निजी विद्यालय खारेज गर्न माग

निजी विद्यालय खारेज गर्न माग

काठमाडौँ, १० वैशाख । कक्षा १ मा भर्ना भएका ३२ प्रतिशत विद्यार्थीले मात्र कक्षा १० सम्मको अध्ययन गर्ने गरेको पाइएको छ । अनेरास्ववियु (क्रान्तिकारी) ले आज यहाँ ‘वर्तमान शिक्षाका समस्या र चुनौती’ विषयमा आयोजना गरेको अन्तक्र्रियामा नेकपा निकट शिक्षक नेता गुणराज लोहनीले कार्यपत्र प्रस्तुत गर्दै भन्नुभयो, “६८ प्रतिशत बालबालिका बीचमा नै हराउने गरेका छन्, यसलाई कम गर्न शिक्षामा विशेष नीति बनाएर अघि...
बाणिज्य बैंकका सहायक प्रबन्धक घुससहित पक्राउ

बाणिज्य बैंकका सहायक प्रबन्धक घुससहित पक्राउ

बर्दिवास, १० वैशाख । महोत्तरी बर्दिवासस्थित राष्ट्रिय वाणिज्य बैंक शाखामा कार्यरत सहायक प्रबन्धक जगदिशप्रसाद काफ्लेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित आज पक्राउ गरेको छ । आयोगको बर्दिवासस्थित कार्यालयको टोलीले सेवाग्राहीसँग लिएको रु ५० हजार घुस रकमसहित उनलाई पक्राउ गरेको हो । बर्दिवास–९ स्थित रञ्जना गाई फार्मलाई युवा स्वरोजगार कार्यक्रममार्फत रु १० लाख ऋण दिइने भन्दै काफ्लेले सो...
प्रदेश नं २ मा थप आठ दिन सार्वजनिक बिदा

प्रदेश नं २ मा थप आठ दिन सार्वजनिक बिदा

महेन्द्रनगर, धनुषा, १० वैशाख। संघीय सरकारले तोकेबाहेक प्रदेश नं २ मा थप आठ दिन सार्वजनिक बिदा हुने भएको छ । प्रदेश नं २ मा मनाइने विभिन्न पर्व र दिवसमा सरकारले बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको सो निर्णयबमोजिम वैशाख ११ गते जनकपुरमा मनाइने जानकी नवमीको बिदा हुने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रशासन महाशाखाका उपसचिव रोहित दाहालका अनुसार छठपर्व र होलीमा दुई–दुई दिन सार्वज...
द्रुतमार्ग निर्माणको समन्वय र अनुगमनका लागि संयन्त्र बन्ने

द्रुतमार्ग निर्माणको समन्वय र अनुगमनका लागि संयन्त्र बन्ने

काठमाडौँ, १० वैशाख । बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौँ तराई/मधेश द्रुतमार्ग’ को निर्माण कार्य प्रभावकारी बनाई समयमै सक्न नेपाल सरकारले समन्वय र अनुगमनको संयन्त्र बनाउने भएको छ । रक्षामन्त्री ईश्वर पोखरेलले राज्यको प्राथमिकता र समृद्धिसँग जोडिएको सोे आयोजनामा नेपाली सेनालाई सघाउन उक्त संयन्त्र शुरुमै बन्नुपर्नेमा त्यस्तो हुन नसकेकाले मन्त्रिपरिषद्मा सोबारे आवश्यक निर्णय गर्न प्रस्त...
चिट्ठा परेको भन्दै ‘इमो’ मार्फत रकम ठगी

चिट्ठा परेको भन्दै ‘इमो’ मार्फत रकम ठगी

नुवाकोट, १० वैशाख । नेपाल टेलिकमको सिम प्रयोग गरेबापत रु २५ लाखको ‘चिट्ठा’ परेको भन्दै सामाजिक सञ्जाल ‘इमो’ मार्फत यहाँका एक युवा ठगिएका छन् । टेलिकमको सिमकार्ड प्रयोगकर्ताबीच गोलाप्रथामार्फत छनोट हुँदा विजेता बनेको भन्दै ‘इमो’मार्फत ठगले तार्केश्वर गाउँपालिका–१ दाङसिंहका लोकबहादुर तामाङलाई फोन गरी विभिन्न बहाना बनाएर रु दुई लाख ९० हजार ठगेको हो । उनन्तीस वर्षीय तामाङलाई चिट्ठामार्फत रु २५ लाख...
पशुपतिबाट ४० वर्षपछि वाग्मती यात्रा शुरु

