जंगली जनावरको भन्दै घरपालुवा जनावरको अंग बेचबिखन

जंगली जनावरको भन्दै घरपालुवा जनावरको अंग बेचबिखन

ललितपुर, २४ असार । जंगली जनावरको भनेर झुक्काएर भैँसीलगायतका घरपालुवा जनावरको अंगसमेत बेचबिखन हुँदै आएको पाइएको छ । खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले पहिले मानिसको मात्रै डिएनए परीक्षण गर्दै आएकामा विगत दुई वर्षदेखि जनावरको डिएनए पनि परीक्षण शुरु गरेको हो । सो अवधिमा धेरै वन्यजन्तु चोरी–शिकार गरेर निर्यात गर्न लागेको भनी परीक्षणका लागि आएकामा कतिपय त झुक्काएर घरपालुवा जनावरको अङ्गसम...
बढी भार र तीव्र गतिका कारण मुस्ताङमा टिपर दुर्घटना भएको अनुसन्धानको निष्कर्ष

बढी भार र तीव्र गतिका कारण मुस्ताङमा टिपर दुर्घटना भएको अनुसन्धानको निष्कर्ष

बागलुङ, २४ असार । बीस जनाको ज्यान जाने गरी मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटना बढी भार र तीव्र गतिका कारण भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । टिपर चालककै मृत्यु भएपछि दुर्घटनाको सबै कारण खुल्न नसकेको मुस्ताङका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले बताउनुभयो । दुर्घटनामा परी बेनी–जोमसोम–कोरला सडक खण्डमा कार्यरत २० मजदूरको मृत्यु भएको थियो भने १२ ...
चिकित्सक–प्राविधिकसहित चीन सरकारलाई गैँडा पठाइने

चिकित्सक–प्राविधिकसहित चीन सरकारलाई गैँडा पठाइने

चितवन, २४ असार । नेपालले चीन सरकारलाई उपहारस्वरुप पठाउन लागेको पहिलो जोडी गैँडा यहाँका चिकित्सक, प्राविधिक र सहयोगीसहित पठाइने भएको छ । यही असार २८ गते ‘भद्र’ र ‘रुपसी’लाई चीन पठाइँदै छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार निकुञ्जका वरिष्ठ चिकित्सक डा कमल गैरेको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोषका एक प्राविधिक र तीन सहयोगीसहित गैँडा पठाउन लागिएको हो । ...
एक वडा सचिवको भरमा नौ वडा, सदरमुकामबाटै हुन्छ गाउँपालिकाकाे काम !

एक वडा सचिवको भरमा नौ वडा, सदरमुकामबाटै हुन्छ गाउँपालिकाकाे काम !

जाजरकोट, २४ असार । एउटा वडा सचिवले कति वटासम्म वडाको जिम्मेवारी सम्हाल्नसक्ला एक, दुई, तीन अथवा चार वटा वडासम्म तर, जाजरकोटको कुशे गाउँपालिकाका एक जना वडा सचिवले नौ वटा वडाको जिम्मेवारी एक वर्षदेखि सम्हाल्दै आएका छन। स्थानीय तहको चुनाव भएको एक वर्ष बितिसकेको छ । तत्कालीन गाविस सचिव सत्यदेव खनालले एक वर्षदेखि पूरै गाउँपालिकाका नौवटै वडाको कामकाज गर्दै आउनुभएको छ । लामो समयसम्म कर्मचारी व्यवस्थाप...
भानुभक्तको जन्मस्थल चुँदीरम्घामा रामायण घर बन्दै

भानुभक्तको जन्मस्थल चुँदीरम्घामा रामायण घर बन्दै

तनहुँ, २४ असार । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नगरपालिका– ४ शिखरकटेरीमा रामायण घरको निर्माणकार्य तीव्र पारिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु तीन करोडको लागतमा सो घर निर्माण हुन लागेको हो । भानु जन्मस्थल विकास समितिको सक्रियतामा निर्माण कार्य भइरहेको हो । हालसम्म ८० प्रतिशत निर्माण कार्य पूरा भएको भानु जन्मस्थल विकास समितिका कार्यकारी निर...
सर्वोच्च अदालत बार एसोसियसनको अध्यक्षमा अधिकारी निर्वाचित

