धनगढी, १३ जेठ । धनगढी उपहानगरपालिका–१ मा ९ लाख लुटपाट भएको छ । उपहानगरपालिकाको मेनरोडमै गोली हानेर यस्तो लुटपाट भएको हो ।

Advertisement

आईएमईबाट रकम लिएर बैंकमा जम्मा गर्न जाने क्रममा धनगढी-३ बस्ने ३७ वर्षीय निर्मल कार्कीमाथि गोली प्रहार गरेर लुटपाट गरिएको हो ।

बा ४० प ४४३८ नम्बरको मोटरसाइकलमा आएका दुई व्यक्तिले गाेली प्रहार गरी उनको साथमा रहेको रकम लुटेर भागेकाे  प्रत्यक्षदर्शीले बताएका छन्  ।

छाती र पाखुरामा २ गोली लागेर घाइते कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।  गोली शरीरमै रहेकाले थप उपचारका लागि बाहिर लैजाने तयारी गरिएको छ ।

गोली हान्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!