पशुपतिमा भारतका प्रधानमन्त्री मोदीको विशेष पूजा तयारी पूरा

पशुपतिमा भारतका प्रधानमन्त्री मोदीको विशेष पूजा तयारी पूरा

काठमाडौँ, २८ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पशुपतिनाथमा विशेष पूजा एवं दर्शनका लागि सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मुक्तिनाथमा पूजा एवं दर्शनपछि शनिबार बिहान साढे दश बजेपछि प्रधानमन्त्री मोदी पशुपतिनाथ आइपुग्नु हुने कार्यक्रम छ । भारतीय प्रधानमन्त्रीको स्वागतका लागि पशुपतिमा सरसफाइ, स्वागतद्वार निर्माण लगायत सबै तयारी पूरा भएको कोषका सदस्य सचिव डा प...
अष्ट्रेलियाको ग्रामीण क्षेत्रमा एक व्यक्तिद्वारा सातको हत्या

अष्ट्रेलियाको ग्रामीण क्षेत्रमा एक व्यक्तिद्वारा सातको हत्या

पर्थ, अष्ट्रेलिया, २८ वैशाख । पश्चिम अस्ट्रेलियाको बाइन क्षेत्रमा अवस्थित मर्जरेट नदी किनारको बस्तीमा शुक्रबार बिहान सवेरै जथाभावी गोली प्रहार गरी सात व्यक्तिको हत्या गरिएको समाचार छ । एकजना व्यक्तिले गोली हानी ती सात जनाको हत्या गरेको समाचारमा जनाइएको छ । मारिने ती सात जना एकै घरका परिवार हुन् या होइनन् भन्ने बारेमा भने केही खुलेको छैन । सो गोली प्रहारमा चार बालबालिकासहित सात व्यक्तिको मृत्यु...
अब करारमा कर्मचारी नियुक्त गर्न नपाइने

अब करारमा कर्मचारी नियुक्त गर्न नपाइने

काठमाडौं ,२८ वैशाख। सरकारले स्वीकृत दरबन्दीबाहेक अस्थायी, ज्यालादारी, करारमा नियुक्त गर्न कडाइ गरेको छ । सरकारी निकायले जथाभावी खर्च गर्दा राष्ट्रिय ढुकुटीमा चाप पर्न थालेपछि सरकारले सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्नेसम्बन्धी मार्गदर्शन नै बनाएको छ । मन्त्रिपरिषदले हालै स्वीकृत गरेको मार्गदर्शनमा नयाँ संरचना र दरबन्दी सिर्जना गर्न र स्वीकृत दरबन्दीबाहेक अस्थायी, ज्यालादारी, ...
‘नेपालीको हृदय सागरभन्दा गहिरो र नेपालको स्वाभिमान सगरमाथाभन्दा उच्च छ’–भारतीय प्रधानमन्त्री मोदी

‘नेपालीको हृदय सागरभन्दा गहिरो र नेपालको स्वाभिमान सगरमाथाभन्दा उच्च छ’–भारतीय प्रधानमन्त्री मोदी

जनकपुरधाम, २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबिना भारतको आस्था, विश्वास र इतिहास अधुरो भएको बताउनुभएको छ । भारतीय प्रधानमन्त्री मोदीले प्रदेश नं २ को सरकार र जनकपुर उपमहानगरपालिकाद्वारा आज जनकपुरको ऐतिहासिक बाह्रबिघा रंगभूमि मैदानमा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो । उहाँले नेपालीहरुको हृदय सागरभन्दा पनि गहिरो र नेपालको स्वाभिमान सगरमाथा...
जनकपुर माग्ने भाजपा सांसदलाई योगेशको जवाफ: दिमाग खुस्केको मान्छे

जनकपुर माग्ने भाजपा सांसदलाई योगेशको जवाफ: दिमाग खुस्केको मान्छे

काठमाडौं, २८ वैशाख । भारतीय सांसद भारतीय जनता पार्टीका सांसद किर्ती आजादको एक ट्वीट विवादमा तानिएपछि नेपालका राजनीतिक दलका नेताहरुको पनि प्रतिक्रिया आउन थालेको छ । सत्तारुढ एमालेका सांसद योगेश भट्टराईले मिथिला फिर्ता माग्नुपर्ने भारतीय जनता पार्टीका सांसदको ट्वीटलाई ‘दिमाग खुस्किएका’ हरुले गर्ने भनेर टिप्पणी गरेका छन् । आजादले गरेको ट्वीटको प्रतिक्रिया दिदै नेकपा एमाले सचिव एवं सांसद भट्टराईले...
भारतका प्रधानमन्त्री मोदी काठमाडौँमा

