टेलिकमले भन्यो-०१२३४५६ र १२३४५६ नम्बरको फोन नउठाउनूस्, ठगिनुहोला !

टेलिकमले भन्यो-०१२३४५६ र १२३४५६ नम्बरको फोन नउठाउनूस्, ठगिनुहोला !

काठमाडौं, १० मंसिर । नेपाल टेलिकमले साधारण फोन नम्बरसँग नमिल्ने अपरिरिचत नम्बरबाट आएका कल नउठाउन अनुरोध गरेको छ । पछिल्लो समयमा ०१२३४५६, १२३४५६ लगायतका अपरिचित नम्बरबाट कल गरेर ठग्ने क्रम तीव्र भएपछि टेलिकमले त्यस्ता नम्बरको कल नउठाउन आग्रह गरेको छ । टेलिकमले आफ्ना ग्राहकको नम्बरमै एसएमएस पठाएर सचेत रहन भनेको भनेको हो । टेलिकमकी प्रवक्ता प्रतिभा वैक्षले त्यसत्ा नम्बरबाट चिठ्ठा परेको भन्दै फ्रड ...
सिराहामा गोली चल्यो, दुई प्रहरी घाइते

सिराहामा गोली चल्यो, दुई प्रहरी घाइते

सिराहा, १० मंसिर । सिराहाको निरदनामा अज्ञात समुहले चलाएको गोली लागेर एक प्रहरी जवान र एक म्यादी प्रहरीसहित दुई जना घाइते भएका छन् । आज दिउँसो अज्ञात समुहले चलाएको गोली लागि जितना प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव घाइते भएका हुन् । गोली कसले र किन चलाएको भन्ने पुष्टि नभएको जिल्ला प्रहरी कार्यलय सिराहले जनाएको छ । प्रहरी यादवको पेट र म्यादी प्रहरीको कोखमा...
नेपालकाे अर्काे शानदार जित चीन भारि अंकले पराजित

नेपालकाे अर्काे शानदार जित चीन भारि अंकले पराजित

काठमाडौँ, १० मंसिर । आइसिसी महिला टि–ट्वेन्टी विश्वकप छनोट एसियाको आफ्नो अन्तिम खेलमा नेपालले चीनलाई ५० रनले पराजित गरेको छ । थाइल्याण्डमा भएको उक्त प्रतियोगितामा नेपालले जित हासिल गरे पनि ग्लोबल छनोटमा भने पर्न सकेन । युएइले मलेसियालाई पराजित गरेपछि नेपाल शीर्ष दुई स्थानमा पर्न नसक्दा छनोट हुन नसकेको हो । नेपालले शीर्ष दुईमा पुग्नका लागि चीनलाई हराउनुपर्ने बाध्यता थियो भने मलेसियाले युएइ र थाइल...
खुलामञ्चको बसपार्क अस्तव्यस्त, दुर्घटनाको त्रास

खुलामञ्चको बसपार्क अस्तव्यस्त, दुर्घटनाको त्रास

काठमाडौँ, १० मंसिर । काठमाडौँ महानगरपालिकाले खुलामञ्चको बसपार्क व्यवस्थित गर्न नसक्दा यात्रुमा दिनहुँ दुर्घटना हुनसक्ने त्रास बढेको छ । बागबजारको पुरानो बसपार्कमा महानगरले नै काठमाडौँ भ्यू टावर बनाउन दिएपछि बस राख्ने स्थल खुलामञ्चमा सारिएको थियो । एक वर्षअघि बनाइएको बसपार्क गुणस्तरीय नभएका कारण कालोपत्रे उक्किएर खाल्डाखुल्डीमा परिणत भएको छ । बसपार्कभित्र यात्रुका लागि सवारी साधान कुरेर बस्ने स...
सिन्धुपाल्चोकको थुम्पाखर र बलेफीमा झडप, प्रहरीबाट हवाई फायर

सिन्धुपाल्चोकको थुम्पाखर र बलेफीमा झडप, प्रहरीबाट हवाई फायर

सिन्धुपाल्चोक, १० मंसिर । सिन्धुपाल्चोकको थुम्पाखर देउराली प्राथमिक विद्यालय मतदान केन्द्रमा झडप भएको छ । झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । मतदान गर्ने विषयमा विवादपछि झडप भएको जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी मोहन पोखरेलले पुष्टि गरे । यसैवीच जिल्लाको बलेफिस्थित कालीदेवी माविमा बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । त्यहाँपनि प्रहरीले स्...
२ बजेसम्म ५० प्रतिसत मत खस्यो