सर्वोच्च अदालत बार एसोसियसनको अध्यक्षमा अधिकारी निर्वाचित

काठमाडौं, २४ असार । सर्वोच्च अदालत बार एसोसियसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारी निर्वाचित भएका छन् । शनिबार साँझ सम्पन्न मतपरिणामअनुसार अधिकारीले ३०३ मत ल्याई निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी दामोदर खड्काले २४३ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत नारायणप्रसाद प्रसाईंले जानकारी दिए । यस्तै उपाध्यक्षमा राजु खड्का, सचिव शुभनराज आचार्य, सहसचिव पूर्णिमा रिम...
देउवा सरकारका नियुक्ति खारेजपछि नयाँका लागि दौडधूप

देउवा सरकारका नियुक्ति खारेजपछि नयाँका लागि दौडधूप

काठमाडौँ, २४ असार ।  अघिल्लो सरकारले गरेका झण्डै चार दर्जन राजनीतिक नियुक्ति खारेजीमा परेसँगै रिक्त पदमा पुग्न दौडधूप सुरु भएको छ । महत्वपूर्ण र आकर्षक नियुक्ति लिन सत्तारुढ दल निकटस्थहरू सक्रिय देखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले बतायो। मन्त्रिपरिषद् कार्यालयले शुक्रबारै २० वटा मन्त्रालय र मातहत निकायलाई पत्राचार गरी राजनीतिक नियुक्ति खारेजीको निर्णय तत्काल कार्यान्वयन गर...
कर्णालीको पर्यटन विकासमा ९८ करोडको बजेट

कर्णालीको पर्यटन विकासमा ९८ करोडको बजेट

सुर्खेत, २४ असार । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पर्यटन विकासमा रु ९८ करोड छुट्याइएको बताएका छन । नेपाल पर्यटन बोर्डद्वारा आयोजित आव ०७५/०७६ को बजेट तर्जुमाका लागि शनिबार सुझाव संकलन कार्यक्रममा पर्यटनमन्त्री बुढाले मन्त्रालयको कूल बजेटको रु ९८ करोड पर्यटन विकासमा छुट्याइएको जानकारी दिए । उनले पर्यटनको विकासका लागि भौतिक पूर्वाधार निर्माणमा जोड दि...
जापानमा वर्षाका कारण कम्तीमा ३० जनाको मृत्यु, दर्जनौँ वेपत्ता

जापानमा वर्षाका कारण कम्तीमा ३० जनाको मृत्यु, दर्जनौँ वेपत्ता

टोकियो, जापान, २३ असार । जापानका पश्चिमी क्षेत्रका विभिन्न इलाकामा परेको अविरल वर्षाका कारण कम्तीमा ३० जनाको मृत्यु भएको जापानी अधिकारीले पुष्टि गरेका छन् । यद्यपि जापानको राष्ट्रिय टेलिभिजन प्रशारण एनएचकेले भने बाढीका कारण ४९ जनाको मत्यु भएको जनाएको छ । बाढी र पहिरोका कारण दर्जनौ व्यक्ति हराइरहेका छन् । जापानी अधिकारीहरूले बर्षाका कारण जलमग्न बनेको र पहिरोको जोखिममा रहेका कतिपय स्थानबाट कम्ती...
मट्टितेल छर्केर आगो लगाई हत्या गरेको आरोपमा जाहेरी

मट्टितेल छर्केर आगो लगाई हत्या गरेको आरोपमा जाहेरी

बुटवल, २३ असार ।  रुपन्देहीको कञ्चन गाउँपालिका–५ की १६ वर्षीया एक किशोरीको एक साताभन्दा बढी समय उपचारपश्चात ज्यान गएसँगै उनको हत्या भएको अरोप लगाइएको छ । आफ्नै घरमा सुतेको अवस्थामा यही असार १० गते समीक्षा ठकुरीको बिहान करिब २ः३० बजेको समयमा शरीरमा आगो लागेर चिच्याएपछि उनलाई तत्काल उपचारार्थ अस्पताल पु¥याइएको थियो । समीक्षाको शरीरमा बाबु तेजबहादुर ठकुरीसहित घर परिवारका अन्य सदस्यले मट्टितेल छर्क...
मुलुकी अपराध (संहिता) ऐनलाई कडाइका साथ लागू गरिने

