काठमाडौँ, २५ वैशाख । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले आफ्ना जायज माग पूरा हुने स्थिति उत्पन्न भएको जनाउँदै बेलायत सरकारसमक्ष ११ बुँदे माग पेश गरेको छ ।

Advertisement

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा समितिले निवृत्तिभरण सुविधावापतको रकम भारतीय बैंकमार्फत नभई नेपाल राष्ट्र बैंकबाट स्टर्लिङ पाउण्डमा उपलब्ध हुनुपर्ने तथा बेलायती गोर्खाका १८ वर्षभन्दा माथिका आश्रितका सन्तानलाई निःशर्त बेलायतको आवासीय अनुमतिपत्र उपलब्ध गराउनुपर्ने माग गरेको छ ।

समितिका संयोजक कृष्णबहादुर राईले लेबर पार्टीका सांसद वीरेन्द्र शर्मासमक्ष मागपत्र प्रस्तुत गर्नुभयो । राससको जिज्ञासामा सांसद शर्माले भूतपूर्व गोर्खा सैनिकका समस्या समाधान गर्न बेलायत सरकार सकारात्मक रहेको जानकारी दिँदै त्यस विषयलाई निष्कर्षमा टुंग्याउन आफू निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आफू विपक्षी दलको सांसद भएकाले सत्तापक्षलाई घच्घच्याउनु आफ्नो कर्तव्य भएको बताउँदै उहाँले भूपू गोर्खा सैनिकको लडाँइमा आफू पनि साथै रहेको स्पष्ट गर्नुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!