घुस लिँदै गरेको अवस्थामा तीन कर्मचारी पक्राउ

घुस लिँदै गरेको अवस्थामा तीन कर्मचारी पक्राउ

नेपालगञ्ज, २६ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरले यहाँस्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका तीन जना कर्मचारीलाई सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरेको छ । आयोगको बाँके कोहलपुरस्थित क्षेत्रीय कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार, प्राधिकरणका इलेक्ट्रिकल इञ्जिनियर निसारअहमद खान, इलेक्टिकल सुपरभाइजर विक्रान्त शुक्ला र सहयोगी गिरवरलाल धोबीलाई सेव...
आँधीबेहरी पीडितलाई तत्काल दुई बण्डल जस्तापाता दिने मन्त्रिपरिषद्को निर्णय

आँधीबेहरी पीडितलाई तत्काल दुई बण्डल जस्तापाता दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, २६ वैशाख । सरकारले तराईका धनुषा, महोत्तरी, सिरहालगायत जिल्लाका आँधीबेहरी पीडितलाई तत्काल आवासको व्यवस्था गर्न प्रतिपरिवार दुई बण्डल जस्तापाता उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले प्राकृतिक प्रकोप पीडितका लागि तत्काल आवास व्यवस्थापनका लागि दुई बण्डल जस्तापाता उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो । सरक...
पाँच किलो चरेशसहित युवक पक्राउ

पाँच किलो चरेशसहित युवक पक्राउ

पर्सा, २६ वैशाख । प्रतिबन्धित लागुऔषध चरेशसहित पक्राउ परेका एक युवकलाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ । पर्साको भिष्वाबाट पाँच किलो चरेशसहित पक्राउ परेका कालिकामाई गाँउपालिका–१ तिनडोवियाका चन्दन पटेललाई प्रहरीले सार्वजनिक गरेको हो । बिआर २२ सी ०४३२ नं.को भारतीय मोटरसाइकलमा भारततर्फ जाँदै गरेका पटेललाई गएराति जाँच गर्दा १० वटा प्याकेटमा रहेको पाँच किलो चरेश बरामद भएकोे जिल्ला प्रहरी कार्...
अन्नपूर्ण एग्रोमाथि मुद्दा दायर

अन्नपूर्ण एग्रोमाथि मुद्दा दायर

भैरहवा, २६ वैशाख । अन्नपूर्ण एग्रो इन्डस्ट्रिज प्रालि रुपन्देहीबाट उत्पादित दाना गुणस्तरहीन रहेपछि कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा मुद्दा दायर गरिएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको टोलीले निरीक्षण गर्दा उक्त एग्रोमा उत्पादित दाना कमसल र गुणस्तरहीन रहेको पाइएपछि मुद्दा दायर गरिएको हो । एग्रोले बोइलर, कोइलर र लेयर्स कुखुराको दाना उत्पादन गर्ने ...
सभामुख महरा र अमेरिकी राजदूत टेप्लिजबीच भेटवार्ता

सभामुख महरा र अमेरिकी राजदूत टेप्लिजबीच भेटवार्ता

काठमाडौँ, २६ वैशाख ।  सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि अमेरिकी राजदूत एलियाना बी टेप्लिजले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटवार्तामा दुई देश बीचको मित्रता, आपसी सहयोग, सहकार्य र संसदीय मैत्री संघ लगायतका विषयमा विचारविमर्श भएको थियो । भेटमा सभामुख महराले नेपाल र अमेरिका बीचको सम्बन्ध पुरानो र सौहार्दपूर्ण रहेको बताउँदै आपसी सहयोग र सहकार्य निरन...
षोडसोपचार विधिबाट पूजा गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री

षोडसोपचार विधिबाट पूजा गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री

जनकपुरधाम २६ वैशाख। भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको आसन्न जनकपुरधामको जानकी मन्दिरमा षोडसोपचार विधिबाट गरिने विशेष पूजाअर्चना आम चासोको विषय बनेको छ । मन्त्रको प्रधानता रहेको सो पूजा जानकी मन्दिरमा आउने विशिष्ट अतिथिलाई मात्र गराइने परम्परा छ । जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवका अनुसार यसअघि सो मन्दिरमा भारतका राष्ट्रपतिहरू नीलमसञ्जीव रेड्डी, ज्ञानी जेल सिंह र प्रणव मुखर्ज...
नक्कली पेस्तोल देखाएर गुण्डागर्दी गर्ने पक्राउ