मुलुकी अपराध (संहिता) ऐनलाई कडाइका साथ लागू गरिने

काठमाडौँ, २३ असार । आगामी भदौ १ देखि मुलुकमा लागू हुन लागेको मुलुकी अपराध संहिता ऐन कडाइका साथ लागू गरिने भएको छ । नेपाल प्रहरी, अपराध अनुसन्धान विभागले प्रदेश नं ३ का अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलको दुई दिवसीय सम्मेलनमा १८ बुँदे प्रस्ताव पारित गर्दै भदौ १ देखि लागू हुन गइरहेको संहितालाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने भएको हो । सम्मेलनले अपराध नियन्त्रण तथा अनुसन्धान कार...
उपत्यकाको तापक्रम एक्कासि वृद्धिः अबको तीन दिन वर्षा हुने

उपत्यकाको तापक्रम एक्कासि वृद्धिः अबको तीन दिन वर्षा हुने

काठमाडौँ, २३ असार । काठमाडौँ उपत्यकामा तीन दिनयता कम वर्षा भएकाले तापक्रम एक्कासि वृद्धि भएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण आज काठमाडौँको अधिकतम तापक्रम ३१ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ । न्यूनतम तापक्रम २० दशमलव ८ डिग्री सेल्सियस रहेको छ । निरन्तरको वर्षा तथा बदलीले अधिकतम तापक्रम घटेर यही असार १८ गते काठमाडौँको अधिकतम तापक्रम २४ डिग्रीमा झरेको थियो भने न्यूनतम तापक्रम २० डिग...
निगमको वाइड बडीले दोहामा साताभरी उडान भर्ने

निगमको वाइड बडीले दोहामा साताभरी उडान भर्ने

काठमाडौँ, २३ असार । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले नयाँ वाइड बडी विमान ‘अन्नपूर्ण’ बाट पुरानो गन्तव्य कतारको दोहामा सताभरी उडान भर्ने योजना बनाएको छ । वाइड बडी ए ३३०–२०० सिरिजको उक्त विमान यही असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको थियो । एयरबस निर्माता कम्पनी फ्रान्सको तुलुज शहरबाट नौ घण्टाको उडानपछि काठमाडौँ आइपुगेको सो विमान शुरुमा छोटो गन्तव्यमा उडान गरिनेछ ।...
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

काठमाडौँ, २३ असार । आज बिहान शंखमूलमा मोटसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहान ५ बजे बा ८० प ११५३ नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक ललितपुरका ३२ वर्षीय उमेश महर्जनको मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद मैनालीले दुर्घटनामा घाइते दुई जनामध्ये उपचारका क्रममा महर्जनको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको जानकारी...
मरेको कुखुरा बेच्ने तीन जना पक्राउ

मरेको कुखुरा बेच्ने तीन जना पक्राउ

काठमाडौँ, २२ असार । काठमाडौँको नयाँबजार क्षेत्रमा मरेका कुखुरा बेच्दै हिँडेको सूचनाका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बा.१७ च. १२३६ नंको पिकअप भ्यानमा मरेको कुखुरा बेच्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले चालक चन्द्रबहादुर अधिकारी सहचालक अनिष दोङ्ग र कुखुरा व्यापारी हिमाल बर्तौलालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले गाडीमा १७० वटा मरेको ब्वायलर कुखु...
मुस्ताङ टिपर दुर्घटना: मृतक १९ मध्ये १८ जनाको सनाखत