भारतका प्रधानमन्त्री मोदी काठमाडौँमा

काठमाडौँ, २८ वैशाख । नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौँ आइपुग्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उहाँलाई स्वागत गर्नुभयो । काठमाडौँमा रहँदा भारतीय प्रधानमन्त्री मोदीले उच्चस्तरीय भेटवार्ता गर्नुहुनेछ भने शनिबार बिहान मुक्तिनाथको दर्शनका लागि जाने कार्यक्रम छ । काठमाडौँ महानगर...
भाजपा सांसदको मोदीलाई आग्रह, सन्धीको समय सकियो अब जनकपुर फिर्ता माग्नुहोस्

भाजपा सांसदको मोदीलाई आग्रह, सन्धीको समय सकियो अब जनकपुर फिर्ता माग्नुहोस्

काठमाडौँ, २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहेका बेला भारतीय जनता पार्टीका सांसद तथा पूर्व क्रिकेटर किर्ति आजादले मिथिलाको भाग फिर्ता माग्न आग्रह गरेका छन् । शुक्रबार मिथिलाको राजधानी जनकपुुर आइपुगेका मोदी र बिहारका मुख्यमन्त्री नितिश कुमारलाई ट्वीटमार्फत आजादले सो माग गरेका हुन् । २ सयवर्षअघि नेपाल र अंग्रेजबीच भएको सन्धी अनुसार मिथिला राज्य नेपाललाई दिइएको उल्लेख ग...
चिटिक्क सभागृह, भारतीय प्रधानमन्त्रीको अभिनन्दनको तयारी पूरा

चिटिक्क सभागृह, भारतीय प्रधानमन्त्रीको अभिनन्दनको तयारी पूरा

काठमाडौँ, २८ वैशाख। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नगरवासीका तर्फबाट अभिनन्दन गरिने स्थल राष्ट्रिय सभागृह चिटिक्क पारेर सिङ्गारिएको छ । सधैँ सार्वजनिक यातायातका साधन खचाखच रहने प्रदर्शनी मार्गमा अहिले अत्यन्तै कम संख्यामा सवारीसाधन चलेका छन् । सभागृहको प्रवेशद्वारमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोटो राखिएको छ । सभागृहमा पनि रंग लगाइएको छ भन...
रामायण सर्किट तथा जनकपुर–अयोध्या बस सेवा शुभारम्भ

रामायण सर्किट तथा जनकपुर–अयोध्या बस सेवा शुभारम्भ

जनकपुरधाम, २८ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा आज जानकी मन्दिर परिसरमा रामायण सर्किटको घोषणा गर्नुभयो । यसैगरी दुबै देशका प्रधानमन्त्रीले आजै जानकी मन्दिर परिसरमा संयुक्त रुपमा हरियो झण्डा देखाएर नेपाल–भारत मैत्री बस सेवा जनकपुर–अयोध्या–जनकपुरको शुभारम्भ पनि गर्नुभयो । सो अवसरमा भारतीय प्रधानमन्त्री मोदीले जनकपुरमा पाएको स्वागतका लागि आभा...
मोदीको नेपाल भ्रमण: धार्मिक पर्यटनमा महत्वपूर्ण योगदान

मोदीको नेपाल भ्रमण: धार्मिक पर्यटनमा महत्वपूर्ण योगदान

काठमाडौँ, २८ वैशाख। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले राजनीतिक तथा आर्थिक रुपमा मात्रै नभई पर्यटकीय रुपमा समेत महत्वपूर्ण प्रभाव पार्ने विश्वास लिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा आज नेपाल भ्रमणमा आउनु भएका भारतीय प्रधानमन्त्री मोदीले जनकपुर, पशुपतिनाथ र मुक्तिनाथको भ्रमण गरेर धार्मिक पर्यटनलाई बढावा दिन मद्दत पुगेको छ । विश्वभरका हिन्दूको आस्थाको केन्द्रक...
मोदीलाई जनकपुरमा १२१ किलोको ३ वटा माला