नक्कली पेस्तोल देखाएर गुण्डागर्दी गर्ने पक्राउ

काठमाडौँ, २६ वैशाख । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले नक्कली पेस्तोल देखाएर गुण्डागर्दी गर्ने एक जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले नयाँ बसपार्क, सामाखुशी वसुन्धरा लगायतका क्षेत्रमा नक्कली पेस्तोल देखाएर गुण्डागर्दी गर्दै हिँडेका तारकेश्वर नगरपालिका–१३ का सुदीप गुरुङलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख योगेन्द्रसिंह थापाले व्यापारी तथा ह...
भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणबारे सदनलाई जानकारी

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणबारे सदनलाई जानकारी

काठमाडौँ, २६ वैशाख । पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको मैत्रीपूर्ण निमन्त्रणमा उहाँका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही वैशाख २८ र २९ गते गर्न लाग्नुभएको नेपालको राजकीय भ्रमणका बारेमा सदनलाई जानकारी गराउनुभयो । उहाँले वैशाख २८ गते राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसित भारतीय प्रधानमन्त्री मोदीको शिष्टाचार भेट हुने कार्यक्रम र...
श्रममन्त्री विष्टले रोके जथाभावी गरिने कामदारको मागपत्र प्रमाणीकरण

श्रममन्त्री विष्टले रोके जथाभावी गरिने कामदारको मागपत्र प्रमाणीकरण

काठमाडौं २५ वैशाख । वैदेशिक रोजगारीमा जाने कामदारको मागपत्र तथा रोजगार करारनामा प्रमाणीकरण सम्बन्धित देशको नेपाली दूतावास तथा नियोगबाट मात्र हुने भएको छ । श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले मागपत्र प्रमाणीकरणको अधिकार अब दूतावासलाई मात्र दिने गरी पेश गरेको वैदेशिक रोजगार सम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका-२०७५ मन्त्रिपरिषदले स्वीकृत गरेको छ । हालसम्म मागपत्र प्रमाणीकरण कामदारको आउने देशका ...
ब्लास्टिङ गर्दा उछिट्टिएको ढुंगाले लागेर दुईजनाको ज्यान गयो

ब्लास्टिङ गर्दा उछिट्टिएको ढुंगाले लागेर दुईजनाको ज्यान गयो

डोल्पा, २६ वैशाख। त्रिपुरासुन्दरी नगरपालिका–६ मा पर्ने चिप्लेभिरमा ब्लास्टिङ गर्दा उछिट्टिएको ढुंगा लागेर दुई कामदारको मंगलबार घटनास्थलमा नै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको छ। जाजरकोट डोल्पा सडकखण्डअन्तर्गत खदाङ त्रिपुराकोट सडकखण्ड निर्माणका लागि चिप्लेभिरमा काम गर्दै आएका रुकुम जिल्ला आठबिसकोट नगरपालिका–१० बस्ने अन्दाजी २१ वर्षीय देवबहादुर चन्द र सोही नगरपालिका–१२ बस्ने अन्दाजी ...
इरानसँगको परमाणु सम्झौताबाट अमेरिका अलग्गियो, यसको असर के पर्छ भन्ने विषयमा विश्वव्यापी चर्चा सुरु

इरानसँगको परमाणु सम्झौताबाट अमेरिका अलग्गियो, यसको असर के पर्छ भन्ने विषयमा विश्वव्यापी चर्चा सुरु

वासिङ्टन, २६ वैशाख। अन्तत  इरानसँगको परमाणु सम्झौताबाट संयुक्त राज्य अमेरिकाले अलग भएको घोषणा गरेको छ । अमेरिका अलग भएको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार साँझ गर्नुभएको हो । यो सम्झौता अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामाको कार्यकालमा गरिएको थियो । हाल आएर उक्त सम्झौता अमेरिकाका लागि अर्थपूर्ण नरहेको भन्दै अमेरिकाले अलग भएको घोषणा गरेको समाचारमा जनाइएको छ । अमेरिकासहित विश्वक...
धनुषा र महोत्तरीमा हुरीले क्षति, मोदीको स्वागतद्वार पनि ढल्यो

