उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण स्थगित र कार्यान्वयन

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण स्थगित र कार्यान्वयन

सोल, २४ वैशाख । उत्तर कोरियाले सबै क्षेप्यास्त्र परीक्षणहरू स्थगित गर्ने घोषणा कार्यान्वयन गरेको जनाएको छ । उसले तत्काल लागू हुने गरी एउटा पारमाणविक परीक्षण केन्द्र पनि बन्द गराएको थियो । कोरियाली नेता किम जोङ उनले घोषण गरेबमोजिम नै यही अप्रिल २१ बाट उत्तर कोरियाले पारमाणविक र अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणको कार्य बन्द गरेको थियो । उत्तर कोरियाको सेन्ट्रल न्यूज एजेन्सीका अनुस...
धर्मगुरु श्रीनिवास आचार्य पक्राउ, आफैंले गोली हान्न लगाएको खुलासा

धर्मगुरु श्रीनिवास आचार्य पक्राउ, आफैंले गोली हान्न लगाएको खुलासा

  काठमाडौं,  २४ वैशाख। हिन्दु धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । आचार्यमाथि २५ चैतमा गोली प्रहार भएको थियो । तर, अनुसन्धानका क्रममा आफैंले योजना बनाएर गोली हान्न लगाएको देखिएपछि आचार्यलाई पक्राउ गरिएको हो । मोरङका एसपी अरुण बीसीका अनुसार गोली प्रहारमा संलग्न भएको अभियोगमा दुई जना पक्राउ परेका थिए । तर, उनीहरुले आचार्य श्रीनिवासले नै योजना बनाएर आफूलाई गोली हान्न लगाएको बयान दिएका छन्...
राष्ट्रिय सुरक्षाको सबैभन्दा बलियो किल्ला भनेको जनता हुन्: प्रम ओली

राष्ट्रिय सुरक्षाको सबैभन्दा बलियो किल्ला भनेको जनता हुन्: प्रम ओली

काठमाडौँ, २४ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राष्ट्रिय सुरक्षाको प्रश्न उन्नतस्तरमा पुगेको बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको आज आयोजित १७ वार्षिकोत्सव समारोहमा उहाँले नागरिक, देश र स्वाभिमानलगायत समग्र सुरक्षासम्बन्धी अवधारणामा आज नेपाल उन्नतस्तरमा पुगेको स्पष्ट पार्नुभयो । राष्ट्रिय सुरक्षा र विकासको प्रश्नमा जनताको अवधारणा र मानसिकता के छ भन्ने कुरा महत्वपूर्ण...
हिमालयन ट्रान्सबोर्डर रेलमार्गको सम्भाव्यता अध्ययन हुने

हिमालयन ट्रान्सबोर्डर रेलमार्गको सम्भाव्यता अध्ययन हुने

काठमाडौँ, २४ वैशाख। नेपाल–चीन हिमालयन ट्रान्सबोर्डर रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन हुने भएको छ । दुई देशका रेल अधिकारीबीच चीनको राजधानी बेइजिङमा भएको वार्तामा यस्तो सहमति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । अध्ययन चिनियाँ प्राविधिकहरूले गर्नेछन् । यसका लागि आवश्यक आर्थिक सहयोगसमेत चीन सरकारले नै गर्नेछ । चिनियाँ प्राविधिकले अध्ययन गरी भदौ १५ सम्म प्रतिवेदन पेश गर्ने मन्...
प्रदेश सभासदस्यको लोगो सार्वजनिक

प्रदेश सभासदस्यको लोगो सार्वजनिक

बुटवल, २४ वैशाख । प्रदेश नं ५ का प्रदेशसभासद्को पहिचान गराउने प्रदेश चिह्न (लोगो) आज सार्वजनिक गरिएको छ । प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले यहाँ आयोजित कार्यक्रममा सो लोगो सार्वजनिक गर्नुभएको हो । उक्त लोगो बनाउन २०७४ फागुन २४ गते सार्वजनिक सञ्चारमाध्यममार्फत नमूना आह्वान गरिएकामा १२ जनाले सहभागिता जनाएका थिए । सहभागीमध्ये दाङका खगेश्वर भण्डारीले तयार पार्नुभएको नमूना छनोटमा परेको हो । लो...
विश्वकै सबैभन्दा अग्लो त्रिशूल रहेको पाण्डवेश्वरी र षड्केश्वरी मन्दिर सिँढीले जोड्ने