मुस्ताङ टिपर दुर्घटना: मृतक १९ मध्ये १८ जनाको सनाखत

बागलुङ, २२ असार । मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा आज भएको टिपर दुर्घटनामा परी मृत्यु हुने १९ मजदूरमध्ये १८ जनाको सनाखत भएको छ । मृृृृत्यु हुनेमा रोल्पाका १९ वर्षीय महेश रोका, २८ वर्षीय सुपमान रोका, २१ वर्षीया जीतमाया घर्ती, ३२ वर्षीय शोन्तु घर्ती, २० वर्षीया सिर्जना मगर, २३ वर्षीय राष्ट्रे रोका र ३२ वर्षीय राजकुमार पुन छन् । त्यसैगरी दाङका ३० वर्षीय बालकुमार घर्ती, ३१ वर...
रामायण र बुद्ध परिपथ सञ्चालन गर्न नेपाल र भारत सहमत, चौध बुँदे सहमति

रामायण र बुद्ध परिपथ सञ्चालन गर्न नेपाल र भारत सहमत, चौध बुँदे सहमति

काठमाडौँ, २२ असार । नेपाल र भारतले संयुक्तरुपमा रामायण तथा बुद्ध परिपथमा पर्यटन प्रवद्र्धनका लागि योजनाबद्ध प्रयास गर्ने भएका छन् । दुई देशको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने र आर्थिक समृद्धिको आधार तयार पार्ने लक्ष्यका साथ धार्मिक पर्यटनलाई प्रमुख प्राथमिकतामा राखिएको हो । पर्यटन क्षेत्रको सूचना, भौतिक पूर्वाधारको विकास तथा सडक विस्तारमा सहकार्य गर्दै दुवै देशका धेरै नागरिकको आस्थासँग जोडिएक...
घुससहित खानेपानी डिभिजन कार्यालयको इन्जिनियर पक्राउ

घुससहित खानेपानी डिभिजन कार्यालयको इन्जिनियर पक्राउ

बनेपा, २२ असार । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका इन्जिनियर शेखरनाथ खनाललाई एक लाख ३० हजार नगद घुससहित आज दिउँसो धुलिखेलबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । खनाललाई सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ गरिएको अख्तियारको टोलीले जनाएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार पनौती नगरपालिका–११ स्थित बल्थली बृहत् खानेपानी उपभोक्ता स...
टिपर दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो

टिपर दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो

बागलुङ, २२ असार ।  मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा आज भएको टिपर दुर्घटनामा परी मृत्यु हुने मजदूर १९ पुगेका छन् । दुर्घटनामा १३ मजदूर घाइते भएको प्रहरीले जनाएको छ । बेनी–कोरला सडकखण्डमा काम गर्ने मजदूर चढेको टिपर आज अपराह्न दुर्घटनामा परेको हो । गम्भीर घाइतेलाई एयर डाइनेस्टीको हेलिकप्टरमार्फत पोखरा पठाइएको घटनास्थलबाट घनी प्रहरीचौकीका प्रहरी हवल्दार कृष्णगोपाल परियारले जा...
सामूहिक बालात्कारपछि युवतीको हत्या गर्ने सार्वजनिक

सामूहिक बालात्कारपछि युवतीको हत्या गर्ने सार्वजनिक

कैलाली, २२ असार । कैलालीको गौरीगंगा नगरपालिका–११ जरही कटान गाउँकी २१ वर्षीया माया विकको सामूहिक बालात्कारपछि हत्या गरिएको घटनामा संलग्न भनिएका पाँचजनालाई आज सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा विकलाई बलात्कारपछि हत्याको घटनामा संलग्न सोही ठाउँका गणेश बडुवाल, मनोज बोगटी, सुरज चौधरी, भुवन खाती र तपेन्द्र बोगटीलाई सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलनमा प्रहर...
देशका सबै विद्यालय भवनको प्राविधिक परीक्षण हुने

देशका सबै विद्यालय भवनको प्राविधिक परीक्षण हुने

काठमाडौँ, २२ जेठ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाई शिक्षाले भूकम्प प्रभावित जिल्ला बाहेक अन्य जिल्लाका सबै विद्यालय भवनकोे अवस्थामा अध्ययन एवं प्राविधिक परीक्षण गर्ने भएको छ । उक्त इकाईले हाल भूकम्प प्रभावित ३१ जिल्लाका सबै विद्यालय भवनको प्राविधिक परीक्षण एवं भूकम्पले क्षति पु¥याएका विद्यालयको भवन निर्माणमा आर्थिक एवं प्राविधिक सहयोग जारी राखेको छ । विद्यालय...
प्रदेश ४ को नाम अब ‘गण्डकी’ प्रदेश

