स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशित

स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशित

काठमाडौँ, १४ असार । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७५ साल वैशाख महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह एमए प्रथम वर्षको ग्रामीण विकास विषयको परीक्षाको परीक्षाफल बुधबार प्रकाशित गरिएको छ । उक्त परीक्षाको परीक्षाफल www.educationsansar.com, www.edusanjal.com.,www.tu.ntc.net.np मा हेर्न सकिने छ भने १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार...
कास्कीमा ४३ जना फरार अभियुक्त पक्राउ

कास्कीमा ४३ जना फरार अभियुक्त पक्राउ

पोखरा, १४ असार ।  जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न अपराधमा संलग्न रही फरार रहेका ४३ जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कर्तव्य ज्यान, लुटपाट, चेक अनादर, चोरी, लागूऔषध, लिखित गाली बेइजती, सरकारी छाप कीर्ते, जालसाजीलगायतका मुद्दामा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार अदालतबाट न्यूनतम दुई दिनदेखि २० वर्षसम्म कैद सजाय र रु ५०० देखि रु पाँचल...
उत्तरी धादिङमा पहिरो, तीनजनाको मृत्यु, दुई बेपत्ता, सातघर पुरिए

उत्तरी धादिङमा पहिरो, तीनजनाको मृत्यु, दुई बेपत्ता, सातघर पुरिए

धादिङ, १४ असार । धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने सत्यदेवी र मार्पाकमा गएराति पहिरो जाँदा तीनजनाको मृत्युभएको छ भने दुईजना बेपत्ता भएका छन् । सात घर पहिरोले पुरिएको छ भने चारजना घाइते भएका छन् । दुई दिनदेखि परेको वर्षाका कारण खनीयाबास गाउँपालिका–५ स्थित सत्यदेवीको साईश्वाँरामा गोले जेठा भनिने राजु गोलेको घर पहिरोले बगाउँदा गोलेकी श्रीमती ३६ बर्षीया वसोधा गुरुङ, १० बर्षीया छोरी लक्ष्मी गुरुङ र ...
गृहमन्त्री थापा र राष्ट्रसंघीय उपमहासचिवबीच भेटवार्ता

गृहमन्त्री थापा र राष्ट्रसंघीय उपमहासचिवबीच भेटवार्ता

काठमाडौँ, १३ असार । गृहमन्त्री रामबहादुर थापासँग नेपाल भ्रमणमा रहनुभएका शान्ति स्थापना कार्यका लागि राष्ट्रसंघीय उपमहासचिव जेयन–पिर्रे लक्रोइस्ले आज गृह मन्त्रालयमा भेटवार्ता गर्नुभएको छ । भेटमा संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति स्थापना कार्यमा नेपाली सुरक्षाकर्मीले निर्वाह गरिरहेको भूमिकाका विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपाली सुरक्षाकर्मीलाई विश्वको शान्ति कार्यमा राष्ट्रसंघ...
ट्रम्प र पुटिन तेस्रो मुलुकमा शिखर वार्ता गर्न सहमत

ट्रम्प र पुटिन तेस्रो मुलुकमा शिखर वार्ता गर्न सहमत

मस्को, १३ असार । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका समकक्षी भ्लादिमिर पुटिनले तेस्रो मुलुकमा गएर शिखर वार्ता गर्न सहमति जनाउनुभएको छ । उहाँहरूले तेस्रो मुलुकमा भेट्ने सहमति भए पनि मिति भने घोषणा हुन बाँकी रहेको रुसका प्रमुख प्रशासनीक केन्द्र क्रेमलिनले बुधबार जनाएको छ । “तेस्रो मुलुकमा गएर उहाँहरूले गर्ने शिखर वार्ताको मिति र स्थानसमेत तय भइसकेको छ, तर त्यसको औपचारिक घोषणा भने भोलि दु...
लुटिएको पौने तेह्र लाख फिर्ता

