सरकार अधिनायकवादतर्फ बढ्योः डा कोइराला
पथरी, मोरङ, २६ वैशाख । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले देश अधिनायकवादतर्फ अघि बढेको बताउनुभएको छ ।
सुन्दर हरैचा नगर समितिको आयोजनामा ‘परिवर्तित सन्दर्भमा नेपाली काँग्रेसको भूमिका’ विषयक आज यहाँ आयोजित विचार गोष्ठीमा उहाँले वाम गठबन्धन सरकार देशलाई अधिनायकवादतर्फ धकेल्न उन्मुख रहेको बताउनुभयो ।
वाम गठबन्धनको सरकार दुईतिहाई मत हासिल गरी संविधान परिवर्तनको खेलमा लागेको आरोप लगाउँदै डा को...




