२ बजेसम्म ५० प्रतिसत मत खस्यो

काठमाडौं, १० मंसिर । पहिलो चरणको निर्वाचन अन्तर्गत केही छिटपुट घटनाबाहेक देशभर मतदान कार्य शान्तिपूर्ण रुपमा भइरहेको निर्वाचन आयोगले बताएको छ। दिउसो दुई बजेसम्मको अनुमानित विवरण अनुसार ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा ५० प्रतिसत मत खसेको छ। आयोगका सहायक प्रवक्ता मुकन्द शर्माले नेपालखबरसँग भने, ‘अहिलेसम्म ५० प्रतिसत मत खसेको अनुमान गरेका छौं।’ शर्माका अनुसार १ बजेसम्म ४० प्रतिसत मत खसेको थियो...
सुकुम्बासीलाई रोजगारीको ग्यारेन्टी नभएसम्म बस्ती स्थानान्तरण हुँदैन : दाहाल

सुकुम्बासीलाई रोजगारीको ग्यारेन्टी नभएसम्म बस्ती स्थानान्तरण हुँदैन : दाहाल

चितवन, १० मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँदरझुलाका सुकुम्बासीलाई रोजगारीको सुनिश्चितता नभएसम्म बस्ती स्थान्तरण नहुने बताउनुभएको छ । माडीको बाँदरझुलामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेता दाहालले यसअघि आफू प्रधानमन्त्री भएका बेला बस्तीलाई निकुञ्जले हटाउन शुरु गरे पनि आफूले सो कामलाई ठाडो निर्देशनबाट रोकेको बताउनुभयो । उहाँले भन्नुभयो “यहाँबाट मलाई फो...
वीरगञ्ज कारागारका बन्दी छाला रोगबाट पीडित

वीरगञ्ज कारागारका बन्दी छाला रोगबाट पीडित

वीरगञ्ज, १० मंसिर । वीरगंजको विर्तामा रहेको जिल्ला कारागार (सुधारगृह) मा रहेका अधिकांश कैदी बन्दी छाला रोगबाट पीडित रहेको पाइएको छ । कारागार भित्रको अव्यवस्थित बसाई र पानी स्वच्छ नहुँदा अधिकांशमा दादजस्ता छाला सम्बन्धी रोग पाइएको यौन तथा छाला रोग विशेषज्ञ डा.मनिष प्रधानले बताए । धेरै जसोमा शरिरका विभिन्न भागमा दाद जस्ता छालासम्बन्धी रोग देखिएको छ । सरसफाइमा ध्यान नदिनु र पानी समेत स्वच्छ नहुँद...
जहाँ १८ भोट खसेपछि सकियो चुनाव !

जहाँ १८ भोट खसेपछि सकियो चुनाव !

बाजुरा, १० मंसिर । बाजुराको हिमालभक्ति प्रावि मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ । सो मतदान केन्द्रमा जम्मा २८ मतदाता रहेकोमा १८ जनाले मतदान गरेका छन् । १० जना मतदाता दिउँसो १ बजेसम्म पनि नआएपछि मतदान सकिएको घोषणा गरिएको हो ।  साे मतदान केन्द्र अति दुर्गम स्थानमा पर्छ ।
कांग्रेस कार्यकर्ताद्वारा खुकुरी र रड प्रहार गर्दा उपाध्यक्षका छोरा घाइते

कांग्रेस कार्यकर्ताद्वारा खुकुरी र रड प्रहार गर्दा उपाध्यक्षका छोरा घाइते

तनहुँ, १० मंसिर । तनहुँको घिरिङ गाउँपालिका वडा नं १ अत्रौलीमा गएराती एमाले कार्यकर्ता माथि कांग्रेसका कार्यकर्ताले आक्रमण गरेका छन् । सो घटनामा एमालेका दुई जना घाइते भएका छन् । गजरकोटबाट असई विष्णु खड्काले दिएको जानकारी अनुसार झडपमा सोही ठाउँ निवासी २१ बर्षिय विदुर सिग्देल र १७ बर्षिय सफल सिग्देल घाइते रहेका छन् । घाइते विदुर एमालेको तर्फबाट घिरिङ गाउँपालिकाको निर्वाचित उपाध्यक्ष सरस्वती सिग्...
यी व्यक्तिका कारण ९०० मानिसले गरे आत्महत्या ! कारण यस्ताे छ