पशुपतिबाट ४० वर्षपछि वाग्मती यात्रा शुरु

काठमाडौँ, १० वैशाख । नेमुनिको पालादेखि शुरु भएको विश्वास गरिने वाग्मती तीर्थयात्रा ४० वर्षपछि आजदेखि पुनः शुरु भएको छ । कटुवाल दहबाट वाग्मतीको उद्गमस्थल वाग्द्वारसम्म हुने यात्रा विसं २०३४ पछि वाग्मती प्रदूषित भएका कारण हुन सकेको थिएन । आज बिहान पशुपतिनाथ मन्दिरमा पञ्चामृतसहित पूजा एवं रुद्रीपाठ र यात्राको संकल्प गरेपछि यात्रा शुरु भएको हो । पशुपतिनाथ दर्शन र परिक्रमापछि पश्चिम मूलढोकाबाट शुरु...
नारायणी नदी सफाइ अभियान दशौँ हप्तामा

नारायणी नदी सफाइ अभियान दशौँ हप्तामा

चितवन, १० वैशाख। स्थानीय युवाको सक्रियतामा फागुन ७ गतेबाट शुरु भएको नारायणी नदी सफाइ अभियान आज दशौँ हप्तामा आइपुगेको छ । यो अवधिमा यस क्षेत्रका प्रदेश सांसद, भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल हुँदै आज नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठसहित नेता तथा कार्यकर्ता पनि सफाइ अभियानमा जुटेका छन् । सफाइका क्रममा श्रेष्ठले चितवनको प्रमुख शहर नारायगढ र सँगै बग्ने नारायणी नदी जिल्लाको स...
तेजाब खन्याउने प्रहरी निरीक्षक खनियाविरुद्ध ज्यान मुद्दा दर्ता

तेजाब खन्याउने प्रहरी निरीक्षक खनियाविरुद्ध ज्यान मुद्दा दर्ता

चितवन, १० वैशाख । एक महिलालाई आइतबार शरीरमा तेजाब खन्याउने प्रहरी नायब निरीक्षकविरुद्ध ज्यान मार्ने उद्योगमा आज मुद्दा दर्ता भएको छ । गोरखा घर भई भरतपुर महानगरपालिका– ४ त्रिचोकमा डेरा गरी बस्ने कल्पना श्रेष्ठमाथि डेरा नजिकैको चोकमा तेजाब खन्याउने दंगा नियन्त्रण गण हेटौँडा दरबन्दी भई अस्थायी ट्राफिक पोष्ट टाँडीमा कार्यरत प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाविरुद्ध ज्यान मुद्दा दर्ता गरिएको हो । ...
राष्ट्रपतिद्वारा पशुपतिनाथमा पञ्चामृत स्नानसहितको विशेष पूजा

राष्ट्रपतिद्वारा पशुपतिनाथमा पञ्चामृत स्नानसहितको विशेष पूजा

काठमाडौं, १० वैशाख । दोस्रो पटक राष्ट्रपति पदमा निर्वाचित हुनुभएपछि विद्यादेवी भण्डारीले पशुपतिनाथ र वासुकी मन्दिरमा पञ्चामृत स्नानसहित विशेष पूजा गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सोमबार पारेर पशुपतिनाथ मन्दिरमा रु पाँच हजार १०० को रसिद काटी विशेष पूजा गर्नुभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । उहाँले पशुपति दर्शन विधिअनुसार मूल मन्दिर परिक्रमा गरी कामु मूल भट्ट रामकारन्त भट्टबाट विशेष प...
पार्टी एकता घोषणा हुनमात्रै बाँकी : मन्त्री थापा

