नेपालको औपचारिक पोशाक घोषणा गर्न राप्रपा राष्ट्रवादीको माग

नेपालको औपचारिक पोशाक घोषणा गर्न राप्रपा राष्ट्रवादीको माग

काठमाडौं – एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)ले नेपालको औपचारिक पोशाक घोषणा गर्न सरकारसँग माग गरेको छ । पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालको पहिचान झल्कने खालको पोशाकलाई औपचारिक पोशाकको रुपमा घोषणा गर्न सरकारसँग माग गरेका हुन् । पाँचौं राष्ट्रिय पोशाक दिवसको अवसर पारेर सोमबार काठमाडाैंमा आयोजित कार्यक्रममा बोल्दै उअध्यक्ष लोहनीले विभिन्न भाषा र समुदायका मानिसह...
राष्ट्रिय पोशाकको संरक्षण गर्न ताप्लेजुङमा निकालियो प्रभातफेरी

राष्ट्रिय पोशाकको संरक्षण गर्न ताप्लेजुङमा निकालियो प्रभातफेरी

ताप्लेजुङ, १७ पुस । नेपाली पोशाक प्रति नेपालीहरुको नै आकर्षण घट्दै गएको भन्दै ताप्लेजुङका युवाहरुले सोमबार ताप्लेजुङ सदरमुकाममा राष्ट्रिय पोशाकमा सजिएर प्रभातफेरी निकालेका छन् । नेपाली संस्कृतिलाई संक्रमणबाट जोगाउन ‘नेपाली पोसाक’ पहिरीएर विभिन्न जात जातिको झाँकीसहित र्‍यालीले सदरमुकाम फुङ्लिङ बजार परिक्रमा गरेको थियो । प्रभातफेरीमा व्राहृमण, लिम्बु, दमाईलगायत जिल्लामा रहेका विभिन्न जात ज...
सन् २०१७ बारे पर्यटन बोर्डको समीक्षाः बाह्य पर्यटक भित्र्याउन सफल भइयो

सन् २०१७ बारे पर्यटन बोर्डको समीक्षाः बाह्य पर्यटक भित्र्याउन सफल भइयो

काठमाडौँ– नेपाल पर्यटन बोर्डले विभिन्न प्रवद्र्धनात्मक अभियान चलाएर सन् २०१७ मा बाह्य पर्यटक आगमनमा महत्वपूर्ण योगदान पुगेको जनाएको छ ।  बोर्डले ‘भिजिट नेपाल–२०१७’, घुमफिर वर्ष–२०१७’ जस्ता राष्ट्रिय र अन्तर्राष्ट्रिय अभियान चलाएर बढी बाह्य पर्यटक भित्र्याउन सफल भएको हो । सन् १९९८ देखिको १० लाख पर्यटक पुर्याउने लक्ष्य सन् २०१७ मा सार्थक बनाउन सावित भएको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीप...
धनकुटा प्रदेश राजधानी हुनुपर्ने भन्दै बालुवाटारमा धर्ना

धनकुटा प्रदेश राजधानी हुनुपर्ने भन्दै बालुवाटारमा धर्ना

काठमाडौँ– धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्री कार्यालय नजिकै धर्ना दिइएको छ । भूगोल र संरचनागत हिसाबले राजधानीका लागि धनकुटा उपयुक्त हुने भन्दै धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायीलगायतले आज बिहान ८ः३० देखि ११ बजेसम्म धर्ना दिएका हुन् । सोही अवसरमा प्रदेशसभा सांसदहरू इन्द्रमणि पराजुली, कुसुम श्रेष्ठ, लीला श्रेष्ठ, प्रदेश राजधा...
नयाँ वर्ष मनाउन गएकी युवती होटलमै बलात्कृत !

नयाँ वर्ष मनाउन गएकी युवती होटलमै बलात्कृत !