धनुषा र महोत्तरीमा हुरीले क्षति, मोदीको स्वागतद्वार पनि ढल्यो

जनकपुरधाम, २६ वैशाख। धनुषा र महोत्तरीमा बुधबार बिहान आएको हावाहुरीले क्षति पुर्‍याएको छ । हुरीले किसानको फलफूल तथा तरकारी खेतीसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि तयार पारिएका स्वागतद्वारसम्ममा क्षति पुर्‍याएको छ । मोदीको स्वागतका निम्ति जनकपुर क्षेत्रमा बनाइएका स्वागतद्वारहरु आँधी र हुरीले ढलेका छन् । मिहिनेतपूर्वक राम–जानकी मन्दिर र त्यहाँ आउने सडकका विभिन्न भागमा ठड्याइएका...
अन्तर्राष्ट्रिय कल बाइपास गर्ने दुई पक्राउ

अन्तर्राष्ट्रिय कल बाइपास गर्ने दुई पक्राउ

काठमाडौँ, २५ वैशाख । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अन्तर्राष्ट्रिय कल बाइपास (भिओआइपी) सञ्चालन गर्ने दुई जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले काठमाडौँ महानगरपालिका–९ विमानस्थल द्वार नजिकैको स्टार गेज होटल र कागेश्वरी मनहरा–७ शान्तिद्वीपस्थित भोलाराज गौतमको घरमा अवैध रुपमा अन्तर्राष्ट्रिय कल बाइपास गर्दै गरेको अवस्थामा भारतीय नागरिक विवेक शुक्ला र सिन्धुलीका लालबहादुर मगरातीलाई ...
रामायण सर्किटले अयोध्या र जनकपुरधामलाई जोड्ने

रामायण सर्किटले अयोध्या र जनकपुरधामलाई जोड्ने

जनकपुरधाम, २५ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम भ्रमणका बेला शुभारम्भ गरिने भनिएको रामायण सर्किट विस्तार परियोजना जनकपुरधामका लागि कोशेढुङ्गा साबित हुने विश्वास गरिएको छ । समृद्ध सांस्कृतिक विविधताको संरक्षण गर्ने अभियानअन्तर्गत मिथिलाको जनकपुरधाम र भारतको अयोध्याबीच सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्ध विस्तार एवं तीर्थाटनको प्रवद्र्धन गर्नु सो परियोजनाको उद्देश्य रहेको छ...
मोदीको नाममा जनकपुरमा चमत्कार : २० वर्षमा नभएको काम १० दिनमै

मोदीको नाममा जनकपुरमा चमत्कार : २० वर्षमा नभएको काम १० दिनमै

धनुषा,२५ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने टुंगो लागेदेखि नै जनकपुरमा सरकारी निकाय व्यस्त बनेको छ । उनीहरुलाई काम गर्न भ्याईनभ्याई छ । २० वर्षमा पनि हुन नसकेको काम मोदीको स्वागतको नाममा १० दिनमै हुँदा स्थानीयवासी आश्चर्यचकित भएका छन् । जनकपुरको ऐतिहासिक रंगभूमि मैदान बाह्रविघा, विवाहमण्डपको पर्खाल, रामानन्द चोकदेखि जानकी मन्दिरसम्मको सडक अहिले चिटिक्क पारिएको छ । वैशाख २८ गते मोदी...
धावन मार्ग पर्याप्त नहुँदा विमान अवतरण गराउन समस्या

धावन मार्ग पर्याप्त नहुँदा विमान अवतरण गराउन समस्या

चितवन, २५ वैशाख । भरतपुर विमानस्थलको धावन मार्ग पर्याप्त नहुँदा ठूला विमान अवतरण गराउन समस्या भएको छ । विसं २०१८ मा निर्माण गरिएको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको छ । विमानस्थलको विस्तार हुन नसक्दा समस्या भएको छ । यात्रुको चाप बढ्दै जाँदा धावनमार्गका कारण विमान कम्पनीले ठूला विमान यहाँ अवतरण गर्न सकेका छैनन् । थोरै यात्रु क्षमताका विमानमा यात्रा गर्नुपर्दा यात्रीले महँगो भाडा तिर्नु परेको ...
भूपू गोर्खा सैनिकका माग सम्बोधन हुँदै