विश्वकै सबैभन्दा अग्लो त्रिशूल रहेको पाण्डवेश्वरी र षड्केश्वरी मन्दिर सिँढीले जोड्ने

दाङ, २४ वैशाख । विश्वकै सबैभन्दा अग्लो त्रिशूल रहेको धारपानीको पाण्डवेश्वरी मन्दिर र त्यसभन्दा करीब दुई किलोमिटर अग्लो डाँडामा रहेको सुनकोटमा रहेको षड्केश्वरी मन्दिरलाई सिँढीले जोडिने भएको छ । त्यसका लागि षड्केश्वरी मन्दिरको पुनःनिर्माण र त्यहाँं सहजरुपमा पुग्नका लागि सिँढी निर्माण कार्यको थालनी भएको छ । पृथक पौराणिक महत्वका दुवै मन्दिर सिँढीले जोडिएपछि त्यहाँको धार्मिक पर्यटनको विकासमा टेवा पु...
आक्रमणमा परी चार सुरक्षाकर्मी घाइते

आक्रमणमा परी चार सुरक्षाकर्मी घाइते

पर्सा, २४ वैशाख। पक्राउ गरिएका अभियुक्तलाई छुटाउन प्रहरी चौकी सेढवामा स्थानीयवासीले आक्रमण गर्दा चारजना सुरक्षाकर्मी घाइते भएका छन् । अभियुक्तलाई छुटाउन स्थानीय बासिन्दाले आज बिहान करीब ३ बजे प्रहरी चौकी सेढवानमा आक्रमण गर्दा तीनजना प्रहरी सहायक निरीक्षक र एकजना प्रहरी जवान घाइते भएका हुन् । घाइते चारैजनाको वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा प्रहरी सहायक निर...
बैतडीमा बस दुर्घटना हुँदा १४ जना घाइते, राजमार्ग अवरुद्ध

बैतडीमा बस दुर्घटना हुँदा १४ जना घाइते, राजमार्ग अवरुद्ध

बैतडी, २४ वैशाख । बैतडीको दशरथचन्द राजमार्गमा आज बिहान बस दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएका छन् । बिग्रेर सडकमा रोकिराखेको बस एक्कासि पछाडि(ब्याक) हुन गई सडकबाट १० मिटर तल सडकको अर्को घुम्तीमै खसेको थियो । बसबीच सडकमै खसेपछि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि दशरथचन्द राजमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका गाडीसमेत चल्न नसकेको प्रहरीले जनाएको छ । घाइते हुनेमा बस चालक...
पाकिस्तानी गृहमन्त्रीमाथि गोली प्रहार गरी हत्या प्रयास

पाकिस्तानी गृहमन्त्रीमाथि गोली प्रहार गरी हत्या प्रयास

इस्लामावाद, पाकिस्तान, २४ वैशाख । पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि आइतबार गोली प्रहार भएको छ । इकबालका सहयोगी असिम खानले गृहमन्त्रीलाई गोली लागेको पुष्टि गर्दै उहाँ अहिले खतरामुक्त रहेको बताउनुभयो । खानले भन्नुभयो, “गृहमन्त्री इकबाललाई लक्षित गरी चलाइएको गोली उहाँको पाखुरामा लागेको र उहाँको लाहोरस्थित एक अस्पतालमा उपचार भइरहेको छ । इकबाल खतरामुक्त हुनुहुन्छ ।” प्रहरीले आक्रमणकारीलाई समात...
अमेरिकामा नेपाली भवन बनाउन सप्ताहबाट ६ करोड संकलन

अमेरिकामा नेपाली भवन बनाउन सप्ताहबाट ६ करोड संकलन

अमेरिका, क्यालिफोर्निया, २४ वैशाख । अमेरिकाको कोलोराडो राज्यमा नेपालीको साझा सामुदायिक भवन निर्माणका लागि आर्थिक संकलन गर्ने उद्देश्यले वैशाख १५ गतेदेखि २२ गतेसम्म भएको सप्ताहमा करीब रु छ करोड संकलन भएको छ । सप्ताह वाचन प्रवीण गुरु दीनबन्धु पोखरेलले गर्नुभएको थियो । नेपाली घरका कोषाध्यक्ष जगदीश ढकालले दिएको जानकारीअनुसार जम्मा पाँच लाख ८१ हजार १७१ डलर ६० सेन्ट्स सहयोग संकलन भएको हो । अमेरिकाक...
किशोरीको बलात्कारपछि जलाएकार हत्या