पार्टी एकता घोषणा हुनमात्रै बाँकी : मन्त्री थापा

चितवन, १० वैशाख।  गृहमन्त्री रामबहादुर थापाले दुई पार्टी एकताको सबै विषय टुंगिएकाले घोषणा हुनमात्रै बाँकी रहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँगको कुराकानीमा उहाँले टुंगिन बाँकी रहेका राजनीतिक, वैचारिक र संगठनात्मक आधारहरु पनि तय भइसकेको बताउनुभयो । संयोजन समितिले मिति तोक्नमात्रै बाँकी रहेको छ भन्दै गृहमन्त्री थापाले सामान्य प्राविधिक कारण ऐतिहासिक दिन वैशाख ९ गते एकता घोषणा हुन नसकेको प्...
कञ्चनपुरमा सवारी दुर्घटना, १ जनाको मृत्यु

कञ्चनपुरमा सवारी दुर्घटना, १ जनाको मृत्यु

भीमदत्तनगर, १० वैशाख । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको वाणी–कृष्णपुर खण्डमा आज बिहान रोकिएको ट्रकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । यहाँको कृष्णपुर नगरपालिका–२ वाणी बजार नजिकै बिग्रिएर राजमार्ग छेउमा रोकिएको म१क १३९ नंको ट्रकमा पछाडिबाट से४त ८०२४ नंको मोटरसाइकल ठोक्किएको थियो । ट्रकमा ठक्कर दिँदा मोटरसाइकल चालक कैलालीको साविक दुर्गौली गाउँपालिका–१ का ५२ वर्षीय लिखराम च...
पोर्चुगलमा बृहत् शोभायात्रा हुने

पोर्चुगलमा बृहत् शोभायात्रा हुने

लिस्बन (पोर्चुगल), ९ वैशाख। युरोपेली मुलुक पोर्चुगलमा विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६२ औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइने भएको छ । भगवान गौतम बुद्ध र बुद्ध भूमि नेपालको प्रचारप्रसार गर्ने उद्देश्यले नेपाली संघसंस्थाहरु सम्मिलित मूल समारोह समिति बनाएर विविध कार्यक्रम हित बुद्धजयन्ती मनाउन लागिएको पर्यटनदूत रमेशकुमार गुरुङले जानकारी दिनुभयो । ‘‘बुद्धको बारेमा विदेशीलाई जानकारी...
जन्मदर्ताविहीन दर्जनौँ बालबालिका विद्यालयमा भर्ना

जन्मदर्ताविहीन दर्जनौँ बालबालिका विद्यालयमा भर्ना

  महोत्तरी, १० वैशाख । जन्मदर्ताको अभावमा विद्यालयसम्म पुग्न नसकेका दर्जनौँ बालबालिकालाई गौशाला नगरपालिकाले सिफारिस गरेपछि उनीहरु सामुदायिक विद्यालयमा भर्ना भएका छन् । आइतबार गौशाला नगरपालिका वडा नं ४ र १० का दलित बस्तीमा गरी ८८ जना उमेर पुगेका बालबालिकालाई नजिकै रहेको सामुदायिक विद्यालयमा भर्ना गरिएको हो । गौशाला–१० भरतपुरखोरका मुसहर समुदायका ४१ जनालाई जनता मावि भरतपुरखोरमा र गौशाला न...
घरको छतबाट खसेर व्यवसायीको मृत्यु

घरको छतबाट खसेर व्यवसायीको मृत्यु

दाङ, १० वैशाख। घरको छतबाट खसेर तुलसीपुरका एक व्यवसायीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ स्थित कपडा व्यवसायी वीरबहादुर वलीको रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पसल बन्द भएको छ छैन भनेर तलतिर हेर्ने क्रममा आइतबार घरको तेस्रो तलाको रेलिङबाट वली खसेको पारिवारिक स्रोतले बताएको छ । तेस्रो तलाबाट सडकमा खसेपछि गम्भीर घाइते वलीको तुलसीपुरको अञ्चल अस्पतालमा सामा...
मनाङको मौलिक तिर पर्व सम्पन्न

मनाङको मौलिक तिर पर्व सम्पन्न

मनाङ, १० वैशाख । मनाङमा हरेक वर्ष नयाँ वर्षमा मनाङ्गेले मनाउने तिर पर्व यस वर्ष पनि धुमधामका साथ मनाएका छन् । हिमाली जिल्ला मनाङको चामे गाउँपालिकाको सदरमुकाम चामे, नासोङ गाउँपालिकाको थोंचे, निस्याङ गाउँपालिकाको मनाङ गाउँ मनाङ र नार्पाभूमि गाउँपालिकाको नारगाउँमा मेथाअर्थात् तिर पर्व धुमधामका साथ मनाइएको छ । परापूर्वकालदेखि चलिआएको यो मौलिक पर्वलाई जीवितै राख्नको लागि मनाङका स्थानीयले हरेक वर्ष न...
पूर्वडीआईजी निरौला पक्राउ, पूर्वआईजीपी अर्यालमाथि समेत आशंका

