पर्सा, २६ वैशाख । प्रतिबन्धित लागुऔषध चरेशसहित पक्राउ परेका एक युवकलाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ ।

Advertisement

पर्साको भिष्वाबाट पाँच किलो चरेशसहित पक्राउ परेका कालिकामाई गाँउपालिका–१ तिनडोवियाका चन्दन पटेललाई प्रहरीले सार्वजनिक गरेको हो ।

बिआर २२ सी ०४३२ नं.को भारतीय मोटरसाइकलमा भारततर्फ जाँदै गरेका पटेललाई गएराति जाँच गर्दा १० वटा प्याकेटमा रहेको पाँच किलो चरेश बरामद भएकोे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो ।

पक्राउ परेका पटेलमाथि लागुऔषध मुद्दा चलाउने तयारी भएको उहाँको भनाइ छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!