काठमाडौं, ३ जेठ।  एकता प्रक्रियामा रहेका नेकपा एमाले र माओवादी केन्द्र विघटन भएको छ । दुई दल मिलेर ‘नेकपा कम्युनिष्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्दैछन् । एकता घोषणा पूर्व एमालेको केन्द्रीय कार्यसमिति र माओवादीको सचिवालयको विस्तारित बैठक बसेको छ ।

Advertisement

एमालेको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा र माओवादीको प्रचण्ड निवास खुमलटारमा बैठक बसेको हो । अब केही बेरमा नै प्रधानमन्त्री निवास बालुवाटारमा एकीकृत पार्टीको बैठक बस्दैछ ।

दुई दलले ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ताका लागि निर्वाचन आयोगका निवेदन दिनेछन् । तर, यो नाम गरेको पार्टी अहिले नै निर्वाचन आयोगमा दर्ता भएकाले समस्या भएको छ ।

स्रोतका अनुसार यदि नाममा निवेदन दिने र दल दर्ता प्रक्रियाअघि बढाउँदै समस्या परे संशोधन गर्ने सहमति भएको छ । एमालेको बैठकमा नेता बामदेव गौतमले ‘नेकपा कम्युनिष्ट पार्टी’ का पछाडि केही थप्ने विकल्प दिएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!