अनिवार्यरुपमा हतियार बुझाउन अनुरोध

अनिवार्यरुपमा हतियार बुझाउन अनुरोध

काठमाडौँ, १७ कात्तिक । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कानूनीरुपमा अनुमति प्राप्त व्यक्तिका नाममा रहेका हातहतियार (बन्दुक, पेस्तोल) निर्वाचन अवधिभर कात्तिक मसान्तभित्र अनिवार्यरुपमा बुझाउन सर्वसाधारणसँग अनुरोध गरेको छ । कार्यालयले सुरक्षाको काममा खटिएका सुरक्षाकर्मी तथा कानूनबमोजिम लिन पाउने हतियारबाहेक अन्य कुनै पनि व्यक्तिले कुनै प्रकारका विस्फोटक, रसायनिक, विषालु पदार्थ, लाठी, खुकुरी, बन्दु...
तीन किलो चरेशसहित तीनजना पक्राउ

तीन किलो चरेशसहित तीनजना पक्राउ

भीमदत्तनगर, १७ कात्तिक । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले आज कैलालीको गोदावरी नगरपालिका–१ अत्तरिया बजारबाट तीन किलो २०० ग्राम लागुऔषध चरेशसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भीमदत्तनगरबाट प्रहरी नायब निरीक्षक अंक बुढाको नेतृत्वमा खटिएको टोलीले अत्तरिया बजारबाट चरेशसहित तीन जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा स्थानीयवासी सरेशराम विक, गणेश...
पानीको इनारबाट सुन र चाँदीका गरगहनाहरु बरामद हुन थालेपछि स्थानीय बासिन्दा चकित !

पानीको इनारबाट सुन र चाँदीका गरगहनाहरु बरामद हुन थालेपछि स्थानीय बासिन्दा चकित !

एजेन्सी, १७ कात्तिक । पानीको इनारमा डुबेको अवस्थामा ठूलो परिमाणमा सुन र चाँदीका गरगहनाहरु बरामद हुन थालेपछि स्थानीय बासिन्दा चकित परेका छन् । यहाँ ठूलो परिमाणमा गहना लुकाइएको थाहा पाएपछि प्रहरीले नै यहाँ खोजतलासी गरेको थियो । भारतको मुम्बइ सहरमा भएको डकैतीपछि प्रहरीले इनारहरुमा खोजतलास गरिरहेको थियो । २१ अक्टोबरका दिन मुम्बइमा चोरी भएको थियो । यही चोरीपछि चोरीका सामान लुकाइएको स्थानको खोजीका क्...
प्रेमीबाट छुटाएर छोरीको बिहे अन्तै गरिदिन खोज्दा २ परिवारको विनाश

प्रेमीबाट छुटाएर छोरीको बिहे अन्तै गरिदिन खोज्दा २ परिवारको विनाश

एजेन्सी, १७ कात्तिक । आफ्नी छोरीको एक युवकसँग प्रेम सम्बन्ध रहेको थाहा पाएपछि उनका पिताले छोरीलाई प्रेमीसँग छुटाएर अन्तै बिहे गरिदिन खोज्दा प्रेमीले प्रेमिकाका पिता र प्रेमिकालाई गोली हानेपछि आफूलाई पनि गोली हानी आत्महत्या गरेका छन्। गोली प्रहारबाट दुवै प्रेमी प्रेमिकाको ज्यान गर्को छ । प्रेमिकाका पिताको उपचार भइरहेको छ । भारतको उत्तर प्रदेश इटावामा घटना भएको हो । यहाँका रिटायर्ड सैनिक नरेन्द्र...
झापामा श्रीमतीको कुटाई बाट श्रीमानको मृत्यु