किशोरीको बलात्कारपछि जलाएकार हत्या

भारतको झरखण्ड राज्यकी एक किशोरीलाई सामुहिक बलात्कारपछि जिउँदै जलाएर हत्या गरिएको छ । आफ्नी छोरीको बलात्कार भएको भन्दै बाबुआमाले गाउँका अग्रजसमक्ष गुनासो गरेपछि ती किशोरीलाई जनलाईएको प्रहरीलई उद्धृत गर्दै बिविसीले जनाएको छ । किशोरीको सामुहिक बलात्कारपछि हत्यामा संलग्न मुख्य संदिग्धसहित अन्य १४ जनाको पक्राउ गएिको भारतीय प्रहरीले जनाएको छ । घटनामा आरोपित १५ मध्ये १५ जनालाई पक्राउ गरिएको प्रह...
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोको जोखिम बढ्यो

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोको जोखिम बढ्यो

चितवन, २३ वैशाख । सामान्य पानी पर्दासमेत नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्न थालेपछि यात्रामा जोखिम बढेको छ । गएको एक सातामा दैनिक पहिरो खस्दै आएको छ । एकै दिनमा साना ठूला गरी चार वटासम्म पहिरो खसेको जनाइएको छ । पानी पर्दा हिलो र सुख्खा हुँदै गएपछि सुख्खा पहिरो खस्न थालेको नारायणगढ–मुग्लिन सडक आयोजनाका डिभिजनल इञ्जिनियर गोविन्द खनालले बताउनुभयो । सडक विस्तारका क्रममा भित्तो काटिएको ठाउँ र डढे...
आगामी शैक्षिक सत्रबाट सरकारले कक्षा ११ र १२ मा संकाय पद्दती हटाउने

आगामी शैक्षिक सत्रबाट सरकारले कक्षा ११ र १२ मा संकाय पद्दती हटाउने

काठमाडाैँ, २३ वैशाख । सरकारले आगामी शैक्षिक सत्रबाट कक्षा ११ र १२ मा विषयपिच्छेको संकाय नबनाउने भएको छ । कक्षा १२ सम्म विद्यालय शिक्षामा रुपान्तरण भएसँगै विभिन्न संकायको रुपमा अध्ययन अध्यापन गराउने पद्धति हटाएर अब कक्षा ९ र १० कै जस्तो पाठ्यक्रम लागू हुने भएको छ । शिशुकक्षा देखि १२ सम्म विद्यालय संरचनामा रुपान्तरण भएसंगै कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन शिक्षा, मानविकी लगायत समूहका अलगअलग प...
पाकिस्तानको कोइलाखानीमा भएको विस्फोटमा १८ को मृत्यु, दर्जनौँ मजदुर पुरिए

पाकिस्तानको कोइलाखानीमा भएको विस्फोटमा १८ को मृत्यु, दर्जनौँ मजदुर पुरिए

इस्लामावाद, २३ वैशाख । पाकिस्तानको दुईवटा कोइलाखानीमा शनिबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा परी कम्तीमा पनि १८ जनाको मृत्यु भएको छ । घटनामा परी अरु १३ जना घाइते भएका र दर्जनौँ बेपत्ता भएका अधिकारीहरुले जानकारी दिएका छन् । हराएकाहरुको खोजी भइरहेको भए पनि सकुशल भेटिने सम्भावना निकै कम छ । पाकिस्तानको दक्षिणपश्चिमी बालुचिस्तान प्रान्तमा शनिबार दुईवटा कोइलाखानीमा छुट्टा छुट्टै विस्फोट भएको हो । प...
भारतीय प्रमलाई वैशाख २९ मा अभिनन्दन

भारतीय प्रमलाई वैशाख २९ मा अभिनन्दन

काठमाडौँ,२३ वैशाख। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौँ महानगरपालिकाले यही वैशाख २९ गते नागरिक अभिनन्दन गर्ने तयारी गरेको छ । वैशाख २८ गते नेपाल भ्रमणमा आउनुहुने प्रधानमन्त्री मोदीलाई कामपाले अपराह्न २.४५ बजे अभिनन्दन गर्ने कामपाका सहप्रवक्ता नवराज ढकालले राससलाई जानकारी दिए । ढकालका अनुसार अभिनन्दनपूर्व कामपा प्रमुख विद्यासुन्दर शाक्यले भारतीय प्रधानमन्त्रीलाई महानगरको कलात्मक साँचो...
डोल्पामा छोरा नपाएको भन्दै पत्नीलाई मरणासन्न हुनेगरी कुटपिट