लुटिएको पौने तेह्र लाख फिर्ता

भक्तपुर, १३ असार । बसमा पाकेटमारालाई समातेर लिएको पर्स सहितको रकम पत्रकार सञ्जीव दाहालले फिर्ता गरेका छन् । पत्रकार दाहालले आज ठिमी शंखधर चोकमा पत्रकार सम्मेलन आयोजना गरी सिन्धुपाल्चोक–२ बाह्रबिसेका जितबहादुर बस्नेतलाई पाकेटमारासँग खोसेका नगद रु २८ हजार १३० र विभिन्न दुई वटा बैंकका १२ लाख ८७ हजारको चेक, एटिएम तथा पर्स फिर्ता गरेका हुन। मंगलबार साँझ मध्य उपत्यका बस व्यवसायी संघद्वारा सञ्चालित ब...
पूर्वी भारतमा भएको बारुदी सुरुङ विस्फोटमा परी छ प्रहरीको मृत्यु

पूर्वी भारतमा भएको बारुदी सुरुङ विस्फोटमा परी छ प्रहरीको मृत्यु

नयाँ दिल्ली, १३ असार । पूर्वी भारतीय राज्य झारखण्डमा प्रहरीको एक समूह चढेको सवारी साधन बारुदी सुरुङ्ग विस्फोटमा परेको छ । विस्फोटमा परी छ प्रहरीको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएको प्रहरी स्रोतले बुधबार जानकारी दिएको छ । यस क्षेत्रमा वामपन्थी विद्रोहीहरु सक्रिय रहेकाले उनीहरुले नै वारुदी सुरुङ्ग विस्फोट गराएको हुनसक्ने प्रहरी अधिकारीहरुले अनुमान गरेका छन् । आक्रमणमा परी झारखण्ड जागुर...
अपाङ्गता भएका व्यक्तिले सगरमाथा आरोहण गर्न पाउने सर्वोच्चको फैसला

अपाङ्गता भएका व्यक्तिले सगरमाथा आरोहण गर्न पाउने सर्वोच्चको फैसला

काठमाडौँ, १३ असार । अपाङ्गता भएका व्यक्तिले पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न पाउने भएका छन् । कामु प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीशहरु ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर जवरा, दीपकराज कार्की, केदारप्रसाद चालिसेको संवैधानिक इजलासले अपाङ्गता भएका व्यक्तिले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न पाउने फैसला गरेको हो । सो फैसलाले अपाङ्गता भएका व्यक्तिलाई सगरमाथा आरोहण गर्न बाट...
सुन तस्करीमा उच्च तहका व्यक्ति पनि छानबिनको घेरामा: गृहमन्त्री

सुन तस्करीमा उच्च तहका व्यक्ति पनि छानबिनको घेरामा: गृहमन्त्री

काठमाडौँ, १३ असार । गृहमन्त्री रामबहादुर थापाले सुन तस्करी माथिको जारी छानबिनमा उच्च तहका व्यक्तिहरु पनि छानबिनको घेरमा आएको बताउनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक माथिको छलफलमा सांसदले सो मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफलमा उठेका प्रश्नका जवाफ दिँदै उहाँले छानबिन जारी रहेकाले यथासमयमा यसबारे विस्तृत जानकारी आउने सदनलाई अवगत गराउनुभएको हो । सुन तस्करीमा उच्च राजनीतिक र प्...
कोटेश्वरको ट्राफिक जाम हटाउन सुरुङ निर्माण हुने

कोटेश्वरको ट्राफिक जाम हटाउन सुरुङ निर्माण हुने

काठमाडौँ, १३ असार । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले कोटेश्वरको ट्राफिक जाम हटाउन सुरुङ निर्माणका लागि एक वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन तयार हुने जानकारी दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सो मन्त्रालयमाथि सांसदले उठाउनुभएको प्रश्नको जवाफ दिँदै काठमाडौँभित्रका मर्मत सुधारका क्रममा कलंकी, चावहिल क्षेत्रका सडकबारे मुआब्जा विवाद भएकाले का...
भोटेकोशीको बाढीले ९० लाखको क्षति