मोदीलाई जनकपुरमा १२१ किलोको ३ वटा माला

काठमाडौं, २८, वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा १२१ किलोको तीनवटा मालाको सम्मान दिइएको छ । उनलाई प्रदेशसभा २ सरकार, वीरगञ्ज उद्योग वाणिज्य संघ र जनकपुर उद्योग वाणिज्य संघले १२१ किलोको छु्ट्टाछुट्टै माला लगाएर सम्मान दिएका हुन् । मोदीलाई जनकपुरमा नागरिक अभनिन्दन पनि गरिएको छ । शुक्रबार जनकपुरको रंगभूमि मैदानमा आयोजित कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले ...
सिंगापुरमा हुन लागेको शिखर वार्ता विश्व शान्तिका लागि महत्वपूर्ण

सिंगापुरमा हुन लागेको शिखर वार्ता विश्व शान्तिका लागि महत्वपूर्ण

सिंगापुर, २८ वैशाख। सिंगापुरका प्रधानमन्त्री लि सेन लुङले अमेरिका र उत्तर कोरियाबीच हुने भनिएको शिखर वार्ता शान्ति स्थापनाका लागि एक महत्वपूर्ण कदम भएको बताउनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच लामो समयदेखि प्रतिक्षा गरिएको एक महत्वपूर्ण शिखर बैठक आगामी जुन १२ मा हुने भएको छ । प्रधानमन्त्री लिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटको प्रतिउत्त...
भारतीय प्रधानमन्त्रीबाट जानकी मन्दिरमा पूजा

भारतीय प्रधानमन्त्रीबाट जानकी मन्दिरमा पूजा

जनकपुरधाम, २८ वैशाख। भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले आज जनकपुरधामस्थित जानकी मन्दिरमा षोडशोपचार विधिबाट विशेष पूजाअर्चना गर्नुभयो । मन्त्रको प्रधानता रहेको सो पूजा जानकी मन्दिरमा आउने विशिष्ट अतिथिलाई मात्र गराइने परम्परा छ । जानकी मन्दिरमा सो विधिबाट पूजा गर्ने भारतका प्रधानमन्त्रीका रूपमा मोदी पहिलो प्रधानमन्त्री हुनुहुन्छ । षोडशोपचार विधिबाट गरिने पूजामा पञ्च आहुति, पञ्चतन्त्र, ...
मोदीले नेपालका प्रधानमन्त्रीलाई सम्बोधनमा भने मेरे भाईसाब कोली

मोदीले नेपालका प्रधानमन्त्रीलाई सम्बोधनमा भने मेरे भाईसाब कोली

जनकपुरधाम, २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा पाएको स्वागतका लागि आभार प्रकट गरेका छन् । आफ्नो सम्बोधनका क्रममा पटक पटक मोदीले ओलीलाई कोली भन्दै सम्बोधन गरेका थिए । जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेपछि मोदीले जानकी मन्दिरमा पूजाअर्चना गरेका थिए । लगतै सम्बोधन गर्ने क्रममा उनले नेपाली समकक्षी ओलीलाई ‘मेरे भाइसाब’ कोली भन्दै पटक पटक सम्बोधन गर्दा छेऊम...
भारतीय प्रधानमन्त्रीको भ्रमणमा बीस मिनेटसम्म सवारी रोकिने

भारतीय प्रधानमन्त्रीको भ्रमणमा बीस मिनेटसम्म सवारी रोकिने

काठमाडौँ, २८ वैशाख । छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सवारीमा २० मीनेटसम्म सवारी रोकिने भएको छ । दुई दिने राजकीय भ्रमणका लागि आज बिहान जनकपुर हुँदै दिउँसो १.३० बजे काठमाडौँ आउन लाग्नुभएका भारतीय प्रधानमन्त्री मोदीको सुरक्षाका लागि १० देखि २० मिनेटसम्म सवारी रोकिने भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले मोदी हिँड्ने रुटमा १० मिनेटदेखि २०...
प्रधानमन्त्री ओलीद्वारा जानकी मन्दिरमा मोदीलाई स्वागत

