रोल्पामा वर्षमान विजयी, बाम गठबन्धनको क्लिनस्वीप
रोल्पा, २४ मंसिर । रोल्पा जिल्लामा बाम गठबन्धनले प्रदेश तथा प्रतिनिधि सभाका सबै सिटहरुमा जीत हासिल गरेको छ ।
माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ भारी मतान्तरले विजयी बनेका हुन् ।
रोल्पाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका पुनले ४० हजार ६४७ मत पाए ।
उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अमरसिंह पुनले १९ हजार ९०६ मत ल्याउँदा पुन २० हजार ७४१ मतान्तरले विजयी भएका हुन् ।
पुनले ४० हजार ६...



