भोटेकोशीको बाढीले ९० लाखको क्षति

चौतारा, १३ असार । अविरल वर्षासँगै भोटेकोशी नदीमा आज बिहान आएको बाढीले निर्माण कार्यमा प्रयोग भइरहेको करीब रु ९० लाख मूल्यबराबरका मेशिनरी औजार बगाएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित नौ किलोमा ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको बाँधको पुनःनिर्माण कार्यमा प्रयोग भइरहेका मेशिनरी सामान बगाएको सशस्त्र सीमा सुरक्षा बल तातोपानीका सशस्त्र प्रहरी नायब उपरीक्षक हजारीलाल जैस...
नारायणी नदीमा डल्फिनको बच्चा देखियो

नारायणी नदीमा डल्फिनको बच्चा देखियो

चितवन, १३ असार । नारायणी नदीमा डल्फिनले बच्चा जन्माएको अनुमान गरिएको छ ।  चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार नारायणी नदीको त्रिवेणी नजिकै भेलौजी भन्ने स्थानमा डल्फिनको बच्चा देखिएको हो । यसअघि सो क्षेत्रमा माउ डल्फिन दुईवटा देखिँदै आएकामा हाल बच्चासमेत देखिएपछि डल्फिनले बच्चा जन्माएको अनुमान गरिएको उहाँले बताउनुभयो । नारायणी नदी चितवन राष्ट्रिय निकुञ्ज हुँद...
बागमतीको किनारमा एकैदिन दुई जनाको हत्या, नाङ्गो अवस्थामा भेटियो पुरुषको शव

बागमतीको किनारमा एकैदिन दुई जनाको हत्या, नाङ्गो अवस्थामा भेटियो पुरुषको शव

काठमाडौँ, १३ असार । गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षामा कुनै पनि कमी आउन नदिने दावी गरिरहेका बेला राजधानीमा एकैदिन दुई जनाको हत्या भएको छ । गृहमन्त्री थापाले शान्ति सुरक्षामा कडाई गरिएको दाबी गरिरहँदा मंगलबार राती सिंहदरवार नजिकै एक युवती र एक युवाको हत्या भएको हो । बुधबार बिहान ६ बजे प्रहरीले काठमाडौं र ललितपुर जोड्ने टेकुको कालो पुलमुनी एक युवतीको शव फेला पार्यो । अन्दाजी २५ वर्षकी ...
मरिच तस्करीमा संलग्न चारजना थुनामा

मरिच तस्करीमा संलग्न चारजना थुनामा

वीरगञ्ज, १३ असार । राजश्व अनुसन्धान विभाग काठमाडौँले मरिच तस्करीमा संलग्न रहेको आरोपमा चारजनालाई थुनामा राखेको छ । अन्य एक व्यापारीलाई काठमाडौँ लगिएको छ । गत जेठ २१ गते प्रहरीले वीरगञ्ज भन्सार नाकाबाट १२ टन २०० किलो मरिच भारततर्फ तस्करी गर्न लैजाने क्रममा वीरगञ्ज महानगरपालिका– ५ कुम्हाल टोलका सञ्जय अग्रवाल पटवारी, भारतीय ट्रक चालक धर्मेन्द्र कुमार, भन्सार क्लियरिङका एजेन्ट वीरेन्द्र गुप्ता र दि...
आठ देशका नागरिकलार्इ अमेरिका प्रवेश नदिने ट्रम्पको निर्णय सदर

आठ देशका नागरिकलार्इ अमेरिका प्रवेश नदिने ट्रम्पको निर्णय सदर

वासिङ्टन, १३ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोड गर्दै आएजस्तै मुस्लिम वाहुल्य देशसहित विभिन्न ८ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लागेको छ । राष्ट्रपति ट्रम्पले आफ्नो निर्वाचनको एजेण्डाका रुपमा यो एजेण्डा अघि सार्नुभएको थियो । यसअघि लगाइएको प्रतिबन्धलाई अमेरिकी सर्वोच्च अदालतले सदर गरिदिएको छ । राष्ट्रपति ट्रम्पले गत वर्ष नै यी आठ देश सिरिया, लिबिया, इरान, यमन, चाड, सोमालिया, उत...
विज्ञान नै पढ्न चाहन्छन्: मेधावी विद्यार्थी