प्रदेश ४ को नाम अब ‘गण्डकी’ प्रदेश

काठमाडौँ, २२ असार ।  प्रदेश ४ को नाम गण्डकी राखिएको छ । शुक्रबार प्रदेशसभाले दुई तिहाई बहुमतका आधारमा प्रदेशको नाम गण्डकी राख्ने प्रस्ताव पास गरेको छ । लामो समय देखि नामका विषयमा बिवादमा आएको प्रदेश ४को नामकरणमा सहमती भएको छ । लामो समयदेखि छलफलमा रहेको प्रदेश ४ को नाममा सत्तापक्षकै तत्कालिन माओवादी मौन बसेपछि लम्बीएको थियो । पछिल्लो समयमा प्रदेशको नाम गण्डकी राख्ने सहमती भएको एक सांसदले जनाकार...
मुस्ताङमा टिपर दुर्घटना,पन्ध्र मजदूरको मृत्यु

मुस्ताङमा टिपर दुर्घटना,पन्ध्र मजदूरको मृत्यु

मुस्ताङ, २२ असार ।  मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिकाको स्याङ्बोचेमा टिपर दुर्घटना हुँदा १५ मजदूरको मृत्यु भएको छ । बेनी–कोरला सडकखण्डमा काम गर्ने मजदूर चढेको टिपर स्याङ्बोचेमा दुर्घटनामा परेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए । “दुर्घटनामा १५ जनाको मृत्यु भएको पुष्टि भएको छ, सबै विवरण आउन बाँकी छ”, उनले भने । दुर्घटनामा परी १७ मजदूर घाइते भएका छन् । घटनास्थल स...
कर्मचारीको अनिवार्य अवकाशको उमेर ६० वर्ष बनाउने प्रस्ताव

कर्मचारीको अनिवार्य अवकाशको उमेर ६० वर्ष बनाउने प्रस्ताव

काठमाडौँ, २१ असार । सरकारले सबै कर्मचारीका लागि अनिवार्य अवकाशको उमेर ६० वर्ष बनाउने प्रस्ताव गरिएको छ । सबै कर्मचारीको अवकाशको उमेरमा समानता ल्याउनका लागि अर्थ मन्त्रालयले संघीय निजामती सेवा विधेयकमा अनिवार्य अवकाशको उमेर हदबन्दी ५८ बाट बढाएर ६० वर्ष बनाउने प्रस्ताव गरिएको हो । सो प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सहमतिका लागि पठाएको अर्थ मन्त्रालयले जनाएको छ । संघीय मामिल...
धारिलो हतियार प्रहार गरी श्रीमतिको हत्या

धारिलो हतियार प्रहार गरी श्रीमतिको हत्या

कैलाली, २१ असार । लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ३५ वर्षीय इन्द्रबहादुर चौधरीले ३२ वर्षीया श्रीमती गरीबी चौधरीलाई आज धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोग लगाइएको छ । मदिरा सेवन गरेका श्रीमान् र श्रीमतीबीच सामान्य विवादमा कुटपिट भएपछि हत्या गरिएको सोधपुछका क्रममा चौधरीले प्रहरीलाई बताएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिनुभयो । इन्द्र...
बालिकालाई कुटपिट गरी हत्या गरेर फाल्ने पक्राउ

बालिकालाई कुटपिट गरी हत्या गरेर फाल्ने पक्राउ

बनेपा, २१ असार । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–१ आधाबाटोमा बालिका हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभे्रपलाञ्चोकका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीका अनुसार बुधबार राति सोही स्थानका अन्दाजी ९/१० वर्षीया एलिशा तामाङलाई घर नजिकै कुटपिट गरी हत्या गरेर फालेको आरोपमा एक जनालाई पक्राउ गरिएको हो । पक्राउपर्नेमा बारा जिल्ला गटहला गाउँपालिका–४ का जोखन म...
धामी झाँक्रीको भर पर्दा सुत्केरीको मृत्यु

