गण्डकी प्रदेशसभामा प्रधानमन्त्रीको विशेष सम्बोधन शुरु
पोखरा, ३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको गण्डकी प्रदेशसभामा विशेष सम्बोधन शुरु भएको छ ।
प्रदेशको राजधानी पोखराको नदीपुरस्थित प्रदेशसभा सचिवालयको प्रदेशसभा कक्षमा प्रधानमन्त्रीले सम्बोधन गरिरहनुभएको छ ।
संघीय संरचनाअनुरुप प्रदेशसभा गठन भएपछि पहिलोपटक प्रधानमन्त्रीले गण्डकी प्रदेशसभामा सम्बोधन गर्न लाग्नुभएको हो ।
प्रदेशसभा सचिवालयमा प्रधानमन्त्री ओलीलाई सभामुख नेत्रनाथ अधिकारी, प्रदेश प्...





