झापामा श्रीमतीको कुटाई बाट श्रीमानको मृत्यु

दमक, १७ कात्तिक । झापाको दमकमा आफ्नै श्रीमतीको कुटाई बाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दमक -९ शान्तिचोक बस्ने ५५ वर्षीय बिदुर नेपाली रहेका छन्। शुक्रबार आफ्नै श्रीमतीको कुटाइबाट बिदुरको मृत्यु भएको हो। ४८ वर्षीय श्रीमती सानुमाया दर्जीले मादकपदार्थ सेवन गरेर कुटपिट गर्दा उनको घरमै मृत्यु भएको प्रहरीले जनाएको छ। श्रीमान् श्रीमती दुबै जना मादक पदार्थ सेवन गरी सधै जसो झगडा गर्ने गरेको छिमेक...
प्रधानमन्त्रीको गृह जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि ६ जनाको उम्मेदवारी

प्रधानमन्त्रीको गृह जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि ६ जनाको उम्मेदवारी

डडेल्धुरा, १७ कात्तिक । कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रनिनिधिसभा निर्वाचनका लागि देउवासहित ६ जनाले मनोनयन दर्ता गराएका छन्। मनोनयन दर्ता गराउन आफैँ जिल्ला नआएका देउवाको वारेस गणेश पन्तमार्फत उमेदवारी दर्ता गराएका हुन्। देउवाका पूर्वस्वकीय सचिव पन्तले उम्मेदवारी दर्ता गराएका हुन्। एमाले र माओवादी केन्द्रको वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा माओवादी...
मृत्युपछि के हुन्छ ? पुनर्जन्मबारे विज्ञानले यसो भन्छ

मृत्युपछि के हुन्छ ? पुनर्जन्मबारे विज्ञानले यसो भन्छ

मृत्युपछि के हुन्छ  ? यो अन्त्यहिन प्रश्नको हो । अहिले सम्म यसको निचोड फेला पर्न सकेको छैन । यद्यपी के मानिन्छ भने, मृत्युपछि हामीले पुन जन्म लिन्छौ । धार्मिक शिद्धान्तले यसै भन्छ । तर, अब विज्ञान पनि यसमा सहमत देखिएको छ । पुनर्जन्मबारे अनुसन्धान यसमाथि विश्वका अनेकन विश्वविद्यालयहरु तथा परामनोवैज्ञानिक अनुसन्धानक केन्द्रहरुले अनुसन्धान गरेका छन् । वर्तमानमा यसलाई फगत एउटा अन्धविश्वास होइन कि ...
टाटु खोप्दाका सावधानी

टाटु खोप्दाका सावधानी

संसारभर प्रचलनमा रहेको टाटु कल्चर अहिले नेपालमा पनि ह्वात्तै बढेको छ । टाटुको इतिहास हजारौँ वर्ष पुरानो भए पनि पछिल्लो २०–३० वर्षयता विश्वमै यसको लोकप्रियता बढ्दो छ । त्यसो त टाटुको जमाना नेपालमा पनि धेरै वर्षअघि  सुरु भएको हो । विशेषगरी थारु र नेवारी समुदायका महिलाले पिँडुला वा पाखुरामा टाटु खोप्ने गर्थे । टाटु खोप्ने प्रक्रिया साधारण भने छैन । टाटु खोपिसकेपछि यसको हेरचाह गरिएन भने थप जटिलता आ...
बोतल र जारकै पानी  दूषित

बोतल र जारकै पानी दूषित

काठमाण्डौ, १७ कात्तिक । सरकारी परीक्षणले काठमाडौंको नयाँबस्तीस्थित ‘जल प्योर ड्रिङकिङ वाटर’ प्रालिबाट उत्पादित जार र बोतलका पानी गुणस्तरहीन भएको देखायो । पानी गुणस्तरहीन पाइएपछि गत साउन १६ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कम्पनीविरुद्ध काठमाडौं जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको छ । उपभोक्ताले उजुरीका आधारमा अनुगमन गर्दा ब्याच नम्बर– ४ का अक्वा एक्सप्रेस ब्रान्डको पानीमा कै...
लिङ्देनलाई सघाउने निर्णयले झापाका बाम कार्यकर्ता असन्त

