सुरक्षाको ४ घेरामा २ नम्बर प्रदेशको चुनावः गृहमन्त्री शर्मा
काठमाडौं, ३१ भदौ । गृहमन्त्री जनार्दन शर्माले २ नम्बर प्रदेशमा सम्पन्न हुन लागेको स्थानीय तह तेश्रो चरणको निर्वाचनका लागि सुरक्षा ब्यवस्था बलियो बनाएको बताएका छन् ।
शनिवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री शर्माले चुनावलाई व्यवस्थित बनाउन सुरक्षा निकायको चार घेरा तयार गरिएको जानकारी दिए ।
उनले नेपाल प्रहरीको पहिलो घेरा, सशस्त्र प्रहरीको दोश्रो घेरा, नेपाली सेनाको तेश्रो घेरा र राष...


















