रुकुम, २ साउन । केहीदिन यता परेको अविरल वर्षाका कारण पश्चिम रुकुममा पाँच घर पहिरोमा पुरिएका छन् । गएरातिबाट परेको वर्षाका कारण माथिबाट आएको पहिरोले पश्चिम रुकुमको चौरजहारी–१ पुरानो बजारका पाँच घर पहिरोमा पुरिएको प्रहरीले जनाएको छ ।

Advertisement

पहिरोले घर पुरिए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

सो क्षेत्रमा अन्य १० घर पनि पहिरोको जोखिममा रहेका कारण स्थानीय प्रसाशनले सतर्क रहन आग्रह गरेको छ ।

पहिरोबाट भएको क्षतिको विवरण आइसकेको नभएपनि प्रहरी तथा स्थानीयले घटनास्थलमा उद्धारको कामलाई तीव्रता दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!