लिङ्देनलाई सघाउने निर्णयले झापाका बाम कार्यकर्ता असन्त

झापा, १७ कात्तिक । झापा ३ मा राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनलाई सघाउने एमाले –माओवादी नेताहरुको निर्णयविरुद्ध बाम गठबन्धनभित्रबाटै तीव्र असन्तोष शुरु भएको छ। एमाले र माओवादीका कार्यकर्ताहरुले झापाको गठबन्धनले ‘बाम गठबन्धनको बेइज्जत भएको’ भन्दै असन्तोष प्रकट गरेका छन्। संविधानमा उल्लेखित ‘समाजवाद प्राप्तिका लागि’ भन्दै गरिएको बाम गठबन्धनमा हिन्दूवादी राप्रपा समेट्ने काम ‘गलत र आश्चर्यजनक’ भ...
चिच्याएर बर माग्न आउनेको भीड

चिच्याएर बर माग्न आउनेको भीड

पाल्पा, १७ कात्तिक । तिनाउ गाउँपालिका–४, सत्यवतीमा चिच्याएर बर माग्ने धार्मिक मेला शुरु भएको छ । रातको समय चिच्याएर बर माग्दा पूरा हुने विश्वासका साथ अहिले मन्दिर क्षेत्रमा बर माग्नेको चहलपहल बढेको छ । सत्यवतीताल संरक्षण तथा मन्दिर विकास समितिको आयोजनामा शुरु भएको सत्यवती धार्मिक मेलामा रातीको समयमा चिच्याएर बर माग्नेको अहिले भीड लागेको छ । धार्मिक, सामाजिक र सांस्कृतिक रुपमा महत्वपूर्ण रहेको ...
ड्युटीमा बसेका हवल्दारको मृत्यु

ड्युटीमा बसेका हवल्दारको मृत्यु

भक्तपुर, १७ कात्तिक । भक्तपुरको मध्यपुर थिमि प्रहरी वृत्तमा कार्यरत एक प्रहरी हवल्दारको गएराति ११ बजे अकस्मात् मृत्यु भएको छ । कार्यालयमै ड्युटीका क्रममा एक्कासि ढलेका ४३ वर्षीय लालबाबु राउतको मृत्यु भएको वृत्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिनुभयो । ढलेलगत्तै गठ्ठाघरस्थित नागरिक अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । वीरगञ्ज पर्सा निवासी राउतको शव परीक्षण...
गुठी संस्थान धरासायी : सरकारले तिरेन झण्डै ३२ अर्व रुपैयाँ

गुठी संस्थान धरासायी : सरकारले तिरेन झण्डै ३२ अर्व रुपैयाँ

काठमाडौँ, १७ कात्तिक । नेपाल सरकारले जग्गा उपभोग गरे वापतको झण्डै ३२ अर्ब रुपैयाँ नतिरेपछि मुुलुकभरका गुठी संस्थान धरासायी बनेका छन् । गुठी संस्थानका जग्गा उपयोग गर्नुका साथै तिनमा विभिन्न संघ संस्थाका भवन निर्माण गरेपनि सरकारले कुनै तिरो भरण नगरेका कारण गुठी संस्थान संचालनमा बाधा पग्नुका साथै संस्थान नै धरासायी बनेको हो । आफ्नो जग्गा तथा भवन प्रयोग गरेवापतको रकम नपाएपछि देवस्थलका महन्त, पूजार...
निर्वाचनपछि मुलुक समृद्धिको दिशामा जान्छ : अध्यक्ष ओली