प्रधानमन्त्री ओलीद्वारा जानकी मन्दिरमा मोदीलाई स्वागत

काठमाडौं, २८ वैशाख । नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जानकी मन्दिरमा स्वागत गरेका छन् । मोदीलाई स्वागत गर्न प्रधानमन्त्री ओली कुर्ता, पाइजामा र ढाका टोपी लगाएर शुक्रबार बिहानै जनकपुर पुगेका थिए । मोदी एयर इन्डियाको क्षेत्रीय जहाज चढेर जनकपुर विमानस्थलमा ओर्लिएका थिए । त्यहाँबाट गाडी चढेर मोदी जानकी मन्दिरमा आएका छन् । मोदी र ओलीले त्यहाँ ...
प्रधानमन्त्री मोदीको भ्रमणका लागि सुरक्षा चुस्त

प्रधानमन्त्री मोदीको भ्रमणका लागि सुरक्षा चुस्त

काठमाडौँ, २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने राजकीय भ्रमणका सन्दर्भमा उहाँको कार्यक्रम हुने स्थलमा सुरक्षा व्यवस्था चुस्त तुल्याइएको छ । विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि, २०७० अनुसार अति विशिष्ट पाहुनाको सुरक्षा व्यवस्थापनका लागि चारवटै सुरक्षा निकायलाई एकीकृत रुपमा परिचालन गरिएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिनुभयो । सम्बन्धित जिल्लामा प्रमुख जिल...
भारतीय प्रधानमन्त्री माेदी जनकपुरमा अवतरण

भारतीय प्रधानमन्त्री माेदी जनकपुरमा अवतरण

जनकपुरधाम, २८ वैशाख ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने राजकीय भ्रमणमा नेपाल आइपुगेका छन् । उनी नयाँ दिल्लीबाट बिहार हुँदै जनकपुरमा अवतरण गरेका छन् । मोदीलाई रक्षामन्त्री इश्वर पोखरले र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका छन् । विमानस्थलमा केहीबेर आराम गरेपछि मोदी जानकी मन्दिर जाने कार्यक्रम छ । जानकी मन्दिरमा मोदीले पूजा गर्नुका साथै प्रधानमन्त्री ओलीसँग संयुक...
प्रधानमन्त्री ओली जनकपुरमा

प्रधानमन्त्री ओली जनकपुरमा

काठमाडौँ, २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका सन्दर्भमा धनुषामा हुने संयुक्त कार्यक्रममा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर पुग्नुभएको छ । केहीबेर अगाडि जनकपुर विमानस्थलमा प्रधानमन्त्री ओली पुग्नुहुँदा प्रदेश नं २ का मुख्यमन्त्री, संघीय सरकारमा सो प्रदेशबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरु लगायतले स्वागत गर्नुभयो । भारतीय प्रधानमन्त्री मोदी सवार विमान केहीबेरमा ...
मोदीको स्वागतमा जनसागर जनकपुरतर्फ

मोदीको स्वागतमा जनसागर जनकपुरतर्फ

गौशाला, २८ वैशाख। नेपाल भ्रमणको सिलसिलामा जनकपुरधाममा आज आउन लाग्नुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि महोत्तरी जिल्लाबाट जनसागर जनकपुरतर्फ उर्लिएको छ । मोदीको स्वागतका लागि महोत्तरी जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिका गरी १५ वटै स्थानिय तहबाट हजारौँको संख्यामा नेपाली जनता जनकपुरधामतिर लागेका छन् । महोत्तरीको प्रत्येक स्थानीय तहबाट ८/१० वटा बस, दर्जनभन्दा बढी जीप, कार र ...
देशका ४२ जिल्लामा ६७ वटा पुस्तकालय स्थापना

देशका ४२ जिल्लामा ६७ वटा पुस्तकालय स्थापना

काठमाडौँ, २८ वैशाख। रिड नेपाल नामक सामाजिक संस्थाले देशका ४२ जिल्लामा ६७ वटा पुस्तकालय स्थापना गरेको छ । सो संस्थाले समुदायमा पुस्तकालयको स्थापना गरी स्थानीयवासीलाई शैक्षिक ज्ञानको विकास गर्ने उद्देश्य राखेको छ । पछिल्लो पटक विकास गरेका केही पुस्तकालयमा महिला कक्ष, बाल कक्ष, युवा कक्ष, सूचना कक्ष तथा श्रव्यदृश्यको समेत व्यवस्था गरिएको संस्थाका अधिकृत चिनकाजी श्रेष्ठले जानकारी दिनुभयो । उक्त सं...
प्रधानमन्त्री मोदीले षोडसोपचार विधिबाट पूजा गर्नुहुने