नेपालगञ्ज, १७ पुस । नयाँ वर्ष मनाउन साथीसँग होटलमा पुगेकी एक युवती बलात्कृत भएकी छन् । यो विवादमा सीता एयर नेपालगञ्जका स्टेशन म्यानेजर मनोज गिरी भारती पनि मुछिएका छन् । सुर्खेत घर भएका मनोज लामो समयदेखि सुर्खेतरोडस्थित होटल सिग्नेटमा बस्दै आएका थिए । उनले बेलाबेला एयरलाइन्सका कर्मचारीलाई पनि होटलमा राख्ने गरेका थिए । आइतबार न्यू इयर इभ मनाउन उनले सुर्खेतका ४३ वर्षीय निरज गुरुङका साथै केही महिला...
धनकुटामा प्रादेशिक राजधानी माग्दै बजार बन्द, जनजीवन प्रभावित

धनकुटामा प्रादेशिक राजधानी माग्दै बजार बन्द, जनजीवन प्रभावित

धनकुटा, १७ पुस । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणा गर्न माग गर्दै आज बजार बन्द गरिएको छ । प्रादेशिक राजधानी माग गर्दै धनकुटा बजार, हिले, सिधुवा, पाख्रीवास, जितपुर लगायत जिल्लाका अधिकांस बजार बन्द गरिएको हो । राजधानी माग गर्दै तीन सातादेखि आन्दोलनरत जिल्लाबासीले स्वतस्फुर्त रुपमा बजार बन्द गरी धनकुटालाई प्रादेशिक राजधानी घोषणा गर्न माग गरेका हुँन । धनकुटाका सवै बजार क्षेत्रमा बिहानै देखि बज...
पूर्वाञ्चलमा यो वर्ष ६० जनाको हत्या

पूर्वाञ्चलमा यो वर्ष ६० जनाको हत्या

विराटनगर, १७ पुस। पूर्वाञ्चलमा यस वर्ष ६० जनाको हत्या भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा आज यहाँ आयोजित पूर्वाञ्चलमा मानवअधिकारको अवस्था सार्वजनिकीकरण कार्यक्रममा जनवरी १ देखि डिसेम्बर महिना (२०७३ साल पुस १७ देखि २०७४ पुस १० गते)सम्ममा उक्त हत्या भएको तथ्याङक प्रस्तुत गरिएको छ । उक्त अवधिमा गैरराज्यपक्षबाट २५ महिला र २९ पुरुष गरी ५४ जनाको हत्या भएको छ भने राज्यपक्षबाट ६ जना ...
टोपी दिवसका अवसरमा -याली

टोपी दिवसका अवसरमा -याली

काठमाडाैं- ‘नेपाली टोपी नेपाली पहिचान यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ पाँचौँ राष्ट्रिय टोपी दिवस आज विविध कार्यक्रम गरी मनाइएको छ ।  दिवसका अवसरमा जागरुक युवा अभियानले आज बिहान ¥याली निकालेका छन् । माइतीघरबाट शुरु भएको ¥याली भद्रकाली न्यूरोड हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगी समापन भएको थियो । ¥यालीमा नेपाली राष्ट्रिय पोशाक दौरासुरुवाल र टोपी लगाएर सर्वसाधारणको स्वःस्...
अंग्रेजी नयाँ वर्ष आजदेखि सुरु

अंग्रेजी नयाँ वर्ष आजदेखि सुरु

काठमाडौं, १७ पुस । अंग्रेजी नयाँ वर्ष २०१८ आजबाट सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको शुरुवात भएको हो । अंग्रेजी नयाँ वर्ष पछिल्लो समय युरोप र अमेरिकासँगै विश्वका अधिकांश देशहरुमा मनाउन थालिएको छ । सन्मा सौरमासको गणना हुने तर चान्द्रमासको गणना नहुने भएकाले ज्योतिष शास्त्रअनुसार यो वैज्ञानिक नभएको विभिन्न संवतसम्बन्धी अनुसन्धानमा लागेको डा. शास्त्रदत्त पन्त बताउँछन् । ...
स्वस्थानी व्रत आजदेखि सुरु, यस्तो छ महिमा