निर्वाचनपछि मुलुक समृद्धिको दिशामा जान्छ : अध्यक्ष ओली

झापा, १७ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि मुलुक समृद्धिको दिशामा जाने र जनचाहनाअनुसारको शासनसत्ता सञ्चालन हुने बताएका छन् । झापाको दमकमा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने – “अबको एकमात्र राजनीतिक उद्देश्य समृद्धि हो, निर्वाचनपछि जनचाहनाअनुसारको शासनसत्ता सञ्चालन हुन्छ र मुलुक समृद्धिको दिशामा जान्छ ।” अध्यक्ष ओलीले वाम गठबन्धन यही स्वार्थ पूर्तिका लागि मात्र भ...
‘मेला’को भारत अधिकार बिक्री

‘मेला’को भारत अधिकार बिक्री

काठमाडौं, १७ कात्तिक । आगामी साता रिलिज हुने फिल्म ‘मेला’को भारत प्रदर्शन अधिकार फिल्मकै कलाकार तथा भोजपुरी स्टार परदेशी शाहले लिएका छन् । भोजपुरी फिल्ममा ‘एसपी खरेल’को नामबाट परिचित शाहले १६ लाख रुपैयाँमा भारतमा फिल्म प्रदर्शनको अधिकार लिँदै सम्झौतामा हस्ताक्षर गरेका छन् । फिल्मका तर्फबाट लेखक, सह–निर्देशक तथा प्रस्तुतकर्ता हरि पन्तले सम्झौता पत्रमा हस्ताक्षर गरे। कलाकार शाहले फिल्मको ट्रेलर ...
‘आचारसंहिताको पूर्ण पालना नगर्ने उम्मेदवारलाई कडा कारवाही गरिन्छ’

‘आचारसंहिताको पूर्ण पालना नगर्ने उम्मेदवारलाई कडा कारवाही गरिन्छ’

काठमाडौँ, १७ कात्तिक । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना नगर्ने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारमाथि कडा कार्वाही गर्ने चेतावनी दिएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मतदातालाई लोभलालचामा फसाउने तथा डर, धम्की र त्रास दिएर प्रभावित तुल्याउने काम कहीँकतै भएको पाइए उम्मेदवारी रद्द हुनेसम्मको कार्वाही हुनेतर्फ पनि सचेत गराए । शुक्रबार काठमाडौंमा ‘युव...
सूचना उपलब्ध नगराउने ६९९ अधिकारीविरुद्ध उजुरी

सूचना उपलब्ध नगराउने ६९९ अधिकारीविरुद्ध उजुरी

काठमाडौँ, १७ कात्तिक । सूचना उपलब्ध नगराउने ६९९ स्थानीय तहका सूचना अधिकारीविरुद्ध उजुरी गरिएको छ । राष्ट्रिय सूचना अधिकार दिवसको सन्दर्भ पारेर अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संस्था फ्रिडम फोरमको अगुवाइमा सूचना उपलब्ध नगराउने ६९९ स्थानीय तहका सूचना अधिकारीविरुद्ध आज हुलाकमार्फत सम्बन्धीत निकायका कार्यालय प्रमुखसमक्ष उजुरी गरिएको हो । मुलुकभरका ७५३ ...
उच्च हिमाली तथा पहाडी क्षेत्रमा चिसो बढेपछि चौँरी गोठ बेँसीतर्फ झर्नथाले

उच्च हिमाली तथा पहाडी क्षेत्रमा चिसो बढेपछि चौँरी गोठ बेँसीतर्फ झर्नथाले

इलाम, १७ कात्तिक । जिल्लाको उच्च हिमाली तथा पहाडी क्षेत्रमा चिसो बढेसँगै चौँरी गोठहरू न्यानो स्थान खोज्दै बेँसीतर्फ झर्न थालेका छन् ।  इलामका सन्दकपुर, कालापोखरी, ताप्लेजुङको टिम्वुपोखरी, कालीखोला, पाँचथरको फालोटलगायत स्थानबाट चौँरी गोठ न्यानोतर्फ सार्न थालिएको हो । अत्यधिक चिसो हुन थालेपछि चौँरी आफ से आफ न्यानो स्थान खोज्दै उँधो झर्ने भएकाले चौँरीपालक किसानले सोही अनुसार पुरानो खर्कतिर गोठ सा...
ट्र्याक्टरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु

