दार्चुला, १० जेठ। दार्चुलामा बिहीबार साँझ भूकम्पको धक्का महसुस भएको छ ।
भारतको उत्तराखण्ड खेत भन्ने स्थान केन्द्रबिन्दु भएर साँझ ८ बजेर ११ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
४.६ रेक्टरस्केलको भूकम्प गएको बताईएको छ ।
जिल्लाको सदरमुकामसहित ब्यास, दुहु, मार्मा, लेकम सबै क्षेत्रमा धक्का महसुस गरिएको छ । क्षतीको विवरण अहिलेसम्म नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।