भूपू गोर्खा सैनिकका माग सम्बोधन हुँदै

काठमाडौँ, २५ वैशाख । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले आफ्ना जायज माग पूरा हुने स्थिति उत्पन्न भएको जनाउँदै बेलायत सरकारसमक्ष ११ बुँदे माग पेश गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा समितिले निवृत्तिभरण सुविधावापतको रकम भारतीय बैंकमार्फत नभई नेपाल राष्ट्र बैंकबाट स्टर्लिङ पाउण्डमा उपलब्ध हुनुपर्ने तथा बेलायती गोर्खाका १८ वर्षभन्दा माथिका आश्रितका सन्तानलाई निःशर्त बेलायतको आवासीय अनुमत...
वैदेशिक रोजगार क्षेत्रको ठगी रोक्न मागपत्र जाँचबुझ निर्देशिका कार्यान्वयनमा

वैदेशिक रोजगार क्षेत्रको ठगी रोक्न मागपत्र जाँचबुझ निर्देशिका कार्यान्वयनमा

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगार क्षेत्रको विकृति र ठगी रोक्न सरकारले आजदेखि ‘वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, २०७५’ कार्यान्वयनमा ल्याएको छ । निर्देशिका कार्यान्वयनमा आएसँगै वैदेशिक रोजगारमा पठाउनु पूर्व स्वीकृतिका लागि पेश हुने मागपत्रको आधिकारिकताका सम्बन्धमा सम्बन्धित मुलुक हेर्ने नेपाली कूटनीतिक नियोगको सिफारिस अनिवार्य हुनेछ । वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ५२ ...
रुसी हेलिकोप्टर सिरियामा दुर्घटना, दुई चालकको मृत्यु

रुसी हेलिकोप्टर सिरियामा दुर्घटना, दुई चालकको मृत्यु

मस्को, २५ वैशाख। रुसको एक हेलिकोप्टर सिरियामा दुर्घटनाग्रस्त भएको समाचार छ । सोमबार साँझ भएको सो दुर्घटनामा परी उक्त हेलिकोप्टरका दुई जना चालकको ज्यान गएको बताइएको छ । रुसी रक्षा मन्त्रालयले विज्ञप्ति प्रकाशन गरी सो दुर्घटनामा परी दुई जना चालकको ज्यान गएको जानकारी दिएको समाचारमा जनाइएको छ । रुसी समाचार समिति इतार तासले जनाएअनुसार उक्त दुर्घटनाको कारण प्राविधिक गडबढी हुनसक्ने अनुमान गरिएको छ । ...
इरानसँगको पारमाणविक सम्झौताबारे अमेरिकी निर्णय आज हुने

इरानसँगको पारमाणविक सम्झौताबारे अमेरिकी निर्णय आज हुने

वासिङ्टन, २५ वैशाख। संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको पारमाणविक सम्झौताको विषयमा मंगलबार साँझसम्ममा निर्णय गर्नुहुने भएको छ । उहाँले इरानसँग उक्त सम्झौता कायम रहने या नरहने बारेको निर्णय मंगलबार साँझसम्ममा घोषणा गर्ने जानकारी सोमबारै दिनुभएको थियो । उहाँले आफ्नो ट्वीटर अकाउन्टमार्फत भन्नुभएको छ– मैले यस विषयमा मंगलबार साँझसम्ममा घोषणा गर्नेछु । यसअघि उहाँले इरानसँगको...
प्रधानमन्त्री ओलीको ट्वीट प्रति प्रचण्डको आक्रोश

