नेपालगञ्ज, २६ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरले यहाँस्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका तीन जना कर्मचारीलाई सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरेको छ ।

Advertisement

आयोगको बाँके कोहलपुरस्थित क्षेत्रीय कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार, प्राधिकरणका इलेक्ट्रिकल इञ्जिनियर निसारअहमद खान, इलेक्टिकल सुपरभाइजर विक्रान्त शुक्ला र सहयोगी गिरवरलाल धोबीलाई सेवाग्राहीबाट रु १५ हजार घुस लिँदै गर्दा पक्राउ गरिएको हो ।

पक्राउ परेका तीनैजनाले सेवाग्राहीलाई मिटर जडान गरिदिने र नामसारी गरिदिने भनेर घुस माग गरेको बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!