यी व्यक्तिका कारण ९०० मानिसले गरे आत्महत्या ! कारण यस्ताे छ

एजेन्सी, १० मंसिर । विश्वमा त्यस्ता थुप्रै शाषकले जन्म लिइसकेका छन् , जसले आफ्नो अहङ्कारका कारण थुप्रै मानिसहरुको ज्यान लिए । त्यस्तै अमेरिकी इतिहासमा जिम जोसको नाम पनि एउटा यस्तै आश्चर्यजनक घटनासँग जोडिएको छ । गुयानाको जोस टाउनमा भएको यस्तै घटना अझै पनि अमेरिकाका लागि अविश्वसनिय छ ।कम्युनिस्ट विचारधार भएका जिम जोसले आफूलाई ईश्वरको दूत बताउने गर्थे । उनले १९५६ मा पिपल्स टेम्पल नामको एउटा चर्च ब...
८८ वर्षीया महिलाले बलात्कारीलाई यसरी उल्लू बनाएर बचाइन् इज्जत

८८ वर्षीया महिलाले बलात्कारीलाई यसरी उल्लू बनाएर बचाइन् इज्जत

एजेन्सी, १० मंसिर । आजभोलि जवान महिलाहरु मात्र नभएर वृद्ध र बच्चाहरु समेत बलात्कारको शिकार हुने गरेका छन् । यस्तैमा ८८ वर्षीया एक वृद्ध महिलाले भने आफ्नो इज्जत बचाउन बलात्कारीहरुलाई अनौठो उपाय लगाएर भगाइन् । पेन्सिलवेनियाको पार्केबर्गमा बस्ने हेलेन रिनोल्ड्स यसै घटनाका कारण चर्चामा आएकी छन् । वृद्ध भएपनि आफ्नो बुद्धिको उपयोग गरेर उनले आफूलाई बचाउन सफल भएकी हुन् । उनी घरमा एक्लै भएका समयमा दुई ...
मतपेटिकामा अागजनी

मतपेटिकामा अागजनी

रूकुम, १० मंसिर । रूकुमकाे बफिकाेट गाउँस्थित रत्नमावि काँडाकाे मतदान स्थगित ।रत्नमावि काँडाकाे मतपेटिकामा अागाे लगाइदिएपछी मतदान राेकियाे । मतपेटिकाबाट कस्ले अागाे लगायाे  भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। अज्ञात व्यक्तिले एसिट हालेको हुनसक्ने आशंका कर्मचारीले गरेका छन्।
बिवाह गरेकाे ४ बर्ष सम्म पनि श्रीमानले छुदै नछुएपछि अात्महत्या : सुसाइट नाेटमा लेखियाे मरेपछि पनि नछुनु

बिवाह गरेकाे ४ बर्ष सम्म पनि श्रीमानले छुदै नछुएपछि अात्महत्या : सुसाइट नाेटमा लेखियाे मरेपछि पनि नछुनु

एजेन्सी, १० मंसिर । उत्तरी दिल्लीकी निधि बंसल नामकी ती महिला आफ्ना श्रीमान अतुल बंसलसँग बस्थिन् । उनीहरुको बिबाह २०१३ डिसेम्बर ४ का दिन भएको थियो ।विवाहलगत्तै यी दुईबीच झगडा भएको बताइएको छ । अतुलले यो चार वर्षको अवधिमा कहिल्यै श्रीमती निधिसँग एउटै कोठामा सँगै नबसेको पारिवारिक स्रोतले जनाएको छ । यही कारण पनि उनीहरुसँग झगडा भइरहन्थ्यो ।शुक्रबार साँझ साढे ७ बजेतिर निधि कोठामै पंखामा झुण्डिएको अवस्...
‘भ्रष्टाचारको समाचार लेखेका कारण पत्रकारको हत्या’

‘भ्रष्टाचारको समाचार लेखेका कारण पत्रकारको हत्या’

नयाँ दिल्ली, १० मंसिर । भारतको दक्षिणपूर्वी राज्य त्रिपुरामा गत साता मारिएका पत्रकार सुदीप दत्त भौमिकको हत्या भ्रष्टाचारसम्बन्धी समाचार लेखेको कारणले भएको बताइएको छ । त्रिपुराका पत्रकार सुदीप दत्त भौमिकलाई समाचार लेखेको विषयलाई बदला लिने उद्देश्य लिएर त्रिपुरा स्टेट राइफल्स (टिएसआर)का कमान्डेन्टको आदेशमा एक जवानले गोली हानी हत्या गरेको भौमिक कार्यरत ‘स्यान्दान पत्रिका’ का सम्पादक सुबल कुमार देल...
रसुवामा १२ बजेसम्म ५० प्रतिशत मतदान