पूर्वडीआईजी निरौला पक्राउ, पूर्वआईजीपी अर्यालमाथि समेत आशंका

काठमाडौं, १० वैशाख । दुबईबाट अवैधरूपमा भित्रिएको ३३ किलो सुनको भरियाका रूपमा रहेका सनम शाक्यको हत्यापछि प्रहरीले उक्त काण्डमा संलग्न रहेको अभियोगमा पूर्वडीआईजी गोविन्द निरौलालाई पक्राउ गरेको छ। उक्त सुन काण्डको अनुसन्धान गरिरहेका गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको टोलीले पँर्वडीआईजी निरौलालाई नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिएपछि उनी पक्राउ परेका हुन्। अनुसन्धान टोलीले छानविनका क्रममा त्...
ट्राफिक प्रहरी नायब निरीक्षकले महिलालाई एसिड छर्किए

ट्राफिक प्रहरी नायब निरीक्षकले महिलालाई एसिड छर्किए

चितवन, ९ वैशाख । ट्राफिक प्रहरीका नायब निरीक्षक रामचन्द्र खनियाँले आज दिउँसो एक युवतीलाई एसिड छर्किएका छन् । पूर्वी चितवनको रत्ननगरमा कार्यरत खनियाँले आज दिउँसो ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं ४, त्रिचोकमा गोरखा घर भई सोही ठाउँ डेरा गरी बस्ने २८ वर्षीया कल्पना श्रेष्ठलाई एसिड छर्किएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका...
पूर्व डिआइजी निरौला पक्राउ

पूर्व डिआइजी निरौला पक्राउ

काठमाडौँ, ९ वैशाख । गृह मन्त्रालयले साढे ३३ किलोग्राम सुनको अनुसन्धानका लागि नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोविन्द निरौलालाई पक्राउ गरेको छ । माघको अन्तिम साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको सुन हराएपछि छानबिनका लागि गृह मन्त्रालयले बनाएको समितिले निरौलालाई अनुसन्धानका लागि आज साँझ पक्राउ गरेको हो । छानबिन समिति गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको...
प्रमुख निर्वाचन आयुक्त यादवको घरमा विष्फोट, घटनास्थलमा सेना परिचालन

प्रमुख निर्वाचन आयुक्त यादवको घरमा विष्फोट, घटनास्थलमा सेना परिचालन

काठमाडौँ, ९ वैशाख । ललितपुरको हात्तीवनस्थित प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवको घरमा आज शंकास्पद वस्तु विस्फोटन भएको छ । अज्ञात समूहले गराएको भनिएको उक्त विष्फोटनबाट कुनै मानवीय क्षति भने नभएको नेपाल प्रहरीले जनाएको छ । विष्फोटबाट पर्खाल भत्किनुका साथै झ्यालका सिसा फुटेका छन् । घटनास्थलमा थप दुई शंकास्पद वस्तु भेटिएकाले नेपाली सेनाको बम डिस्पोजल टोली त्यसतर्फ प्रस्थान गरेको महानग...
सञ्चार मन्त्रालयको सयदिने कार्ययोजना सार्वजनिक

सञ्चार मन्त्रालयको सयदिने कार्ययोजना सार्वजनिक

  काठमाडौँ, ९ वैशाख।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी सय दिनको २१ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ । मन्त्रालयले यहाँ आज पत्रकार सम्मेलन आयोजना गरी दूरसञ्चार सेवा र प्रविधिमा आएको परिवर्तन र विकासलाई आत्मसाथ गर्दै दूरसञ्चार ऐन, २०५३ मा समसामयिक सुधार गर्न उक्त मस्यौदालाई अन्तिम रुप दिनेलगायत १०० दिने कार्ययोजना सार्वजनिक गरेको हो । मन्त्रालयले १०० दिनभित्रमा दूरसञ्चार क्षे...
मेचीनगरको वडा नं १० मा दुई पार्टीबीच एकीकरण