विज्ञान नै पढ्न चाहन्छन्: मेधावी विद्यार्थी

काठमाडौँ, १३ असार । कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफलमा ‘ए प्लस’ ग्रेड सफल हुने छात्रा सबी विश्वकर्मा पारिवारिक र आर्थिक स्थिति कमजोर भए पनि कक्षा ११ मा विज्ञान विषय पढ्न चाहन्छिन् । ललितपुरको महालक्ष्मी नगरपालिकाको सिद्धिपुरस्थित अनन्त माध्यमिक विद्यालयमा पढेकी विश्वकर्माका बुबाआमा छैनन् । टुहुरो भए पनि मेधावी भएकाले विद्यालयको छात्रवृत्तिमा पढ्दै आएकी विश्वकर्मालाई परीक्...
नारायणगढ-मुग्लिन सडकमा निरन्तर पहिरो खस्न थालेपछि बैकल्पिक मार्ग खोज्न सुझाव

नारायणगढ-मुग्लिन सडकमा निरन्तर पहिरो खस्न थालेपछि बैकल्पिक मार्ग खोज्न सुझाव

चितवन, १३ असार । नारायणगढ–मुग्लिन सडकखण्डमा निरन्तर पहिरो खस्न थालेपछि वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिन थालिएको छ । सडकमा छिनछिनमा पहिरो खस्न थालेपछि दिनभर यात्रु लाममा बस्नु पर्ने र कुनै पनि समयमा पहिरो खसेर जनधनको जोखिम हुन सक्ने देखिएको छ । राजधानी काठमाडौँ भित्रिन र बाहिरिनका लागि केही लामो यात्रा गरेमा नारायणगढ–मुग्लिन सडकखण्डको जोखिम मोल्नु पर्दैन । तर पनि यो कष्टकर यात्रा छाडेर केही...
बागमती पुलमुनि युवती मृत फेला, हत्याको आशंका

बागमती पुलमुनि युवती मृत फेला, हत्याको आशंका

काठमाडौँ, १३ असार । टेकुको बागमती पुलमुनि कालो पाइन्ट र खैरो टिसर्ट लगाएकी अन्दाजी २५ वर्षीया युवतीको शव फेला परेको छ । पाँच फिट उचाई भएकी मंगोलियन वर्णकी उनको  निधारको माथिल्लो भागमा गहिरो चोट लागेको छ । सानेपा प्रहरीका अनुसार शवको प्रकृति हेर्दा उनको आजै राती मृत्यु भएको हुनसक्छ । अपराध महाशाखाका डिएसपी रुगम कुँवरका अनुसार युवतीको हातमा ‘आइलभ यु’ लेखेको ट्याटु देखिएको छ । शवको अझै सनाखथ हुन ...
दुर्घटनामा बाबुछोरीको मृत्यु, आफन्त घाइते भएपछि शोकमा गाउँ

दुर्घटनामा बाबुछोरीको मृत्यु, आफन्त घाइते भएपछि शोकमा गाउँ

पर्वत, १३ असार । तनहुँको आँबुखैरेनी गाउँपालिका–१, बरादीमा मंगलबार भएको दुर्घटनामा पर्वतको एकै परिवारका बाबुछोरीको मृत्यु र आमा गम्भीर अवस्थामा अस्पतालमा रहेपछि सिंगो गाउँ नै शोकमा डुबेको छ । मृतक कुश्मा नगरपालिका–९, कटुवाचौपारीका कमल लामिछानेका छिमेकी रामकृष्ण लामिछानेका अनुसार कमलका दाजु रोजगारीको सिलसिलामा कोरियामा रहनुभएको छ भने भाउजु छोरीका साथ सदरमुकाम कुश्मा बस्दै आउनुभएको छ । कटुवाचौपारी...
लागूऔषधसहित चारजना पक्राउ

लागूऔषधसहित चारजना पक्राउ

नवलपरासी, १३ असार । पूर्वी नवलपरासी क्षेत्रबाट नवलपुर प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित चारजनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । प्रतिबन्धित लागूऔषध छोड्न आएका दुईजना र लागूऔषध खरिद गर्न आएका दुईजना गरी चारजनालाई मध्यबिन्दु नगरपालिका–८ चोरमारा फूलबारी चोकबाट प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । पक्राउ गर्नेमा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ का २७ व...
प्रधानमन्त्री ओलीलाई २–२ करोडका तीन गाडी