प्रधानमन्त्री ओलीको ट्वीट प्रति प्रचण्डको आक्रोश

काठमाडौं, २५ वैशाख ।   नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिप्रति असन्तुष्टि राखेका छन् । ओलीले सत्तासमीकरणको वानी परेकाहरु भन्दै ट्वीट गरेका थिए । उक्त ट्वीट आफुप्रति लक्षित भएको प्रचण्डको बुझाई छ । पार्टी एकताका लागि ओली र प्रचण्डबीच नियमित संवाद भैरहेका बेला यी दुई नेताबीच देखिने गरी आक्रोश पोखिएको छ । ...
कर्मचारीले चार महिनादेखि तलब पाउन सकेनन्

कर्मचारीले चार महिनादेखि तलब पाउन सकेनन्

काठमाडौँ, २५ वैशाख। नेपाल स्वास्थ्यकर्मी युनियनले देशभरका करीब ३० हजार कर्मचारीलाई चार महिनादेखिको तलब भत्ता उपलब्ध गराउन माग गरेको छ । गत माघ महिनादेखि ती स्वास्थ्यकर्मीले तलब खान नपाएपछि युनियनले सो विषयमा माग गरेको हो । युनियनका अध्यक्ष उज्ज्वलकुमार शर्माले कर्मचारीले विगत चार महिनादेखि तलब पाउन नसकेकोमा चिन्ता व्यक्त गर्दै चाँडो तलब भत्ताको व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभयो । कर्मचारील...
मुक्तिनाथमा पनि नागरिक अभिनन्दन, सरसफाइदेखि सुरक्षा व्यवस्था पनि चुस्त

मुक्तिनाथमा पनि नागरिक अभिनन्दन, सरसफाइदेखि सुरक्षा व्यवस्था पनि चुस्त

बेनी, म्याग्दी, २५ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा नागरिक अभिनन्दन गरिने भएको छ । नेपालको दुईदिने राजकीय भ्रमणमा आउनुहुने प्रधानमन्त्री मोदी वैशाख २९ गते मुक्तिनाथ पुग्नुहुने कार्यक्रम छ । उहाँकोे सम्मानमा मुस्ताङवासीले मुक्तिनाथमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएको जिल्ला स्तरीय स्वागत समितिका सहसंयोजक एवं बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका...
मोदीको स्वागतमा अनिवार्य उपस्थितिको निर्देशन

मोदीको स्वागतमा अनिवार्य उपस्थितिको निर्देशन

गौशाला, २५ वैशाख । जनकपुरधाममा आसन्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको दिन उहाँको स्वागतमा उपस्थित हुन महोत्तरीका प्रत्येक नगरपालिका र गाउँपालिकाका प्रमुखलाई प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले निर्देशन दिनुभएको छ । मन्त्री यादवले महोत्तरीका १० नगरपालिका र ५ गाउँपालिका गरी १५ वटै स्थानीय तहका प्रमुखलाई वैशाख २८ गते मोदीको स्वागतका लागि जनकपुर आउन...
जिउने आधार बन्यो वृद्धभत्ता असीवर्षीय दम्पतीलाई

जिउने आधार बन्यो वृद्धभत्ता असीवर्षीय दम्पतीलाई

रामपुर, पाल्पा, २५ चैत। एउटा सानो खरले छाएको झुपडी छ, त्यो पनि धुवाँले रंगिएको कालोभित्ता भएको झुपडीको एक कुनामा सिंजापती दम्पतीको बसोबास छ । गाउँमा सिंजापती साँहिलाका नामले चिनिने खड्गबहादुर र उनकी श्रीमती सरुमा सिंजापती उमेरले डाँडापारिको घाम बुझेकी छिन् । उनका सन्तान कोही छैनन्, कमाएर दिने आफन्त पनि कोही छैनन् । सिंजापती दम्पतीका लागि एउटा जीवन जिउने आधार बनेको छ, सामाजिक सुरक्षा भत्ताबापतक...
इजराइलमा जापानी प्रधानमन्त्रीलाई ‘जुत्ता’मा खाना दिएपछी हंगामा