डोल्पामा छोरा नपाएको भन्दै पत्नीलाई मरणासन्न हुनेगरी कुटपिट

त्रिपुराकोट, डोल्पा, २३ वैशाख । ठूलीभेरी नगरपालिका वडा नं ७ जुफाल बस्ने बिसरा रोकाय पति कुमार शाहीको कुटपिटबाट गम्भीर घाइते भएकी छन् । वैशाख २१ गते मदिरा सेवन गरेका कुमारले छोरा नपाएको झोकमा पत्नी विसरालाई घरमा नराख्ने भन्दै धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएका थिए । पतिको कुटपिटबाट बेहोस भएकी विसराको जुफालस्थित मेडिकलमा उपचारपश्चात् होस खुलेको थियो । दायाँ आँखामा लागेको घाउमा तीन टाँ...
प्रदेश नं ३ मा एकसय कानून आवश्यक

प्रदेश नं ३ मा एकसय कानून आवश्यक

नुवाकोट, २३ वैशाख । प्रदेश नं ३ को सरकार सञ्चालनका लागि करीब एकसय कानून आवश्यक देखिएको छ । आसन्न आर्थिक वर्षको बजेट तर्जुमा तथा सुझाव संकलनका लागि यहाँ आउनुभएका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव बलदेव जोशीले प्रदेशका सात मन्त्रालयले आ–आफ्नो काम कारवाही अघि बढाउन हालसम्म चार कानून निर्माण भएको र अझै एकसय कानून आवश्यक छ भन्नुभयो । “प्रदेश सरकार स्थापना भए पनि कानून, कर्मचारी र भौतिक संरच...
मोदीको नागरिक अभिनन्दनमा एक लाख सर्वसाधारण उतार्ने यस्तो छ योजना

मोदीको नागरिक अभिनन्दनमा एक लाख सर्वसाधारण उतार्ने यस्तो छ योजना

काठमाडौं, २३ वैशाख। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको तयारी अन्तिम चरणमा पुगेको छ । रंगरोगन, सरसफाई, मञ्चव्यवस्था, पूजाको तयारी, सुरक्षा व्यवस्थालागयतका काम द्रूतगतिमा आगाडी बढेको छ । साथै भारतीय प्रधानमन्त्री मोदीलाई बाह्रविघामा नागरिक अभिनन्दन कसरी गर्ने भन्ने चिन्ता प्रदेश सरकार तथा नेताहरुमा देखिएको छ । प्रदेश सरकारका मन्त्री तथा स्थानीय तहका प्रतिनिधि अहिले मोदीको अभिनन्द...
३० लाखमा बिक्यो ट्रम्पको नांगो मूर्ति

३० लाखमा बिक्यो ट्रम्पको नांगो मूर्ति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नांगो मूर्तिका बारेमा सम्झना छ ? सन् २०१६ को राष्ट्रपति चुनावमा बेला तत्कालिन उम्मेदवार ट्रम्पको निर्वस्त्र मूर्ति बनाएका थिए एकजना कलाकारले । उक्त मूर्तिको हालै लिलामी भएको छ । डोनालड ट्रम्पको त्यस नांगो मूर्ति २८ हजार डलर अर्थात् झण्डै ३० लाख रुपैयाँमा बिकेको छ । उक्त मूर्ति तत्कालिन समयमा न्युयोर्कको एउटा चर्चित पार्क लगायतका विभिन्न ४ ठाउँमा राखिएको थि...
भारततर्फ तस्करी गरी लैजान लागिएको गाई, बाछाबाछी नियन्त्रणमा

भारततर्फ तस्करी गरी लैजान लागिएको गाई, बाछाबाछी नियन्त्रणमा

गौशाला, २३ वैशाख । नेपालबाट भारततर्फ तस्करी गरी लैजान लागिएको अवस्थामा महोत्तरी प्रहरीले गए राति जिल्लाको रामगोपालपुरबाट चारवटा गाई, बाछाबाछी नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार गए राति ९ बजेको समयमा जिल्लाको रामगोपालपुर–९ गोठबनौली हुँदै भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा दुई गाई, एक बाछा र एक बाछी प्रहरीले नियन्त्रणमा लिएको हो । अवैध...
सडक निर्माण विवादमा एकको मृत्यु