प्रधानमन्त्री ओलीलाई २–२ करोडका तीन गाडी

काठमाडौँ, १३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र मन्त्रालयबाट मर्सिडिज गाडी मगाएका छन्। जब कि उनीसँग टोयोटाका दुई वटा बुलेटप्रुफ ल्याडक्रुजर प्राडो गाडी पहिल्यै छन्। नेपाली बजारमा ल्यान्डक्रुजर प्राडाको मूल्य दुई करोड ७० लाख छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग दुई करोड रुपैयाँ मूल्यको टोयाटा ल्यान्डक्रुजर, ६३ लाखको स्कार्पियो र थप एउटा कार चढ्छन्। यस्तै, अर्का उपप्रधानमन्त्...
डडेल्धुराका ५९४ विद्यार्थीलाई सौर्य टुकी

डडेल्धुराका ५९४ विद्यार्थीलाई सौर्य टुकी

डडेल्धुरा, १३ असार । विद्यार्थीको पढाइमा क्षमता विकासका लागि डडेल्धुराका विद्यालयमा सौर्य टुकी वितरण गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धनको शैक्षिक उज्यालो कार्यक्रमअन्तर्गत अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकाका दुई गरी आठवटा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मंगलबार सौर्य टुकी वितरण गरिएको हो । अमरगढी नगरपालिकाभित्रका सबै छवटा र नवदुर्गा गाउँपालिकाका दुई माविमा अध्ययनरत कूल ५९४ विद्यार्थील...
आफूमाथि झुटो आरोप लगाईएको भन्दै श्रीनिवासद्धारा राष्ट्रिय छानविन आयोग गठन गर्न माग

आफूमाथि झुटो आरोप लगाईएको भन्दै श्रीनिवासद्धारा राष्ट्रिय छानविन आयोग गठन गर्न माग

काठमाडौं, १२ असार । आफूले आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका आचार्य श्रीनिवासले रिहा हुने वित्तिकै आफूमाथि झुटो आरोप लगाइएको दाबी गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जिल्ला अदालत मोरङले सामान्य तारेकमा रिहा गरेको जानकारी गराउँदै श्रीनिवासाचार्यले आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै दोषीलाई कारबाही गर्न माग गरेका हुन् । २५ चैत ०७४ को बिहान २ बजेतिर शौच गर्न निस्किए...
क्षेत्रीय निर्देशनालय अब प्रादेशिक निर्देशनालयमा

क्षेत्रीय निर्देशनालय अब प्रादेशिक निर्देशनालयमा

काठमाडौँ, १२ असार । सरकारले नयाँ संरचनाअनुसार क्षेत्रीय कार्यालय खारेज गर्दै प्रादेशिक कार्यालय स्थापना गर्ने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेशमा रहने कार्यालयको सर्वेक्षण गरेर अहिले रहेका क्षेत्रीय कार्यालयलाई प्रादेशिक कार्यालयमा रुपान्तरण गर्न लागिएकोे मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । मुलुक संघीयतामा गइसके पनि क्षेत्रीय कार्यालय तथा प्...
प्रहरीद्वारा ३७ रोपनीका लगाइएको गाँजा फँडानी

प्रहरीद्वारा ३७ रोपनीका लगाइएको गाँजा फँडानी

डडेल्धुरा, १२ असार । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसर पारी जिल्ला प्रहरी कार्यालय डडेल्धुराले गाँजा फँडानी गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जिल्लाका विभिन्न क्षेत्रमा रहेको ३७ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा फँडानी गरी नष्ट गरेको जनाएको छ । गाँजा सेवनका कारणले मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै आपराधिक क्रियाकलाप पनि हुने गर्दछ । जिल्...
दुई कोरियालाई रेलले जोड्ने प्रयास शुरु