स्वस्थानी व्रत आजदेखि सुरु, यस्तो छ महिमा

काठमाडौं, १७ पुस । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन...
आयोग र एमालेको जुहारी, नेता र आयोग पदाधिकारीबीच भनाभन

आयोग र एमालेको जुहारी, नेता र आयोग पदाधिकारीबीच भनाभन

काठमाडौं, १७ पुस । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएको एक महिना नाघिसक्दासमेत निर्वाचन आयोगले परिणाम सार्वजनिक नगरेपछि रुष्ट बनेका एमाले नेता र आयोग पदाधिकारीबीच भनाभन सुरु भएको छ । आयोगले राष्ट्रियसभा निर्वाचनपछि मात्रै प्रतिनिधिसभाको समानुपातिक नतिजा सार्वजनिक गर्ने अडान लिएपछि एमाले नेताहरू रुष्ट बनेका हुन् । हरेकजसो सार्वजनिक कार्यक्रममा एमाले शीर्ष नेताहरू निर्वाचन परिणाम रोक्न ...
बजार बन्द गरेर क्षेत्रीय प्रशासनमा धर्ना दिईने

बजार बन्द गरेर क्षेत्रीय प्रशासनमा धर्ना दिईने

धनकुटा, १६ पुस । धनकुटालाई प्रादेशिक राजधानी घोषणा गर्न माग गर्दै सोमबार (भोली) धनकुटा बजार बन्द गरिने भएको छ । प्रादेशिक राजधानीका लागि आन्दोलनरत धनकुटेलीहरुले बजार बन्द गरेर सरकारलाई राजधानी घोषणा गर्न दवाव दिने भएका हुँन् । बजार बन्द गरेर बिहान ११ बजे मदनचौकमा भेला भई जुलुश प्रदर्शन गर्दै क्षेत्रीय प्रशासन कार्यालयमा पुगेर दिउँसो १२ देखि १ बजेसम्म १ घण्टा धर्ना दिईने आन्दोलन परिचालन समिति संयो...
भेडेटारमा सुरु भयो छैठौ फुड फेष्टिवल

भेडेटारमा सुरु भयो छैठौ फुड फेष्टिवल

धनकुटा, १६ पुस । अंग्रेजी नयाँ बर्षको अवसर पारेर आईतबारदेखि धनकुटाको भेडेटारमा छैठौ भेडेटार फुड फेष्टिवल अर्थात खाना महोत्सव सुरु भएको छ । होटल एशोसिएसन भेडेटारको आयोजनमा सञ्चालित तीन दिने महोत्सवको प्रतिनिधि सभाका सदस्य राजेन्द्र राईले उद्घाटन गरेका छन् । फेष्टिवल उद्घाटन गर्दै सांसद राईले भेडेटारलाई प्रदेश नं.१ को पर्यटकीय केन्द्र वनाउन पहल गर्ने वताएका छन । आर्थिक तथा सामाजिक उत्थानका लागी पर्...
डेढ सय गुप्तचरको जागिर गयो, एआईजीको दरबन्दी थपिँदै

डेढ सय गुप्तचरको जागिर गयो, एआईजीको दरबन्दी थपिँदै

काठमाडौं, १७ पुस । मा कार्यरत डेढ सय जनाले जागिरबाट हात धुनु परेको छ । काम नगरी तलब, भत्ता मात्र बुझ्दै आएको जनशक्तिलाई पाखा लगाइएको विभागका एक उच्च अधिकारीले जानकारी दिए । उनका अनुसार जागिरबाट हटाइएका अधिकांश अधिकृतभन्दा तल्लो तहका छन् । १/२ पटक ‘टास्क’ दिएर काममा चित्तबुझ्दो परिणाम हात नलागेपछि उनीहरुको राजिनामा मागिएको ती अधिकारीले जानकारी दिए । कतिपयलाई भने अनुशासनको कारवाहीसमेत गरिएको थियो...
कांग्रेस महामन्त्रीको घोषणा- अब कांग्रेस बनाउनतर्फ लाग्छु

