हेटौँडा, २७ वैशाख । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय निकायलाई सबल एवं चुस्त बनाउन यथाशीघ्र कर्मचारी पठाउने कार्य भइरहेको बताउनुभएको छ ।

Advertisement

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग आज अपराह्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्ताका क्रममा मन्त्री पण्डितले निजामती कर्मचारीलाई सरकारले दिएको मार्गनिर्देशन आत्मसात् गरी जनताको सेवाका लागि समर्पित हुन आग्रह गर्नुभयो ।

त्यस अवसरमा मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले आगामी आव २०७५/०७६ का लागि ल्याउन लागेको बजेट तथा विकास योजनाको सिलिङ्ग एवं आवश्यक कर्मचारीको दरबन्दी उपलब्ध गराउन मन्त्री पण्डितसँग आग्रह गर्नुभयो ।

उहाँले प्रदेश सरकारले १३ जिल्लाका मागबमोजिम सडक यातायात, कृषि, ग्रामीण विद्युतीकरण र खानेपानीलाई उच्च प्राथमिकता दिने जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!