रसुवामा १२ बजेसम्म ५० प्रतिशत मतदान

रसुवा, १० मंसिर । प्रतिनिधि सभा तथा प्रदेश सभाका जनप्रतिनिधि चयन गर्न भइरहेको निर्वाचनमा रसुवामा उत्साहजनक सहभागिता देखिएको छ। मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार मध्यान्ह १२ बजेसम्म रसुवामा ५० प्रतिशत मतदान भएको छ। मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार मध्यान्ह १२ बजेसम्म रसुवामा ५० प्रतिशत मतदान भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले कति मत खस्यो भन्ने बारेमा तथ्याङ्क संकलन...
बैतडीमा ११४ वर्षीया बृदाले गरिन् मतदान

बैतडीमा ११४ वर्षीया बृदाले गरिन् मतदान

बैतडी, १० मंसिर । बैतडीको सुर्नाया गाउँपालिका–८ शिखरपुरकी ११४ वर्षीया बृदा पशुपति साँउदले भुमिराज मावि ढोल्य मतदान केन्द्रबाट मतदान गरेकी छन् । आइतबार बिहान उनलाई आफन्तले बोकेर मतदान केन्द्र ल्याएका हुन् । यस्तै वीरेन्द्र मावि शाहीलेक  ‘क’ केन्द्रमा ९१ वर्षीया देवु देवीले पनि मतदान गरेकी छन् । दशरथचन्द नगरपालिका–४ की देवीलाई गाडीमा मतदानस्थलसम्म पु¥याएको मतदान अधिकृत प्रविण शाहले बताए । प्रतिन...
बम फेला परेपछि स्थगित भएको हाङपाङमा पुनः मतदान सुरु

बम फेला परेपछि स्थगित भएको हाङपाङमा पुनः मतदान सुरु

ताप्लेजुङ, १० मंसिर । ताप्लेजुङको हाङपाङमा बम फेलापरेपछि स्थगित भएको मतदान प्रक्रिया सुरु भएको छ । आज विहान मतदान सुरु भैसकेपछि आठराई त्रिवेणी गाउँपालिकाको हाङपाङस्थित आठराई त्रिबेणी गाउपालिकाको सरस्वती मावि मतदान केन्द्रनजिकै बम फेला परेको होे । नेपाली सेनाको टोलीले बम डिस्पोज गरेपछि मतदान सुचारु भएको हो । जिल्ला प्रहरी कार्यलयका प्रमुख ज्ञानेन्द्र बस्नेतका अनुासर सरस्वती मावि मतदान केन्द्र ...
प्रधानमन्त्रीले गृहमन्त्रीको पद खोसेर जनतालाई सुरक्षा दिन सकेनन्: नेम्वाङ

प्रधानमन्त्रीले गृहमन्त्रीको पद खोसेर जनतालाई सुरक्षा दिन सकेनन्: नेम्वाङ

झापा, १० मंसिर । नेकपा एमालेका नेता एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री पद खोसेर जनतालाई सुरक्षा दिन नसकेको आरोप लगाएका छन् । आइतबार बिर्तामोडमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले निर्वाचनको वेला उम्मेदवार माथिको हमलाले मुलुकमा गृहमन्त्रीको अनुभूति नभएको बताए । ‘यो संवेदनशिल घडीमा एक व्यक्ति प्रधानमन्त्री र गृहमन्त्री हुनु नै दुर्भाग्य हो’...
ताप्लेजुङको चार मतदान केन्द्रको मतपेटिका सोमबार हेलिकोप्टरबाट ल्याइने

ताप्लेजुङको चार मतदान केन्द्रको मतपेटिका सोमबार हेलिकोप्टरबाट ल्याइने

ताप्लेजुङ, १० मंसिर । ताप्लेजुङको माथिल्लो दुर्गम हिमाली गाउँपालिकामा रहेको चार स्थानको मतपेटिका सोमबार मात्रै सदरमुकाम ल्याइने जनाइएको छ । आइतबार साँझ ५ बजे मात्रै मतदान सकिने र चाँडै रातपर्ने र मौसम समेत धुम्म रहेकाले फक्ताङ्लुङ गाउँपालिका–६ मा रहेको ग्याब्ला, ७ मा रहेको याङ्मा, ६ को घुन्सा र ओलाङ्चुङगोलाको मतपेटिका नेपाली सेनाको हेलिकोप्टरबाट सोमबार मात्रै ल्याउने तयारी गरिएको प्रमुख जिल्ला ...
पाँचथरमा पुरुष कर्मचारी र सुरक्षाकर्मीविनै महिलाले गराए मतदान !