प्रधानमन्त्री मोदीले षोडसोपचार विधिबाट पूजा गर्नुहुने

महेन्द्रनगर, धनुषा, २८ वैशाख। आज जनकपुर भ्रमणमा आउनुहुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामस्थित जानकी मन्दिरमा षोडसोपचार विधिबाट विशेष पूजाअर्चना गर्नुहुनेछ । मन्त्रको प्रधानता रहेको यो पूजा जानकी मन्दिरमा आउने विशिष्ट अतिथिलाई मात्र गराइने परम्परा छ । जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवका अनुसार यसअघि सो मन्दिरमा भारतका राष्ट्रपतिहरू नीलम सञ्जीवा रेड्डी, ज्ञानी जैल सिंह र प...
सेताम्य हिउँले मोदीको स्वागत गर्दै मुस्ताङ

सेताम्य हिउँले मोदीको स्वागत गर्दै मुस्ताङ

मुस्ताङ, २८ वैशाख । 'फागुन महिनायता अहिलेसम्म यसरी मुस्ताङमा हिउँ परेकै थिएन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भाग्यमानी नै मान्नुपर्छ' – मुक्तिनाथका स्थानीयवासी मानबहादुर थकालीले भन्नुभयो । गर्मीयामको पनि बीच समयमा बुधबार राति मुस्ताङमा अत्याधिक रुपमा परेको हिउँका कारण यतिखेर मुक्तिनाथसहित आसपासका हिमाल हिउँले सेताम्य भएका छन् । विश्वमा नै शक्तिराष्ट्रका रुपमा उदीयमान भारतका प्रधानमन्त्र...
भारतीय प्रमको नेपाल भ्रमण आजदेखि

भारतीय प्रमको नेपाल भ्रमण आजदेखि

काठमाडौं, २८ बैशाख। राजनीतिक र धार्मिक भ्रमणका सिलसिलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक आज शुक्रवार नेपाल आउँदै हुनुहुन्छ। जानकी मन्दिरमा हुने विशेष पूजा–आजा, नागरिक अभिनन्दन ग्रहण गर्दै उहाँले रामायण सर्किटको उद्घाटन गर्दै हुनुहुन्छ। भारतका करिब एक दर्जन धार्मिकस्थलसहित, श्रीलंकाका धार्मिकस्थल, नेपालको जनकपुर र जानकी मन्दिर यो सर्किटमा समेटिएका छन्। मोदी आफैले विगतमा चर्चा गर्नुभ...
राजधानीमा यस्तो छ मोदीलाई स्वागतको तयारी (फोटो फिचरसहित)

राजधानीमा यस्तो छ मोदीलाई स्वागतको तयारी (फोटो फिचरसहित)

काठमाण्डौं, २७ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रवार नेपालको राजकीय भ्रमणमा आउँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा मोदी नेपालको दुईदिने राजकीय भ्रमणमा आउँन लागेका हुन् । भारतका कार्यकारी सरकार प्रमुखका रुपमा तेस्रो पटक हुन लागेको यो भ्रमणले आपसी आत्मीयता र दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउने अपेक्षा गरिएको छ । प्रधानमन्त्री ओलीले गत महिना भारतको राजकीय भ्रमण...
स्थानीय निकायमा यथाशीघ्र कर्मचारी पठाइने

स्थानीय निकायमा यथाशीघ्र कर्मचारी पठाइने

हेटौँडा, २७ वैशाख । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय निकायलाई सबल एवं चुस्त बनाउन यथाशीघ्र कर्मचारी पठाउने कार्य भइरहेको बताउनुभएको छ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग आज अपराह्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्ताका क्रममा मन्त्री पण्डितले निजामती कर्मचारीलाई सरकारले दिएको मार्गनिर्देशन आत्मसात् गरी जनताको सेवाका लागि समर्पित ह...
मोदीको आसन्न मुक्तिनाथ भ्रमणलाई लक्षित गरी मुस्ताङमा उच्च सुरक्षा सतर्कता

