चितवन, १० जेठ । पूर्वी चितवनको राप्ती नगरपालिकामा अनियमितता भएको भन्दै नागरिक स्तरबाट चोक चोकमा विरोध हुन थालेको छ । ९ वटा वडा रहेको नगरपालिकामा जनप्रतिनिधिले सानो भन्दा सानो बिकास निमार्णको काममा पनि कमिसन खाने गरेकोले निमार्णमा चरम आर्थिक दुरुपयोग गरेको स्थानीयवासीको आरोप छ ।
जनप्रतिनिधिले निजी बाटो, कुल देवता मन्दिर र अतिक्रमित क्षेत्रमा बाटो घाटो र अन्य पूर्वाधार निर्माण गर्ने भन्दै रकम बिनियोजन गरी निकै कम गुणस्तरको काम गरी लाखौ रकम अनियमितता गरेको स्थानीयको गुनासो छ ।
नभै नहुने ठाउँमा एक ट्रिप पनि गिटी नहाल्ने नचाहिने ठाउँमा ग्राबेल नै गर्ने गरेको भन्दै जन प्रतिनिधिले बिल बनाउदै बजेट भ्याउने काम गरेको स्थानीय बद्रिप्रसाद धरेलको आरोप छ ।
राप्ती ४ मा रहेको बनदेवी मार्ग, पिचभएको एक हप्तामानै पिच माथि झार उम्रेपछि स्थानीयहरु थप आक्रोशित बनेका हुन् ।
वडाको ६ लाख र स्थानीयको १ लाख ११हजार १ सय ११ रुपैयाको बजेटमा एक महिना अगाढी निमार्ण सम्पन्न भएको १ सय ४० मिटर सडक निमार्ण सम्पन्न भएको ७ दिन मै झार उम्रेको स्थानीय निरज भेटवालको भनाई छ ।
झार मार्न सडकमा नुन खन्याउदै जनप्रतिनिधि
झार मार्न नगरपालिकाले सो पिचमा नुन समेत हालेको र त्यसले पनि झार नमरे पछि विकासका नाममा भएको अनियमितता प्रस्ट देखिएको स्थानीयको आरोप छ ।
बाझो खेतमा झार पलाएभै सडकमा झार पलाएको छ भने पिच पनि हातैले उक्काउन मिल्ने खालको छ । जनप्रतिनिधिको कामबाट स्थानीय बासिन्दा मात्रै नभई सरकारी कर्मचारी समेत आजित बनेका छन् ।
भिडियो हेर्नुहोस्…