अब जिल्ला तहमा छवटा कार्यालय मात्र
काठमाडौँ, ६ जेठ। अब जिल्ला तहमा छ वटा कार्यालय मात्र रहने भएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले संविधानअनुसार संघद्वारा सञ्चालित छ वटामात्र जिल्ला कार्यालय रहने बताए ।
उनका अनुसार जिल्ला प्रशासन, कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला हुलाक कार्यालय, जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय मात्र रहनेछ ।
जिल्ला तहमा रहेका अन्य...