मेचीनगरको वडा नं १० मा दुई पार्टीबीच एकीकरण

काँकडभिट्टा, ९ वैशाख । केन्द्रमा पार्टी एकीकरण गर्न ढिलाइ भएको भन्दै झापा मेचीनगरको एउटा वडामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आज एकीकरण घोषणा गरिएको छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना र लेनिन दिवसको अवसर पारेर मेचीनगर नगरपालिकाको वडा नं १० मा एमाले र माओवादी वडा कमिटीबीच एकीकरण गरिएको हो । पार्टीको केन्द्रीय नेतृत्वले आजकै अवसर पारेर एकीकरण गर्ने पहिल्यै घोषणा गरिसके पनि हाल केही वि...
डोटी जीप दुर्घटना : मृतकको संख्या ५ पुग्यो

डोटी जीप दुर्घटना : मृतकको संख्या ५ पुग्यो

डोटी, ९ वैशाख । डोटीमा शनिबार अपराह्न भएको जीप दुर्घटनामा मृत्यु हुने पाँच जना पुगेका छन् । दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । थप दुई जनाको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा राति बाटामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । बाटामा मृत्यु हुनेमा शिखर नगरपालिका–८ लाटामाडौँकी ३५ वर्षीया झाकरी भुल र नगरपालिका–३ की २८ वर्षीया धौलीदेवी भुल छन् । यसअघि शिखर–३ जोर...
डुङ्गा पल्टिएर चीनमा सत्रको मृत्यु

डुङ्गा पल्टिएर चीनमा सत्रको मृत्यु

नान्नीङ, चीन, ९ वैशाख।  चीनको दक्षिणी गुआङसी जुआङ स्वायत्त क्षेत्रमा दुई डुङ्गा पल्टिदा १७ व्यक्तिको मृत्यु भएको छ । स्थानीय समयानुसार शनिबार राती १.३० बजे डुङ्गा दुर्घटनामा परेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । झण्डै १८ मिटर लामा ती डुङ्गा ३० यात्रु बोक्न सक्ने क्षमताका थिए । दुवै डुङ्गा पल्टिदा दुवै डुङ्गा रहेका कुल ६० यात्रु पानीमा खसेका थिए । डुङ्गा पल्टिने वित्तिकै आठ ओटा डुङ्ग...
विश्वका सवै भन्दा जेष्ठ नागरिकको निधन

विश्वका सवै भन्दा जेष्ठ नागरिकको निधन

टोक्यो, ९ वैशाख ।  विश्वभरीका जिवित मानिसहरु मध्ये सवै भन्दा जेष्ठ सदस्य जापानी नागरिकको ११७ बर्षको उमेरमा शनिबार निधन भएको छ । स्थानीय अधिकारीहरुले एएफपी समाचार समितिलाई आइतबार सो जानकारी दिएका छन् । जापानी महिला नाबी ताजिमाको ११७ बर्षको उमेरमा शनिबार बेलुका झण्डै ८ बजेतिर निधन भएको स्थानीय सञ्चार माध्यमहरुले आइतबार समाचार संप्रेषण गरेका छन् । उहाँको जन्म सन् १९०० को अगस्ट ४ का दिनमा भएको थि...
दुर्लभ पाटे बाघ मर्‍याे, दुई महिनामा चार मरे

दुर्लभ पाटे बाघ मर्‍याे, दुई महिनामा चार मरे

रत्ननगर, चितवन, ९ वैशाख। चितवनको रत्ननगरस्थित सौराहानजिकै राप्ती किनारमा आइतबार एउटा दुर्लभ पाटेबाघ मरेको छ। चितवन राष्ट्रिय निकुञ्जको छेउ राप्ती किनारमा वयस्क बाघ मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए। जुधेर नै बाघ मरेको अनुमान गरिएको चितवनको रत्ननगर स्थित बाघ संरक्षण उपसमितिका संयोजक जीतु तामाङले बताए। ‘अन्दाजी तीन\चार व...
इक्यानमा पाण्डे निर्वाचित

