पार्टीभित्रकै असहयोगले काँग्रेसको पराजयः नेता सिंह
काठमाडौ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो पार्टीभित्रकै असहयोगका कारण काठमाडौँ काँग्रेसले पराजय भोग्नुपरेको बताउनुभएको छ ।
नेपाली काँग्रेसका तर्फबाट काठमाडौँ महानगरपालिकाका मतदातालाई धन्यवाद दिन आज राजधानीमा आयोजना गरिएको कार्यक्रममा नेता सिंहले आमजनताको ठूलो समर्थन रहेपनि पार्टीभित्रैबाट अन्तर्घात हुनु दुःखद हो भन्नुभयो ।
उहाँले भन्नुभयो – “काठमाडौँ काँग्रेसले निर्वाचन ह...
