काठमाडौँ, ३ साउन । लोक सेवा आयोगले एकात्मक शासन व्यवस्था प्रणालीमा आधारित भएर नै पदपूर्तिका लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । मुलुक संघीय संरचनामा गइसके पनि आयोगलाई सरकारले संघ, प्रदेश र स्थानीय तहको दरवन्दी स्वीकृत गरेर नबुझाएकाले पुरानै संरचना आधारित भएर कार्यतालिका सार्वजनिक गरिएको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

Advertisement

“हामीले नयाँ आर्थिक वर्ष शुरुआत हुनासाथ वार्षिक कार्यतालिका सार्वजनिक गर्नुपर्ने हुन्छ तर त्यही अनुसार सरकारले नयाँ संरचनाअनुसार दरबन्दी नबुझाएकाले पुरानै संरचनामा विज्ञापन गर्नका लागि कार्यतालिका सार्वजनिक गरेका हौ” उहाँले भन्नुभयो ।

सरकारले संघ, प्रदेश र स्थानीय तहको दरबन्दी स्वीकृत गरेर किताबखानामा दर्ता गर्नुपर्ने हुन्छ । उहाँले एकात्मक संरचनामा नै विज्ञापन गरिने भएकाले त्यसैबाट नै सरकारले संघ, प्रदेश र स्थानीय तहका लागि कर्मचारी पठाउनुपर्ने हुन्छ ।

आयोगले सहसचिवदेखि खरदारसम्मको विज्ञापनको कार्यातालिका प्रकाशित गरेको छ । सरकारले अन्तरिम व्यवस्थापनका लागि संघमा ४५ हजार ८१५ र प्रदेशमा १६ हजार ५७० कर्मचारी तथा स्थानीय तहमा ५७ हजार ६९० कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ ।

प्रदेश लोकसेवा आयोग गठन नहुँदासम्म लोकसेवा आयोगले नै संघ, प्रदेश र स्थानीय तहको विज्ञापन गर्न पाउने व्यवस्था गरिएको छ । अहिले प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी आधार र मापदण्ड बनाउनका लागि बनेको विधेयकको मस्यौदा तयार पारेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरिएको आयोगका उपसचिव सुवेदीले जानकारी गराउनुभयो ।

आयोगले बर्षेनी करीब नौ हजार कर्मचारीका लागि विज्ञापन गरी परीक्षा लिने गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!