मोदीको आसन्न मुक्तिनाथ भ्रमणलाई लक्षित गरी मुस्ताङमा उच्च सुरक्षा सतर्कता

मुस्ताङ, २७ वैशाख। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न मुक्तिनाथ भ्रमणलाई लक्षित गरी मुस्ताङमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । भारतीय प्रधानमन्त्री मोदी मुक्तिनाथ मन्दिर दर्शनका लागि शनिबार बिहान मुस्ताङ आउने कार्यक्रम छ । भ्रमणलाई व्यवस्थित बनाउन स्थानीय प्रशासनले विशेष सुरक्षा योजना बनाएको छ । भारतीय सुरक्षाकर्मीको टोलीले पनि मुक्तिनाथ क्षेत्रको स्थलगत अनुगमन गरेको छ । जिल्लाको सुरक...
भारतीय प्रधानमन्त्री मोदीको जनकपुरधाम भ्रमणको तयारी पूरा

भारतीय प्रधानमन्त्री मोदीको जनकपुरधाम भ्रमणको तयारी पूरा

जनकपुरधाम, २७ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भोलि शुक्रबार हुने जनकपुरधाम भ्रमणका लागि आवश्यक तयारी पूरा भएको छ । प्रदेश नं २ का प्रदेश सरकार तथा जनकपुरधाम उपमहानगरपालिकाले युद्धस्तरमा पूर्वाधार निर्माण गरी तयारी पूरा गरेको हो । प्रदेश सरकार र उपमहानगरपालिकाले सडक र मञ्च निर्माण, जानकी मन्दिरदेखि बाह्रबिघासम्म रङ्गरोगन, जनकपुरधामको सौन्दर्यकरण र स्वागतद्वार निर्माण कार्य सम्पन्...
पत्रकार श्रेष्ठलाई अमेरिकामा सम्मान

पत्रकार श्रेष्ठलाई अमेरिकामा सम्मान

न्यूयोर्क, २७ बैशाख। अमेरिकाको न्यूयोर्कमा सक्रिय पत्रकारिता गर्दै आएका पत्रकार गोकुल श्रेष्ठलाई न्यूयोर्क सिटीका काउन्सिल मेम्बर कोस्टा कन्स्टान्टिनिडेसले सम्मान गरेको छ । मे ९ तारिख बुधबार न्यूयोर्कको क्वीन्समा आयोजना गरिएको साउथ एशियन हेरिटेज सेलिब्रेशन कार्यक्रममा काउन्सिल मेम्बर कोस्टाले पत्रकार श्रेष्ठलाई सम्मान गरेका हुन् । तीन वर्षदेखि न्यूयोर्कबाट पत्रकारिता गर्दै आएका श्रेष्ठ न्यूयोर...
साउदी अरबमा नेपालीको मृत्यु

साउदी अरबमा नेपालीको मृत्यु

राजविराज, २७ वैशाख। वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबिया गएका एक युवकको मंगलबार राति मृत्यु भएको छ । सप्तरी जिल्लाको खडक नगरपालिका–९, लालपटृीका २४ वर्षीय सञ्जय साहको मृत्यु भएको परिवारजनलाई उध्दृत गर्दै सूचना तथा परामर्श केन्द्र, राजविराजका मिडिया अधिकृत चन्दनकुमार यादवले जानकारी दिनुभयो । उनी २०७३ असार ९ गते साह मिडल इस्ट म्यानपावर कम्पनी, काठमाडौँमार्फत साउदी अरब गएका र त्यहाँको अल्फाना...
हत्या गरेर भागेका राई १३ वर्षपछि पक्राउ

हत्या गरेर भागेका राई १३ वर्षपछि पक्राउ

काठमाडौँ, २७ वैशाख। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ज्यान मारेर फरार रहेका अभियुक्तलाई १३ वर्षपछि पक्राउ गरेको छ । ब्यूरोको टोलीले विसं २०६२ माघमा काठमाडौँको नयाँपाटीमा महेश राईलाई हत्या गरी फरार रहेका इलामका अदिपकुमार राईलाई सोमबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । अदिपले विसं २०६२ मा नयाँपाटीस्थित रामकृष्ण पण्डितको निर्माणाधीन घरमा फर्मासम्बन्धी काम गर्न बसेका महेशको ह...
error: Content is protected !!