होसियार! इन्टरनेटमा भाइरल बन्दैछ आत्महत्या गराउने खतरनाक गेम
एजेन्सी। भारतको मध्यप्रदेशमा एक किशोरले रेलको ट्र्याकमा आत्महत्या गरे। ११ कक्षामा अध्ययनरत सात्विक पाण्डे नामका ती किशोर रेलको ट्र्याकमा घुँडा टेकेर बसेका थिए। तीव्र गतिमा आएको रेलले उनको शरीर टुक्राटुक्रा पारिदियो।
सिसीटिभीमा कैद भएको यो घटना शनिबार रातिको हो। सात्विक बुबाआमाको एक्लो छोरा थिए। अभिभावकले उनलाई कुनै कुराको कमी हुन दिएका थिएनन्। तर एक्कासि आफ्नो छोराले आत्महत्या गरेको खबरले बुबाआ...

