दुई कोरियालाई रेलले जोड्ने प्रयास शुरु

सोल, १२ असार । उत्तर र दक्षिण कोरियाबीच रेल सेवा सञ्चालनका विषयमा मङ्गलबार छलफल हुने भएको जनाइएको छ । दुइ कोरियालाई रेल सेवाले जोड्ने र आगामी दिनमा संयुक्त रुपमा र आधुनिक रुपमा सेवा सञ्चालन गर्ने विषयमा छलफल गर्न दुई कोरियाको रेवा सेवाका अधिकारीहरु मङ्गलबार एक बैठकमा बसेका हुन् । दक्षिण कोरियाली भू–भागमा पर्ने दुवै कोरियाको सीमा गाँउ पानुमजोममा अवस्थित ‘पिस हाउस’ मा मङ्गलबार बिहान १० बजेबाट यो...
चीन भ्रमण उपलब्धिपूर्ण र सफल – प्रधानमन्त्री

चीन भ्रमण उपलब्धिपूर्ण र सफल – प्रधानमन्त्री

काठमाडौँ, १२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने, विगतमा भएका सहमति तथा सम्झौतालाई कार्यान्वयन गर्नेलगायतका विषयमा आफ्नो चीन भ्रमण केन्द्रित रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा यही असार ५ गतेदेखि १० गतेसम्म आफूले गरेको छदिने औपचारिक चीन भ्रमणका बारेमा जानकारी दिँदै उहाँले सरकारको प्रमुख कार्यसूचीका रुपमा रहेको आर्थिक समृद्धिलाई अगाड...
श्रीमती हत्या आरोपमा सशस्त्र प्रहरी पक्राउ

श्रीमती हत्या आरोपमा सशस्त्र प्रहरी पक्राउ

भीमदत्तनगर, १२ असार । घर बिदामा आएका बेला कञ्चनपुरको भीमदत्तनगरपालिका–८ तिलाचौरीमा एक सशस्त्र प्रहरीले श्रीमतीको हत्या गरेका छन् । आज बिहान खेतमा धान रोपिरहेकी तिलाचौरकी २७ वर्षीया सीता कार्कीलाई उहाँका श्रीमान् केशव कार्कीले खेतमै हत्या गरेको जिमुवा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जनकबहादुर ऐरले जानकारी दिए । “बिहान घरबाट धान रोप्नसँगै निस्केका रहेछन् ।” घटनास्थलबाट प्रहरी सहायक निरीक्षक ...
प्रतिनिधिसभाको बैठक शुरु, सार्वजनिक महत्वका विषयमा बोल्दै प्रधानमन्त्री

प्रतिनिधिसभाको बैठक शुरु, सार्वजनिक महत्वका विषयमा बोल्दै प्रधानमन्त्री

काठमाडौँ, १२ असार । प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल शुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक महत्वका विषयमा आफ्ना धारणा राखिरहनुभएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपति कार्यालयको विभिन्न शीर्षकमाथि छलफल हुनेछ । त्यसैगरी आजको कार्...
प्रेमीसँग मिलेर श्रीमानको हत्या, भीरबाट खसाले

प्रेमीसँग मिलेर श्रीमानको हत्या, भीरबाट खसाले

कैलाली, १२ असार । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ कि एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेकी छन् । कैलालीको गोदावरी नगरपालिका–१० माइती घर भएकी लक्ष्मी बडेलाले गोदावरी–१२, खमौरा घर भएका प्रेमी दीपक खत्रीसँग मिलेर श्रीमान तेजबहादुर विष्टको हत्या गरेको प्रहरीले जनाएको छ । तेजबहादुर र लक्ष्मीले गत वैशाख महिनामा मागी विवाह गरेका थिए । यही असार ८ गते श्रीमती लक्ष्मीसहित तेजबहादुर ससुराली गएक...
बागलुङमा पहिरो खस्दा एकै परिवारका ३ जनाको मृत्यु

बागलुङमा पहिरो खस्दा एकै परिवारका ३ जनाको मृत्यु

काठमाडौं, १२ असार । बागलुङमा पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । गएराति परेको अविरल वर्षापछि जिल्लाको बरेङ गाउँपालिका–१, लुरु भन्ने स्थानमा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रमुख डीएसपी दीपक रेग्मीले पहिरोमा पुरिएर विष्णुबहादुर क्षेत्री, विष्णुकुमारी क्षेत्री र सोनिया क्षेत्रीको मृत्यु भएको जानकारी दिए । पहिराेले नजिकैको अर्...
error: Content is protected !!