धामी झाँक्रीको भर पर्दा सुत्केरीको मृत्यु

त्रिशूली, नुवाकोट, २१ असार । झाँक्रीको भर परेर स्वास्थ्य संस्थामा नलैजाँदा एक महिलाको मृत्यु भएको छ । दुप्चेश्वर गाउँपालिका वडा नं ४ बेतिनी हिलेकी २४ वर्षीया सुत्केरी माइली तामाङको गएराति मृत्यु भएको हो । सुत्केरी भएपछि धेरै रक्तश्राव भएको र उपचारका लागि स्वास्थ्य संस्थामा लैजाने क्रममा मृत्यु भएको छिमेकी तथा नेपाल कम्युनिष्ट पार्टी वडा कमिटीका अध्यक्ष ज्ञानबहादुर तामाङले जानकारी दिनुभयो । बुध...
छात्रवृत्तिमा प्राविधिक विषय पढेकाले अनिवार्य सेवा दिनुपर्ने

छात्रवृत्तिमा प्राविधिक विषय पढेकाले अनिवार्य सेवा दिनुपर्ने

काठमाडौँ, २० असार । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) अन्तर्गत सञ्चालित कार्यक्रममा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीले आफूले जानेको सीपअनुसार कार्यस्थलमा गएर कम्तीमा छ महिना सेवा दिनुपर्ने सुझाव दिइएको छ । सिटिइभिटीअन्तर्गत सञ्चालित कार्यक्रममा शुल्क निर्धारण र छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई सेवामा लगाउने आधारका सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रा...
माध्यमिक तहमा अनिवार्यरुपमा सूचना प्रविधिको अध्यापन गराउनुपर्छ – मन्त्री बाँस्कोटा

माध्यमिक तहमा अनिवार्यरुपमा सूचना प्रविधिको अध्यापन गराउनुपर्छ – मन्त्री बाँस्कोटा

काठमाडौँ, २० असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मध्यकालीन तथा दीर्घकालीन योजना र पूर्वाधारको एक साथ प्रयोग गरेर सूचना प्रविधिलाई सुलभ बनाउनुपर्ने बताएका छन । आज मन्त्रालयमा बसेको सूचना तथा सञ्चार प्रविधि नीति–२०७२ को निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै उनले माध्यमिक तहका विद्यालयमा अनिवार्यरुपमा सूचना प्रविधि विषयको अध्यापन गराउनुपर्ने र इन्टरनेटमा नो बोर्डर नीतिक...
असार २१ र २२ गते मध्यम वर्षा हुने

असार २१ र २२ गते मध्यम वर्षा हुने

काठमाडौँ, २० असार । असार २१ गते मुलुकको पूर्वी र मध्य क्षेत्रमा बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । बाँकी भूभागमा आंशिक बदली हुने र अपराह्नपछि बदली भई केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै, असार २२ गते देशैभरी मौसम बदली भई पूर्वी तथा मध्य भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । पश्चिमका ...
बाढीेबाट मृत्यु हुने प्रत्येक मृतक परिवारलाई तत्काल ५० हजार

बाढीेबाट मृत्यु हुने प्रत्येक मृतक परिवारलाई तत्काल ५० हजार

महेन्द्रनगर, धनुषा, २० असार । बाढीपहिरोबाट मृत्यु हुने प्रत्येक मृतक परिवारलाई प्रदेश नं २ को सरकारले तत्काल ५० हजार नगद सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । केही दिनयताको लगातारको वर्षाले आएको बाढीका कारण प्रदेश नं २ मा हालसम्म दुई जनाको मृत्यु भएपछि मुख्यमन्त्री राहत कोषबाट तत्कालका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो । बाढीका कारण गत मंगलबार पर्सा जिल्लाको पर्सा गढी गापा–८ रमौली बस्...
error: Content is protected !!