इक्यानमा पाण्डे निर्वाचित

काठमाडौँ, ९ वैशाख। नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न भएको मतगणनामा पाण्डेले सरोजकुमार बस्नेतलाई १२ मतको अन्तरले पराजित गर्दै निर्वाचित हुनुभएको इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिनुभयो । शनिबार नयाँ नेतृत्व चयन गर्नका लागि इक्यानको १२औँ साधारण सभाले अध्यक्षमा पाण्डेसहित १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको ह...
यौन व्यवसायमा संलग्न ३४ जना पक्राउ

यौन व्यवसायमा संलग्न ३४ जना पक्राउ

काठमाडौँ, ९ वैशाख । महानगरीय प्रहरी प्रभाग गोंगबुले यौन व्यवसायमा संलग्न ३४ जनालाई पक्राउ गरेको छ । प्रभागले शनिबार राति गाेंगबु क्षेत्रको दीपज्योति र मित्रनगर आसपासमा गरेको संयुक्त अपरेशनमा खाजा घर सञ्चालनको नाममा यौन व्यवसाय सञ्चालन गर्ने, लागुऔषध बिक्री वितरण गर्ने तथा जुवा खेल्ने ३४ जनालाई नियन्त्रणमा लिएको हो । जसमा १९ पुरुष र १५ महिला रहेका छन् । प्रभागका प्रमुख प्रताप पौडेलले वैशाख ...
आज राति उल्का वर्षा अवलोकन गर्न पाइने

आज राति उल्का वर्षा अवलोकन गर्न पाइने

काठमाडौं, ९ वैशाख । मौसमले साथ दिएमा आज राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न पाइने भएको छ । अत्यधिक सक्रियताको समयमा १५–२० वटा उल्का खसेको देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासा)ले जनाएको छ । नासाका अध्यक्ष सुरेश भट्टराईले दिएको जानकारीअनुसार, आइतबार राति १ बजेदेखि सूर्योदयसम्म उल्का खसेको अवलोकन गर्न पाइने छ । वैशाख ५ देखि नै वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) सक्र...
अब बहुविवाह कानुनी रुपमै दर्ता नगरिने

अब बहुविवाह कानुनी रुपमै दर्ता नगरिने

काठमाडौं, ९ वैशाख । आउँदो भदौ १ गते देखि बहुविवाह कानुनी रूपमा दर्ता नहुने भएको छ । मौजुदा कानुनले कसैले बहुविवाह गरे र पीडित पक्षले मुद्दा हाले कानुनी कारबाहीको व्यवस्था गरिएको छ तर भदौबाट लागू हुने नयाँ कानुनमा बहुविवाह भन्ने शब्दलाई नै बन्देज लगाइएको छ । बलात्कार गरेर हत्या गरेमा, अपहरण गरेर हत्या गरेमा, जातीय (जाति नै समाप्त हुने गरी) हत्या गरेमा आजीवन कारावासको व्यवस्था गरिएको छ । मुलुकी अ...
प्रधानमन्त्री चीन जानु अघि मोदी नेपाल आउने

प्रधानमन्त्री चीन जानु अघि मोदी नेपाल आउने

काठमाडाैँ ९ वैशाख। नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चीन भ्रमणबाट फर्किएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपाल भ्रमण गर्ने समाचार सार्वजनिक भएको छ। नेपाली प्रधानमन्त्री केपी ओलीले भारत भ्रमण गरेपछि मात्र मोदीले नेपाल भ्रमण गर्ने निर्धारित योजनाअनुरूप मोदीको नेपाल भ्रमणबारे सार्वजनिक हुनु स्वाभाविक थियो। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा स्थगित मोदीको भ्रमण ...
भारतमा बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय

भारतमा बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय

काठमाडाैँ ९ वैशाख। भारत सरकारले बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको सजायँ दिने अध्यादेशलाई स्विकृती दिएको छ । केन्द्रीय क्याबिनेटले १२ वर्षसम्मका बालिकालाई बलात्कार गरेको दोषी पाइएमा मृत्युदण्ड दिइने कार्यकारी आदेश अनुमोदन गरेको हो । आधिकारिक स्रोतका अनुसार आपराधिक कानूनमा संशोधन सम्बन्धी यो अध्यादेशमार्फत दोषीलाई मृत्युदण्डका लागि भारतीय दण्ड संहिता, प्रमाण व्यवस्था, आपराधिक प्रक्रिया संहिता...
error: Content is protected !!