ट्र्याक्टरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु

उर्लाबारी, १७ कात्तिक । मोरङको विराटनगर महानगरपालिका–८, देवकोटा चौकनजिक बिहीबार साँझ ट्र्याक्टरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । विराटनगर–रंगेली सडकखण्डअन्तर्गत पश्चिमबाट पूर्व आउँदै गरेको को १ त ५९४७ नंको ट्र्याक्टरको ठक्करबाट साइकलयात्री कटहरी गाउँपालिका–४ बस्ने ४० वर्षीय वसन्त ऋषिदेवको मृत्यु भएको हो । ट्र्याक्टरको ठक्करबाट ऋषिदेवको घटनास्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी...
बालक हत्या आरोपमा बाबु र भाउजू थुनामा

बालक हत्या आरोपमा बाबु र भाउजू थुनामा

लहान, १७ कात्तिक । बालकको हत्या गरेको आरोपमा पक्राउ परेका बालकका बाबु र भाउजूलाई सिरहा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । गत २०७४ साउन ३१ गते हत्या गरिएका ११ वर्षीय मा। अरहानको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका बालकका बुबा सिरहा नगरपालिका–४ रमौल निवासी ५० वर्षीय मो। सलाउद्दिन सेख र सेखकै छोरा बुहारी २० वर्षीया डेजी भन्ने कुल्सुम खातुनलाई अदालतले पुर्पक्षका लागि...
निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूची आज सार्वजनिक गर्दै

निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूची आज सार्वजनिक गर्दै

काठमाडौँ, १७ कात्तिक । मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दलहरुले  समानुपातिकतर्फ बुझाएको बन्दसूची निर्वाचन आयोगले आज सार्वजनिक गर्ने भएको छ । आज सार्वजनिक गरिएका सूचीमध्येबाट प्रदेश र प्रतिनिधिसभाका समानुपातिक तर्फका ३३० जना सदस्य निर्वाचित हुनेछन् । गत असोज २९ गते दलहरुले बुझाएको सूचीका त्रुटी सच्याउँदै निर्वाचन अधिकृतको कार्यालयले बेलुका ५ बजेभित्र सूची सार्व...
नेता बनेपछि प्रहरी जवानसँग सिलवालको ‘दोस्ती’ (फोटो/भिडियो)

नेता बनेपछि प्रहरी जवानसँग सिलवालको ‘दोस्ती’ (फोटो/भिडियो)

ललितपुर, १७ कात्तिक । अगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि बिहिबार देशभर मनोनयन दर्ता भएको छ । यसमध्ये ललितपुर जिल्लाको मनोनयन दर्ता सबैको चाँसोको विषय बनेको थियो । किनभने राजनीतिक मैदानमा उत्रदै थिए नेपाल प्रहरीका पूर्व डिआइजी नवराज सिलवाल । आइजिपीको दाबेदार रहेका सिलवाल सरकारसँगको लामो कानूनी लडाइँपछि प्रहरी सेवाबाट राजीनामा दिँदै सक्रिय राजनीतिमा होमिएका छन् ...
आजबाट ‘फाटेको जुत्ता’ संगै हलमा ‘धनवान’, ऎश्वर्य पनि दोश्रो हप्तामा

आजबाट ‘फाटेको जुत्ता’ संगै हलमा ‘धनवान’, ऎश्वर्य पनि दोश्रो हप्तामा

फिल्महलहरुमा ‘एश्वर्य’ ले दोश्रो हप्ता टेक्दै गर्दा आजबाट २ फिल्महरु प्रदर्शनमा आएको छ । फिल्म ‘फाटेको जुत्ता’ र ‘धनवान्’ आजबाट एकसाथ हलहरुमा प्रदर्शन हुदैछ । ट्रेलर, प्रचारप्रसार र गीत-संगीत मार्फत प्रतिक्षित बनेको चलचित्र ‘फाटेको जुत्ता’ संग नामै नसुनिएको फिल्म ‘धनवान्’ प्रदर्शनमा आएपनि फाटेको जुत्ताको ब्यापारमा कुनै असर नगर्ने पक्का देखिन्छ । प्रतिक्षीत बनेको यो फिल्म फाटेको जुत्तामा सौगात ...
करोडौँ ठग्ने दम्पती जेल चलान