कांग्रेस महामन्त्रीको घोषणा- अब कांग्रेस बनाउनतर्फ लाग्छु

पोखरा, १६ पुस । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले चुनावमा व्यहोरेको लज्जास्पद पराजयको प्रमुख कारण कमजोर संगठन भएको निश्कर्ष निकाल्दै अब पार्टी सुदृढीकरणमा लाग्ने घोषणा गरेका छन् । पोखरामा आइतबार भएको राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विशेष कार्यक्रमलाई सम्बोधन गर्दै बीपीपुत्र कोइरालाले आफूलाई पार्टीको नेतृत्व र प्रधानमन्त्री बन्नु नपरेको बन्दै आफ्ना पिताको पथमा रहेर पार्टीको संगठन...
राष्ट्रियसभामा ८ प्रकारका मतपत्र, निर्वाचन मितिको पर्खाइमा आयोग

राष्ट्रियसभामा ८ प्रकारका मतपत्र, निर्वाचन मितिको पर्खाइमा आयोग

काठमाडौं, १६ पुस । सरकारले राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेका बेला निर्वाचन आयोगले आठ प्रकारका मतपत्र छाप्नुपर्ने प्रारम्भिक गृहकार्य गरिरहेको छ । दुई किसिमका मतदाताका दुई अलग-अलग मतभार र चार क्लष्टर भएकाले ८ प्रकारका मतपत्रको सम्भावना हुने आयोग प्रवक्ता दिनेश घिमिरे बताउँछन् । राष्ट्रियसभामा प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख गरी २ हजार ५६ जना मतदाता ह...
देउवाले खोले दिल, रानाभाटलाई ७० लाख सहयोग

देउवाले खोले दिल, रानाभाटलाई ७० लाख सहयोग

काठमाडौं– सरकारले आर्थिक सहायताका नाममा बेला बेला राज्यकोषबाट ठुलो रकम वितरण गर्दै आएको छ । यही क्रममा सरकारले कांग्रेस नेता तथा पुर्व सभामुख तारानाथ रानाभाटलाई ७० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ । गत मंसिर ६ गतेको मन्त्रीपरिषद बैठकले रानाभाटलाई यो रकम दिएको हो । पछिल्लो पटक आफु निटक व्यक्ति र संस्थालाई आर्थिक सहयोग दिएको भन्दै सरकारको आलोचना भएको छ । सरकारले राजनीतिक पहुँचका आधारमा ...
धनकुटामा रित्तो थाल ठटाएर राजधानी माग (फोटो फिचरसहित)

धनकुटामा रित्तो थाल ठटाएर राजधानी माग (फोटो फिचरसहित)

धनकुटा, १६ पुस । धनकुटामा प्रादेशिक राजधानी माग गर्दै आज जिल्लाबासीले रित्तो थाल ठटाएर प्रदर्शन गरेका छन् । १ नम्बर प्रदेशको राजधानी माग गर्दै तीन सातादेखि आन्दोलनरत जिल्लाबासीले सांकेतिक रुपमा रित्तो थाल ठटाउँदै धनकुटा बजारमा प्रदर्शन गरेका हुँन् । राजधानी नभएमा धनकुटाबासीको थाल रित्तो हुँने संकेत गर्दै सरकारको ध्यानाकर्षण गराउँन रित्तो थाल जुलुश प्रदर्शन गरिएको हो ।राजनीतिक दलका नेताहरुको अगुवा...
आईसीपी निर्माणः भारततिर सञ्चालनमा, नेपालमा २० प्रतिशत मात्र काम