सडक निर्माण विवादमा एकको मृत्यु

गौशाला, २३ वैशाख । महोत्तरी जिल्लाको औरही नगरपालिका–६ खोपी गाउँमा गए राति सडक बनाउने सम्बन्धी विवादमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा औरही नगरपालिका–६ बस्ने अन्दाजी ५८ वर्षीय लाल भन्ने लालबाबु दास रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । गए राति ७ बजेतिर सो गाउँमा सडक बनिरहेको विषयमा विवाद परी दुई समूहबीच कुटाकुट हुँदा स्थानीयवासी लाललाबु दासको घटनास्थलमै मृत्यु भएको प्रहरी उपर...
पत्रकार महासंघ प्रदेश २ मा चौहान नेतृत्वको प्यानल विजयी

पत्रकार महासंघ प्रदेश २ मा चौहान नेतृत्वको प्यानल विजयी

धनुषा, २३ वैशाख । नेपाल पत्रकार महासंघ प्रदेश २ को निर्वाचनमा दीपेन्द्र चौहान नेतृत्वको प्यानल नै विजयी भएको छ । नेपाल प्रेस युनियन, नेपाल प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त गठबन्धनमा निर्माण गरिएको चौहान नेतृत्वको प्यानल शनिबार सम्पन्न भएको प्रदेश निर्वाचनमा विजयी भएको हो । अध्यक्ष पदमा चौहानले ३४४ मत ल्याउनुभयो भने उहाँको निकटतम प्रतिद्वन्द्वी मधेशवादी संगठनका वीरेन्द्र रमणले २४७ र अर्का ...
नासाद्वारा मङ्गल ग्रहमा ‘इनसाईट’ नामक यान प्रक्षेपण, मंगल ग्रहमा हुने कम्पनहरूको अध्ययन गर्ने

नासाद्वारा मङ्गल ग्रहमा ‘इनसाईट’ नामक यान प्रक्षेपण, मंगल ग्रहमा हुने कम्पनहरूको अध्ययन गर्ने

अमेरिका, २३ वैशाख । अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले ‘इनसाईट’ नामक पछिल्लो यानलाई शनिबार मंगल ग्रहमा प्रक्षेपण गरेको छ । उक्त यान मङ्गल ग्रहको भित्री भागको अध्ययन गर्न केन्द्रित हुने खासगरी पहिलो यान हुनेछ । स्थिर रहने ‘इनसाईट’ले मङ्गलग्रहको सतहमा ‘मार्सक्वेक’ अर्थात् मंगल ग्रहमा हुने कम्पनहरूको अध्ययन गर्न कम्पन मापन गर्ने उपकरण’साईज्मोमिटर’हरूका साथै संयुक्त अधिराज्यबाट लगिएका सेन्सरहरू जडान...
सैनिक खर्च १० वर्षमा तीन गुणाले बढ्यो

सैनिक खर्च १० वर्षमा तीन गुणाले बढ्यो

काठमाडौं, २३ वैशाख । वार्षिक सैन्य खर्चको हिसाबले नेपाल दक्षिण एसियामा पाँचौं स्थानमा परेका छ। द्वन्द्व, हातहतियार तथा निशस्त्रीकरणसम्बन्धी अध्ययन गर्दै आएको अन्तर्राष्ट्रिय संस्था स्टकहोल्स इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटले हालै सार्वजनिक गरेको रिपोर्टमा नेपाल दक्षिण एसियाको पाँचौं नम्बरमा परेको हो। उक्त संस्थाले सन् १९८८ देखि सन् २०१७ सम्म विश्वभरका विभिन्न मुलुकको सैन्य खर्चसम्बन्धी वितर...
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

चितवन, २३ वैशाख । भरतपुर महानगरपालिका–१४ वीरेन्द्र टोलमा गए राति एउटा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना१४प ८८२ नंको मोटरसाइकल अनियन्त्रित भई राति १२ः१५ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२४ शुक्रनगर निवासी ३५ वर्षीय भरत रामदाम र उनका छोरा मोटरसाइकल पछाडि बसेका ११ वर्षीय समीर रामदामको...
संघीय संसद्को दोस्रो अधिवेशन आजदेखि