पाँचथरमा पुरुष कर्मचारी र सुरक्षाकर्मीविनै महिलाले गराए मतदान !

पाँचथर, १० मंसिर । जिल्ला सदरमुकाम फिदिम नगरपालिका वडा नम्बर ३ मा रहेको मतदान केन्द्रमा निर्वाचनका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मी सबै महिलामात्रै छन् । त्यहाँ पुरुष कर्मचारी र पुरुष सुरक्षाकर्मीविनै शान्तिपूर्णरुपमा मतदान भइरहेको छ । मतदाताहरु भने महिला र पुरुष दुबै छन् । पाँचथरको यस केन्द्रलाई नमूना मतदान केन्द्र मानिएको छ । प्रमुख निर्वाचन अधिकृत मनोज केसीका अनुसार उक्त मतदानस्थलमा रहेक...
सिन्धुपाल्चोकमा ११ बजेसम्म ४० प्रतिशत मतदान

सिन्धुपाल्चोकमा ११ बजेसम्म ४० प्रतिशत मतदान

सिन्धुपाल्चोक, १० मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा  बिहान ११ बजेसम्म ४० प्रतिशत मतदान भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको लागर्चेको दुई मतदान केन्द्रमा मौन अवधिमा आचारसंहिता उल्लंघन भएका विषयमा दलबीचको विवादले समयमा मतदान हुन नसकेकामा दलहरुको सहमतिपछि बिहान १०ः२० मिनेटमा मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश दीपक खनालले जानकारी दिए। बिहान सुरु भएका कतिपय मतदान के...
भक्तपुर बमकाण्ड : मोटरसाइकल भेटियो, बम विस्फोट गराउने फरार

भक्तपुर बमकाण्ड : मोटरसाइकल भेटियो, बम विस्फोट गराउने फरार

भक्तपुर, १० मंसिर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा शनिबार साँझ बम विस्फोट गराउन प्रयोग भएको मोटरसाइकल फेला परे पनि विस्फोट गराउनेहरु भने फरार रहेका छन् । उक्त नगरपालिकाको वडा नम्बर ७ स्थिति बागेश्वरी बम विस्फोट भएको महानगरिय प्रहरी परिसर भक्तपुर प्रवक्ता प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिए । उक्त स्थान नजिकै नेपाली कांग्रेसका प्रदेश सभा तर्फका उम्मेदवार जिवन खत्रीको घर रहको छ । ...
हेर्नुस् आजको विनिमय दर

हेर्नुस् आजको विनिमय दर

काठमाडौं, १० मंसिर । नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिद दर एक सय २२ रुपैयाँ ४८ पैसा र विक्रिदर एक सय २३ रुपैयाँ १९ पैसा रहेको छ ।  अमेरिकन डलर एकको खरिद दर १ सय ३ रुपैयाँ २२ पैसा र विक्रिदर १ सय ३ रुपैयाँ ८२ पैसा रहेको छ ।  यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ७८ रुपैयाँ ६२ पैसा र विक्रिदर ७९ रुपैयाँ ७ पैसा रहेको नेपाल राष्ट्र बैँकले जनाएको ...
दोलखाको जामुने मतदान केन्द्रमा तनाव, थप सुरक्षा फोर्स मगाइयो

दोलखाको जामुने मतदान केन्द्रमा तनाव, थप सुरक्षा फोर्स मगाइयो

काठमाडौं, १० मंसिर । जिल्लाको तामाकोशी गाउँपालिकाको जफेमा रहेको जामुने मतदान केन्द्रमा तनाव भएको छ । मतदान केन्द्रनै कब्जा गर्ने प्रयास भएपछि तनाव सिर्जना भएको प्रहरीले जनाएको छ । बुथको सुरक्षा लागि अहिले थप सुरक्षा फोर्स माग गरिएको छ । बुथ कब्जा गर्न आएको समूहले अहिले मतदान केन्द्र भन्दा माथिबाट ढुङगामुढा प्रहार गरिएको प्रहरीले जनाएको छ । उनीहरूले टाढाबाट गुलेलीले ढुङगा प्रहार गरिरहेकोले थप स...
बाबुरामको प्रचार सामाग्री र १ लाख नगदसहित ५ कार्यकर्ता पक्राउ