आईसीपी निर्माणः भारततिर सञ्चालनमा, नेपालमा २० प्रतिशत मात्र काम

विराटनगर, १६ पुस । मुलुकको मुख्यमध्येको भन्सार नाका रानी भन्सारमा भारततर्फ एकीकृत जाँच केन्द्र (आईसीपी) सञ्चालनमा आइसक्दा नेपालतर्फ २० प्रतिशत मात्र निर्माण सकिएको छ । ५ अगस्ट २००५ मा उक्त आईसीपी निर्माणसम्बन्धि सम्झौता भएको थियो, दुई मुलुकबीच । भारततर्फ जोगवनी र नेपालतिर मोरङको बुधनगरमा भारत सरकारले नै आईसीपी निर्माण गर्ने सम्झौता छ । नेपालतर्फको निर्माणका लागि एक सय ६९ बिघा भारतीय पक्षलाई उपल...
क्लबमा अनमोलको डान्स, ‘कृ’ को ‘यति यति पानी’ बोलको गीत सार्वजनिक

क्लबमा अनमोलको डान्स, ‘कृ’ को ‘यति यति पानी’ बोलको गीत सार्वजनिक

काठमाण्डौ, १६ पुस । यो बर्षकै प्रतिक्षित चलचित्र ‘कृ’को ट्रेलरले युटुब र सामाजिक संजालमा हंगामा मच्चायो । नायक अनमोल केसीको बदलिएको गेटअपले दर्शकलाई अचम्मित मात्र बनाएन, चलचित्रलाई नै प्रतिक्षित बनाइदियो । युटुबमा करिब एक साता नम्बर १ ट्रेन्डिङमा रहेको चलचित्रको ट्रेलरलाई अधिकांश दर्शकले रुचाएका छन् । ट्रेलरले युटुबमा हंगामा मच्चाएको करिब ३ सातापछि यसको निर्माणपक्षले चलचित्रको पहिलो गीत सार्वजन...
विवादकै बीच प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने सरकारको तयारी

विवादकै बीच प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने सरकारको तयारी

  काठमाडौं– राष्ट्रिय सभा निर्वाचनका लागि अध्यादेशको गाँठो फुकेपनि सरकार र दलहरु प्रदेश राजधानी र प्रदेश प्रमुखबारे कुनै छलफल हुन सकेको छैन । एमाले सचिव योगश भट्टराइले यसबारे सत्तापक्षले आफूहरुसँग अहिलेसम्म कुनै छलफल गरेको आफुलाई थाहा नभएको बताए । तर, सरकारले भने यो साता भित्र सातै प्रदेशको प्रमुख र ती प्रदेशको अस्थायी मुकाम (राजधानी) तोक्ने जनाएको छ । दुवै काम एक अर्कासँग अन्तरसम्बन्ध...
पाँचौँ राष्ट्रिय पोल्ट्री दिवस चितवनमा मनाइने

पाँचौँ राष्ट्रिय पोल्ट्री दिवस चितवनमा मनाइने

चितवन, १६ पुस,। पाँचौँ राष्ट्रिय पोल्ट्री दिवस विशेष कार्यक्रमका साथ पूर्वी चितवनमा मनाइने भएको छ । पाँच वर्ष अघि २०७० सालमा सरकारले पुस १७ गतेलाई पोल्ट्री दिवस मनाउने निर्णय गरेको थियो । नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष एवं पाँचौँ राष्ट्रिय पोल्ट्री दिवसका संयोजक डा होमबहादुर बस्नेतले यस वर्षको पोल्ट्री दिवसमा पोल्ट्री क्षेत्रको विकाससंग सम्बन्धित गोष्ठी गरिने उनले बताए ।यसअघि ¥यालीको आयोज...
धनकुटालाई प्रादेशिक राजधानी बनाउँन माग गर्दै काठमाण्डौमा धर्ना

धनकुटालाई प्रादेशिक राजधानी बनाउँन माग गर्दै काठमाण्डौमा धर्ना

काठमाण्डौं, १६ पुस । धनकुटालाई प्रादेशिक राजधानी बनाउँन माग गर्दै आज राजधानीको माईतीघर मण्डलामा धर्ना दिईएको छ । धनकुटाबाट प्रतिनिधित्व गर्ने सांसदसहितको टोलीले दुई घण्टा धर्ना दिएको हो । बिहान ८ देखि १० बजेसम्म धर्ना दिएर राजधानी बनाउँन दवाव दिईएको आन्दोलन संघर्ष समिति संयोजक उमेश घिमिरेले जानकारी दिए । धर्नामा धनकुटाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभाका सांसद ईन्द्रमणी पराजुली, कुसुम श्रेष्ठ, ब...
नवलपरासीमा चिसोका कारण जनजीवन प्रभावित

