डोल्पा, २६ वैशाख। त्रिपुरासुन्दरी नगरपालिका–६ मा पर्ने चिप्लेभिरमा ब्लास्टिङ गर्दा उछिट्टिएको ढुंगा लागेर दुई कामदारको मंगलबार घटनास्थलमा नै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको छ।

Advertisement

जाजरकोट डोल्पा सडकखण्डअन्तर्गत खदाङ त्रिपुराकोट सडकखण्ड निर्माणका लागि चिप्लेभिरमा काम गर्दै आएका रुकुम जिल्ला आठबिसकोट नगरपालिका–१० बस्ने अन्दाजी २१ वर्षीय देवबहादुर चन्द र सोही नगरपालिका–१२ बस्ने अन्दाजी २९ वर्षीय अमृत रानामगरको ब्लास्टिङ गर्दा उछिट्टिएको ढुंगा लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक हरिप्रसाद शर्माले जानकारी दिएको छ ।

सोही नगरपालिका–९ बस्ने ४१ वर्षीय शक्तिबहादुर शाही भने गम्भीर घाइते भएको समेत प्रहरीले जनाएको छ ।

मृतक दुई जनाको शव घरतर्फ लगिएको र गम्भीर घाइते शाहीलाई उपचारका लागि रुकुम जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!