करोडौँ ठग्ने दम्पती जेल चलान

पोखरा, १७ कात्तिक । पोखरा–लेखनाथ महानगरपालिकाबाट करोडौँ रुपैयाँ ठगी गर्ने एक दम्पतीलाई प्रहरीले आज जेल चलान गरेको छ ।  स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भाटखोला घर भई महानगरपालिका–१४ चाउथे बस्ने २८ वर्षीया देवकुमारी भुजेल थापा र निजको श्रीमान् लक्ष्यबहादुर थापा र उक्त घटनामा संलग्न दण्डपाणि शर्मा समेतलाई पक्राउ गरी कास्की जिल्ला अदालतमा पेश गरिएकोमा थापा दम्पतीलाई पुर्पक्षका लागि जेल चलान गरिएको...
वाम गठवन्धनको आरोपः कांग्रेस दलाल, राजपा आत्मसमर्पणवादी, राप्रपा सामन्तवादी

वाम गठवन्धनको आरोपः कांग्रेस दलाल, राजपा आत्मसमर्पणवादी, राप्रपा सामन्तवादी

काठमाडौं, १७ कात्तिक । नेकपा एमाले र माओवादी केन्द्रले नेपाली कांग्रेसको चरित्र कम्युनिष्ट र श्रमजीवी जनताविरोधी रहेको टिप्पणी गरेका छन् । वाम गठबन्धनले कांग्रेसलाई ‘दलाल’ को हित संरक्षण गर्ने पार्टीको संज्ञा दिएको छ । नेपाली कांग्रेसको घोषणापत्रमा कम्युनिष्टहरु व्यक्ति हत्या एवं राज्यआतंकका पक्षपाती भएको आरोप लगाइएको छ । त्यसको जवाफमा वाम गठबन्धनले पनि आफ्नो घोषणापत्रका कांग्रेसप्रति निकै कडा ...
नुहाईरहेकी श्रीमतीलाई हेरेको आरोपमा ६ वर्षे बालकको निर्मम हत्या

नुहाईरहेकी श्रीमतीलाई हेरेको आरोपमा ६ वर्षे बालकको निर्मम हत्या

एजेन्सी, १७ कात्तिक । भारतको राजधानी नयाँ दिल्लीमा एउटा अनौठो तथा दर्दनाक घटना भएको छ । ६ वर्षका एक बालकको हत्या भएको छ । अनि उक्त हत्याकाण्डमा एक १९ वर्षे युवक पक्राउ परेका छन् । हत्याको कारण निकै अनौठो खालको छ । अर्काकी श्रीमतीलाई नुहाउने बेलामा हेरेको आरोपमा ६ वर्षे बालकले ज्यान गुमाएका हुन् ।समाचार अनुसार रोहित नामका १९ वर्षे युवकले ती ६ वर्षे बालकको बुवाबाट २० हजार भारु रकम फिर्ता लिनुथियो...
धनकुटामा प्रतिनिधि र प्रदेश सभाका लागि ११ दलका २१ जनाको उम्मेदवारी (नामावलीसहित)

धनकुटामा प्रतिनिधि र प्रदेश सभाका लागि ११ दलका २१ जनाको उम्मेदवारी (नामावलीसहित)