नवलपरासीमा चिसोका कारण जनजीवन प्रभावित

नवलपरासी, १६ पुस। विगत केही दिनयता बढेको कठ्याङ्ग्रिने चिसोका कारण नवलपरासी पश्चिमको दक्षिणी सीमावर्ती क्षेत्रको जनजीवनमा प्रत्यक्ष असर परेको छ । घाम नलागेर चिसो बतास चलेपछि निम्न आयस्रोत भएको र विपन्न मजदुर वर्ग बढी प्रभावित भएका छन् । चिसोका कारण विपन्न र गरिब परिवार दिनभरि नै आगो तापेर बस्न बाध्य भएका छन् भने किसान चिसोका कारण खेतमा काम गर्न जान नसकेको सुस्ताका छोटे खानले बताए । चिसो र शीतलह...
दक्षिण कोरियामा कामदारको तलब वृद्धि

दक्षिण कोरियामा कामदारको तलब वृद्धि

काठमाडौं–दक्षिण कोरियामा कामदारको तलब वृद्धि भएको छ । सन् २०१८ का लागि सरकारले  तलबमा १६.४ प्रतिशतले वृद्धि गरेको छ ।जुलाईको अन्तिममा ज्याला निर्धारण समितिको बैठकले तलब बढाउने निर्णय गरेको थियो । गत अगस्टमा मन्त्रीपरिषदले अनुमोदन गरेको ज्यालादर  नयाँ वर्षसँगै लागु हुनेछ । निर्धारित नयाँ पारिश्रमिक अनुसार  कामदारको तलब प्रतिघण्टा ७५३० कोरियन वन  भएको छ । दैनिक आठ घण्टाको न्यूनतम तलब १५ लाख ७३ हज...
निर्वाचन आयोगको भूमिका शंकास्पद रहेको एमाले निष्कर्ष

निर्वाचन आयोगको भूमिका शंकास्पद रहेको एमाले निष्कर्ष

काठमाडौं, १६ पुस। नेकपा एमालेले निर्वाचन आयोगको नियतमाथि आशंका उब्जिएको बताएको छ । उसले ताजा जनादेश अनुरुप नयाँ सरकार गठनमा सत्तापक्ष र आयोग असहयोगी भूमिकामा प्रस्तुत भएको आरोप लगाएको छ । आयोगले ‘कतैको दबाब’मा परेर प्रतिनिधिसभाको निर्वाचन परिणाम रोकेर राखेको आशंका एमालेले गरेको छ । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको एक महिना पुग्न लाग्दा पनि आयोगले समानुपातिकतर्फको नतिजा लुकाएर राखेको एमाले स...
पशुपति सफाइको कुची खेम्स क्लिनिङको हातमा, ३ महिनामै फेरियो हुलिया

पशुपति सफाइको कुची खेम्स क्लिनिङको हातमा, ३ महिनामै फेरियो हुलिया

काठमाडौं, १६ पुस। ‘आहा, सफा भएछ पशुपतिनाथ क्षेत्र त’, शनिबार पशुपतिनाथ दर्शनका लागि पुगेका काठमाडौँको हाँडीगाउँका रामचन्द्र अर्यालले भने । ब्रम्हनालपट्टिबाट मन्दिर उक्लिएका उनले मन्दिरका तामाका पाला परबाटै टल्किएको देखेपछि यस्तो प्रतिक्रिया दिएका हुन् । करिब ४० वर्षदेखि प्रायः दैनिक पशुपतिनाथ दर्शनमा जानुहुने ७३ वर्षीय अर्याल शनिबार भने दुई महिनापछि पुगेका थिए । शनिबार बिहानै पशुपति दर्शनमा पु...
धनकुटा नगरपालिकाले प्रादेशिक राजधानीका लागि सवै बजेट खर्च गर्ने

