पन्ध्र वर्षपछि प्रहरी फन्दामा भीमबहादुर : जसले टर्च नदिएको निहुमा सन्तबहादुरको हत्या गरेका थिए
बनियानी, झापा। भुटानी शरणार्थीको हत्या गरी फरार एक अभियुक्तलाई १५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
गत २०५८ फागुन २६ गते झापा खुदुनाबारी शिविर सेक्टर नम्बर एक हट नं ३१ का सन्तबहादुर अधिकारीलाई खुकुरी प्रहार गरेर हत्या गरी फरार भएका ताप्लेजुङ आम्वेगुदिन–५ का भीमबहादुर भट्टराईलाई प्रहरीले १५ वर्ष पाँच महिनापछि पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक केशवकुमार थेवेले जानकारी दिए ।
...