बाबुरामको प्रचार सामाग्री र १ लाख नगदसहित ५ कार्यकर्ता पक्राउ

गोरखा, १० मंसिर । गोरखाको जौबारीमा एक लाख रुपैयाँ नगद र चुनावी प्रचार सामाग्रीसहित नयाँशक्ति पार्टीका कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ परेका ५ जनालाई जौबारी इलाका प्रहरी कार्यालयमा राखिएको छ । नयाँ शक्ति पार्टीको चुनावी प्रचारमा प्रयोग गरिएको गाडी र नगद १ लाखसहित ती व्यक्तिहरुलाई जौबारी प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा गाडी चालक गोरखा-११ का दिपेन्द्र सुनार, गोरखा नगरपालिका...
बदर मतदान गर्न प्रचार गर्ने सिके राउतका कार्यकर्ता पक्राउ

बदर मतदान गर्न प्रचार गर्ने सिके राउतका कार्यकर्ता पक्राउ

राजविराज, १० मंसिर । स्थानीय मतदातालाई बदर मतदान गर्न प्रचार प्रसार गरिरहेको अवस्थामा सिके राउतका एक कार्यकर्तालाई शनिबार साँझ प्रहरीले राजविराजबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१ बस्ने ज्ञानेन्द्र खड्गा रहेको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताए । राजविराज–७ स्थित शिवमन्दिर परिसरमा मधेश गठबन्धनले आयोजना गरेको चुनावी सभामा उपस्थित जनसमुदायलाई कोठ...
रोल्पा, बाग्लुङ बझाङ र गोरखामा बम फेला

रोल्पा, बाग्लुङ बझाङ र गोरखामा बम फेला

काठमाडौं, १० मंसिर । प्रतिनिधि सभा र प्रदेश सभाअन्र्तगत पहिलो चरणको निर्वाचनका दिन गोरखा, बाग्लुङ, रोल्पा, बझाङ लगायतका जिल्लामा बम विस्फोट भएका छन् । सरकारले निर्वाचनका लागि उच्च सुरक्षा व्यवस्था मिलाएको दावी गरेपनि सुरक्षा संयन्त्रको आँखा छल्दै ति स्थानमा बम विष्फोटका घटना भएका हुन् । निर्वाचन सम्पन्न गर्न ६४ हजार नेपाली सेना, ६८ हजार नेपाल प्रहरी, ४२ हजार शसस्त्र प्रहरी,९८ हजार म्यादी प्रहरी ...
तिङ्लावासीद्वारा फेरि निर्वाचन बहिस्कार

तिङ्लावासीद्वारा फेरि निर्वाचन बहिस्कार

सोलुखुम्बु, १० मंसिर । स्थानीय निकाय पुनः संरचनामा चित्त नबुझेर आन्दोलनस्वरुप स्थानीय तह निर्वाचनमा मतदान नगरेका सोलुखुम्बुको साबिक तिङ्ला गाविसवासीले यस पटकको निर्वाचनमा पनि यतिबेलासम्म कोही पनि मतदानका लागि गएका छैनन् ।  तिङ्लामा रहेका पाँचवटै मतदान केन्द्रमा बिहान ९ बजेसम्म मतदानका लागि कोही पनि नपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कर्मचारी मतपेटिका राखेर पूरा तयारीका साथ बस...
डा. भट्टराईद्वारा मतदान

डा. भट्टराईद्वारा मतदान

नयाँ शक्ति पार्टीका संयोजक एवं लोकतान्त्रिक गठबन्धनबाट गोर्खा क्षेत्र नं २ प्रतिनिधिसभाका उम्मेदवार डा. बाबुराम भट्टराई पालुङ्गटार– १ खोप्लाङ्गको अन्नपूर्ण मावि मतदान केन्द्रमा मतदान गर्दै ।
नेकपा माओवादीका वरिष्ठ नेता श्रेष्ठद्वारा मतदान

नेकपा माओवादीका वरिष्ठ नेता श्रेष्ठद्वारा मतदान

नेकपा माओवादीका वरिष्ठ नेता एवं वाम गठबन्धनबाट गोर्खा क्षेत्र नं २ प्रतिनिधिसभाका उम्मेदवार नारायणकाजी श्रेष्ठ गोर्खाको सिरानचौक गाउँपालिका- ८ परोपकार आदर्श मावि मतदान केन्द्रमा मतदान गर्दै ।
error: Content is protected !!