धनकुटा नगरपालिकाले प्रादेशिक राजधानीका लागि सवै बजेट खर्च गर्ने

धनकुटा, १५ पुस । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले धनकुटालाई प्रादेशिक राजधानी बनाउँन सरकार तयार भएमा नगरपालिकाको बार्षिक सवै बजेट राजधानीका लागि आवश्यक पूर्वाधार बिकासमा खर्च गर्ने बताएका छन् । धनकुटा महिला बचत तथा ऋण सहकारी सस्थाको पाँचौ बार्षिक साधारणसभालाई संबोधनका क्रममा उनले यस्तो बताएका हुन् । प्रादेशिक राजधानीका लागि धनकुटामा आवश्यक पूर्वाधार नभएको हल्ला फिजाईएको प्रति गुनासो गर्द...
भेडेटारमा ‘फुड फेष्टिवल’ को तयारी पुरा

भेडेटारमा ‘फुड फेष्टिवल’ को तयारी पुरा

धनकुटा, १५ पुस । अंग्रेजी नयाँ बर्षको अवसर पारेर भोलीदेखि धनकुटाको भेडेटारमा सुरु हुँने छैठौ भेडेटार फुड फेष्टिवल अर्थात खाना महोत्सवको तयारी पुरा भएको छ । फेष्टिवलका लागि स्टल, तोरन बत्ति, स्टेज लगायतको सम्पूर्ण तयारी पुरा भएको आयोजक होटल एशोसिएसन भेडेटारका सचिव जितेन्द्र रुम्दालीले संगालोखबरलाई जानकारी दिएका छन् । आर्थिक तथा सामाजिक उत्थानका लागी पर्यटन, होटल व्यवसाय, होमस्टे र अन्य व्यापार व...
अपराधको घीनलाग्दो रुपः महिलालाई नांगेझार पारेर पैसा मागियो

अपराधको घीनलाग्दो रुपः महिलालाई नांगेझार पारेर पैसा मागियो

काठमाडौं, १५ पुस ।  मितमाआको घर हिँडेकी महिलालाई नग्न बनाई झापा जिल्लास्थित चियाबारीमा लुकाएर रकम माग गर्ने समूहका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । एकजना फरार छन् । पीडित महिलालाई प्रहरीले नग्न अवस्थामा उद्धार गरेको छ । प्रहरीका अनुसार इलामकी ३५ वर्षीया ‘फ कुमारी’ (परिवर्तित नाम) मितभाइसँग मोटरसाइकलमा बिर्तामोड आएकी थिइन् । यही क्रममा झापाको अर्जुनधारा नगरपालिका ११ स्थित गिरीबन्धु चियाबगा...
धनकुटामा राजधानी माग्दै रित्तो थाल ठटाएर प्रदर्शन गरिने, नेताको अगुवाईमा आन्दोलन हुँने

धनकुटामा राजधानी माग्दै रित्तो थाल ठटाएर प्रदर्शन गरिने, नेताको अगुवाईमा आन्दोलन हुँने

धनकुटा, १५ पुस । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन माग गर्दै आन्दोलित जिल्लावासीले आईतबार (भोली) धनकुटा बजारमा रित्तो थाल ठटाएर प्रर्दशन गर्ने भएका छन् । प्रादेशिक राजधानी संर्घष समितिको आज अपरान्ह बसेको वैठकले सांकेतिक रुपमा रित्तो थाल ठटाएर प्रदर्शन गर्ने निर्णय गरेको हो । दिउँसो १२ बजे मदनचौकमा भेला भएर रित्तो थाल ठटाएर बजारमा प्रदर्शन गर्ने निर्णय भएको बैठकमा सहभागि एमाले प्रचार बिभाग...
error: Content is protected !!