काठमाडौँ, ३ साउन । अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउने कार्यमा अवरोध भएपछि सरकारी टोली काठमाडौं फर्कन लागेको खबर प्राप्त भएको छ । डा केसीको माग पुरा नगरी अपहरण गरेर अनसन तुहाउन लागेको भन्दै जुम्लाका स्थानीयले सरकारी टोलीलाई अस्पताल परिसरमा प्रवेश गर्न नदिएपछि टोली हेलिकप्टर लिएर काठमाडौं फर्कन लागेको बुझिएको छ ।

Advertisement

सरकारले आज बिहान डा केसीको जीवनरक्षाका लागि भन्दै हेलिकोप्टर र सरकारी टोली जुम्ला पठाएको थियो। जुम्ला पुगेका टोलीलाई जुम्लाका स्थानीय, अस्पतालका कर्मचारी, विद्यार्थीहरु लगायतले अवरोध गरेका हुन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!