प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूलसमारोह समिति गठन
काठमाडौँ, ४ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गणतन्त्र दिवस मूलसमारोह समिति गठन गरिएको छ । गृहमन्त्रालयमा आज बसेको मूलसमारोह समितिको बैठकले यही जेठ १५ गते गणतन्त्र दिवस मनाउने सिलसिलामा जेठ १४ देखि १६ गतेसम्म तीन दिन विविध कार्यक्रम गरी देशभित्र र देशबाहिर नेपाली नियोगहरुमा समेत विविध कार्यक्रम गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको अध्यक्षतामा गठित मूलसमारोह समितिमा कामु प्रधान न...