इजराइलमा जापानी प्रधानमन्त्रीलाई ‘जुत्ता’मा खाना दिएपछी हंगामा

काठमाडाैँ, २५ वैशाख। जापानका प्रधानमन्त्रीलाई इजराइल भ्रमणका बेला ‘जुत्ता’ मा खाना दिएको भन्दै जापानमा हंगामा भएको छ । जापानका प्रधानमन्त्री शिन्जो आबे र उनकी श्रीमतीले जब इजराइली प्रधानमन्त्री बेन्यामिन नेतन्याहू र उनकी श्रीमती सारा नेतन्याहूसँग गत मे २ तारिखमा इजराइली प्रधानमन्त्रीको आधिकारीक निवासमा डिनर गरे तब उनीहरुलाई डेजर्ट ‘जुत्ता’ मा दिइयो । बेन्यामिनका नीजि र इजराइलका सेलिब्रिटी शे...
द्वन्द्वकालीन बलात्कार पीडितलाई परिपूरणमा प्राथमिकता

द्वन्द्वकालीन बलात्कार पीडितलाई परिपूरणमा प्राथमिकता

काठमाडौँ, २५ वैशाख । सत्यनिरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालीन समयमा भएका बलात्कार तथा यौनजन्य हिंसा पीडित महिलाको परिपूरणलाई प्राथमिकता दिएर काम अगाडि बढाएको छ । आयोगले अन्य खालका पीडितले राहतस्वरुप दुईपटक रु पाँच/पाँच लाख राज्यबाट पाइसकेको अवस्थामा बलात्कार र यौनजन्य हिंसा पीडितले हालसम्म कुनै पनि राहत वा परिपूरण नपाएको हुँदा सो कामलाई प्राथमिकता दिएको हो । आयोगका सदस्य मञ्चला झाले भन्नुभ...
मोदीको नेपाल भ्रमणमा जल तथा रेलमार्ग निर्माण सम्झौतामा हुने

मोदीको नेपाल भ्रमणमा जल तथा रेलमार्ग निर्माण सम्झौतामा हुने

काठमाडाैँ, २५ वैशाख। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणका क्रममा जलमार्ग, रेलमार्ग र कृषिमा साझेदारी गर्ने सम्झौतामा हस्ताक्षर हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन्। जनकपुर पुगेका परराष्ट्रमन्त्री ज्ञवालीले मोदी नेपाल भ्रमणका आएकै दिन काठमाडौंमा तीनवटै सहमति भएका योजनामा हस्ताक्षर हुने दावी गरेका हुन्। मोदीले बैशाख २८ गतेदेखि नेपालको राजकीय भ्रमण गर्ने भएका...
भारतीय प्रमको नेपाल भ्रमण कार्यक्रम स्वीकृत

भारतीय प्रमको नेपाल भ्रमण कार्यक्रम स्वीकृत

काठमाडौँ, २४ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको राजकीय भ्रमणको कार्यक्रमलाई सरकारले स्वीकृत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । भारतीय प्रधानमन्त्री मोदी यही वैशाख २८ र २९ ...
‘भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण कोशेढुङ्गा सावित हुने’

‘भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण कोशेढुङ्गा सावित हुने’

जनकपुरधाम, २४ वैशाख ।  परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको नेपाल भ्रमण विकास सन्दर्भमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभएको छ । जनकपुरधाम विमानस्थलमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले भारतीय प्रधानमन्त्रीको जनकपुरधाम भ्रमणका दिन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रूपमा दुईटा परियोजनाको शुभारम्भ गर्नुहुने क...
आधुनिक कतारको निर्माणमा नेपाली नागरिकको योगदान महत्वपूर्ण: राजदूत युसुफ

आधुनिक कतारको निर्माणमा नेपाली नागरिकको योगदान महत्वपूर्ण: राजदूत युसुफ

पोखरा, २४ वैशाख। नेपालस्थित कतारका राजदूत युसुफ बिन महमद अलहेलले आधुनिक कतारको निर्माणमा नेपाली नागरिकको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ भिडाबारीस्थित बराह माविद्वारा आज आयोजित सम्मान कार्यक्रममा उहाँले नेपाली नागरिकले कतारमा पु¥याएको योगदान अविष्मरणीय भएको बताउनुभयो । नेपाली नागरिकको योगदानको कारणले नै नेपाल र कतारबीचको सम्बन्ध प्रगाढ रहेको उल्लेख गर्...
error: Content is protected !!