धनकुटा, १६ कात्तिक । आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटामा ११ दलका २१ जनाले आज उम्मेद्वार मनोनयनपत्र दर्ता गराएका छन । प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि दुई क्षेत्र तोकिएको धनकुटामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सात जनाले उम्मेद्वारी दिएका छन । त्यस्तै प्रदेश सभा निर्वाचनका लागि क्षेत्र नम्बर १ मा ८ जना र २ मा ६ जनाको उम्मेद्वारी दर्ता भएको मुख्य निर्वाच...
उम्मेदवारी दर्तापछि ओलीले भने –कांग्रेसले ढाँटछलको राजनीति गर्यो

उम्मेदवारी दर्तापछि ओलीले भने –कांग्रेसले ढाँटछलको राजनीति गर्यो

झापा, १६ कात्तिक । एमाले अध्यक्ष केपी शर्मा ओलीले झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । ओलीले बिहीबार दिउँसो उम्मेदारी दर्तापछि वाम गठबन्धनका सवै  उम्मेदवारलाई विजयी गराउन अपिल गरे । उनले नेपाली कांग्रेस बाम गठबन्धन बनेपछि आत्तिएको भन्दै त्यसरी नआत्तिन आग्रह पनि गरे । भने ‘त्यति तल झरेर बाम गठबन्धनविरुद्ध नवोलेको भएपनि हुन्थ्यो ।’ उनले नेपाली कांग्रेस इमानको र...
चितवनबाट प्रचण्डको हमला : काँग्रेसलाई लोकतन्त्र शब्द प्रयोग गर्ने अधिकार छैन

चितवनबाट प्रचण्डको हमला : काँग्रेसलाई लोकतन्त्र शब्द प्रयोग गर्ने अधिकार छैन

चितवन, १६ कात्तिक । काठमाडौं माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्डले काँग्रेसलाई लोकतन्त्र शब्द प्रयोग गर्ने अधिकार नरहेको बताएका छन् । चितवनमा उम्मेद्वारी दर्ता गराएपछि बामपन्थी गठबन्धनको संयुक्त सभामा बोल्दै प्रचण्डले चितवन र नेपालको समृद्धिको सपना बोकेर आफु चितवन आएको बताए । प्रचण्डले भने : हामीले बामगठबन्धन बनाएपछि ठूलै भूकम्प आएको छ । कम्युनिष्ट एकदलीय व्यवस्था आउने भयो भनेर हल्ला गरिएको ...
लोकतन्त्र रक्षाका लागि उम्मेदवार भएको डन गणेश लामाको भनाइ

लोकतन्त्र रक्षाका लागि उम्मेदवार भएको डन गणेश लामाको भनाइ

बनेपा, १६ कात्तिक । गुन्डा नाइके गणेश लामा नेपाली काँग्रेसको तर्फबाट काभ्रेमा उम्मेदवार बनेका छन्। काभ्रे- १ (ख)  प्रदेश सभा सदस्यको लागि काँग्रेसको तर्फबाट उनी उम्मेदवार बनेका हुन्। बिहीबार निर्वाचन कार्यालयमा काँग्रेसका अरु नेताहरुसँगै आएर उनले उम्मेदवारी दर्ता गराए। गुन्डा नाइके लामासँगै काभ्रे १ का प्रतिनिधि सभा १ तर्फ तीर्थ लामा तथा २ का उम्मेदवार मधु आचार्यले पनि उम्मेदवारी दर्ता गराएका छ...
एमाले अध्यक्ष ओलीबाट झापा–५ मा मनोनयन दर्ता

एमाले अध्यक्ष ओलीबाट झापा–५ मा मनोनयन दर्ता

काँकडभिट्टा, १६ कात्तिक । पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले वाम गठबन्धनको तर्फबाट आज झापा क्षेत्र नं ५ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवारी मनोनयनपत्र दर्ता गराउनुभएको छ । सदरमुकाम चन्द्रगढीस्थित जिल्ला हुलाक कार्यालयमा स्थापना गरिएको झापा क्षेत्र नं ५ को निर्वाचन अधिकृतको कार्यालय पुगेर एमाले अध्यक्ष ओलीले प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन पत्र ...
error: Content is protected !!