णय गरेको छ ।

स्याङ्जाको चापाकोट नगरपालिकाले शिक्षक शिक्षिकाले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा पढाउनुपर्ने नियम बनाएको हो । “आइतबार बसेको नगर शिक्षा समितिको निर्णयअनुसार हामीले विशेष गरी सरकारी विद्यालयमा अध्यापनरत शिक्षक शिक्षिकाले आफ्ना बालबालिकालाई अनिवार्यरुपमा सरकारी विद्यालयमै भर्ना गर्नुपर्ने नियम पारित गरेका छौँ” नगर प्रमुख शिवकुमार गिरीले भन्नुभयो, “आफूले सरकारी नुनपानी खाने तर आफ्ना बालबालिका निजी विद्यालयमा पढाउने गर्नाले शिक्षाको गुणस्तरमा कमी आएको महसुस गरी यस्तो निर्णय गरिएको हो ।”

Advertisement

नगरपालिकाले पारित गरेको यो नीति आगामी शैक्षिक सत्र २०७५ बाट लागू हुने चापाकोट नगरपालिकाले जनाएको छ । शिक्षकले आफ्ना बालबालिका आफैँ अध्यापनरत विद्यालयमा भर्ना गर्दा सन्देश राम्रो जाने र अन्य अभिभावकलाई पनि सरकारी विद्यालयतर्फ विद्यार्थी आकर्षित गर्न सहज हुने नगर प्रमुख गिरीले बताउनुभयो ।

सरकारी विद्यालयमा पछिल्लो समय विद्यार्थीको संख्या घट्दै गइरहेका बेला नगरपालिकाले सरकारी विद्यालयमा विद्यार्थी भर्ना अभियानका लागि प्रोत्साहन पुग्ने खालका विभिन्न नयाँ कार्यक्रम पनि ल्याउने तयारी गरेको छ । नगरपालिकाले चालेको यो अभियान पहिलो चरणमा विशेष गरी सरकारी शिक्षक र क्रमशः सरकारी निकायका अन्य कर्मचारीमा पनि लागू गर्ने नगर प्रमुख गिरीको भनाइ छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!