संघीय संसद्को दोस्रो अधिवेशन आजदेखि

काठमाडौं, २३ वैशाख। संघीय संसद्को दोस्रो अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २३ गतेबाट संघीय संसद्को अधिवेशन आह्वान गरे अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको बैठक आइतबार दिउँसो ४ बजे बस्ने संसद सचिवालयले जनाएको छ । संसद् सचिवालयका अनुसार भोलि दुवै संसद्का बैठकमा संघीय संसद्को अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सुनाउने र अधिवेशनअघि जारी भएका चार...
प्रदेश नं ७ः सचिवालय सञ्चालनका लागि भौतिक संरचना अभाव

प्रदेश नं ७ः सचिवालय सञ्चालनका लागि भौतिक संरचना अभाव

धनगढी, २२ वैशाख । प्रदेश नं ७ को संसद् सचिवालय सञ्चालनका लागि भौतिक संरचना अभाव भएको छ । भौतिक संरचना नहुँदा कार्यालय व्यवस्थापनमा समस्या भएको सचिवालयका उपसचिव छविलाल पाण्डेले जानकारी दिए । उनका अनुुसार भौतिक संरचना नहुँदा संसदीय दलको कार्यालय, समतिको कार्यकक्ष र दलका प्रमुख सचेतकको कार्यकक्ष अझै स्थापना गर्न सकिएको छैन । संसद् सञ्चालनका लागि ५२ कोठा आवश्यक भए पनि अहिले नौ कोठामा सचिवालयको काम...
बर्दियामा जिप दुर्घटना, बैंक शाखा प्रमुखसहित २ को मृत्यु

बर्दियामा जिप दुर्घटना, बैंक शाखा प्रमुखसहित २ को मृत्यु

गुलरिया, २२ वैशाख । बर्दियामा एक निजी जिप दुर्घटना हुँदा ग्लोबल आईएमई बैंकका शाखा प्रमुखसहित दुई जनाको मृत्यु भएको छ । धनगढीबाट नेपालगञ्ज आइरहेकोको ग्लोबल आईएमई बैंकको बा १७ च १२१७ नम्बर जिप शुक्रबार बेलुका बारबर्दिया नगरपालिका–९ औरीमा दुर्घटनामा परेको थियो । दुर्घटनामा ग्लोबल आईएमई बैंकको धनगढी शाखा प्रमुख ४२ वर्षीय रामबहादुर हमाल र सोही बैंकमै कार्यरत कञ्चनपुर घर भएका ३२ वर्षीय भुवन पन्तको...
स्वेच्छिक अवकाश रोज्नेलाई स्वीकृति माग

स्वेच्छिक अवकाश रोज्नेलाई स्वीकृति माग

काठमाडौँ, २२ वैशाख। नेपाल निजामती कर्मचारी युनियनले संसद्बाट पारित निजामती ऐन २०७४ अक्षरशः पालना हुनुपर्नेमा जोड दिएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सरकारले निजामती ऐनलाई कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउँदै ऐन कार्यान्वयन भए मात्र जनताले अनुभूति गर्न पाउने बताउनुभयो । उहाँले अहिलेसम्म नौ हजार ६८२ कर्मचारीले स्वेच्छिक अवकाश रोजेको जानकारी दिँदै ...
यातायात व्यवसायीको सम्पत्ति छानबिन गरिने

यातायात व्यवसायीको सम्पत्ति छानबिन गरिने

काठमाडौँ, २१ वैशाख । सरकारले सार्वजनिक सवारी सञ्चालन गर्न अनुमति लिएका साविकका यातायात व्यवसायी समिति, महासंघ र तिनका पदाधिकारीको सम्पत्ति विवरणको अनुसन्धान गर्ने भएको छ । आज गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा , भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महाशेठ, राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाललगायतका सरकारी पदाधिकारीको बैठकले यातायात समिति र तिनका पदाधिकारीको सम्बन्धित जिल्ला प्...
मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु

सुरुङ्गा, झापा, २१ वैशाख । मेची राजमार्गअन्तर्गत झापाको बुद्धशान्ति गाउँपालिका–४ वर्ने सडकखण्डमा आज भएको मोटरसाइकल दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईका अनुसार सोही गाउँपालिका–४ निवासी २५ वर्षीय अमृत मगर रहेका छन् । बुधबारेबाट घर जाने क्रममा उनी चडेको मे८प ५५६१ नंको मोटरसाइकल अनियन्त्रित भई नालीमा खस्दा गम्भीर घाइते भएका थि...
error: Content is protected !!