प्रदेश नं २ मा सरकारको गठजोडमा मधेश केन्द्रित दल

प्रदेश नं २ मा सरकारको गठजोडमा मधेश केन्द्रित दल

काठमाडौँ, १३ माघ। तराई–मधेश केन्द्रित राजनीतिक दलले प्रदेश नं २ मा सरकार गठनका लागि वार्ता र छलफललाई तीव्रता दिएका छन् । प्रदेश सरकारका लागि गठजोडमा रहेका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पदीय भागबण्डाका विषयमा अनौपचारिक रुपमा केही खाका तयार पारे पनि त्यसलाई मूर्तरुप भने दिन सकेका छैनन् । मुख्यमन्त्री, सभामुखलगायतका पद बाँडफाँडबारे छलफल चलिरहेको तर ठोस सहमतिमा पुग्...
विद्यालय र बालबालिका क्षेत्रमा ३५ लाख बजेट

विद्यालय र बालबालिका क्षेत्रमा ३५ लाख बजेट

इलाम, १३ माघ। माङ्सेबुङ गाउँपालिकाको प्रथम गाउँसभाले विद्यालय सुधार कार्यक्रम तथा बालबालिका क्षेत्रमा रु ३५ लाख बजेट पारित गरेको छ । गाउँ कार्यपालिकाको बिहीबार बसेको बैठकले एसइइ कक्षा सञ्चालन, अंग्रेजी माध्ययमा कक्षा सञ्चालनका लागि प्रोत्साहन, धार्मिक विद्यालयलाई अनुदान, विद्यालय दिवा खाजा र बालबालिकाका क्षेत्रका अन्य कार्यक्रमका लागि रु ३५ लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष डिकेन्द्र ...
जीप दुर्घटनामा दुईको मृत्यु

जीप दुर्घटनामा दुईको मृत्यु

पाँचथर, १३ माघ। याङवरक गाउँपालिका वडा नं ३ ओयामको भञ्ज्याङमा शुक्रबार राति भएको सवारी दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सवारी चालक स्थानीयवासी १८ वर्षीय प्रवेश योङ्या र १६ वर्षीय सन्दीप योङ्या छन् । दुर्घटनामा परेर याङ्वरक–३ बस्ने छ जना घाइते भएकामा जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि झापाको बिर्तामोडतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक...
जोखिमपूर्ण बस्तीका परिवारलाई जग्गा

जोखिमपूर्ण बस्तीका परिवारलाई जग्गा

नुवाकोट, १३ माघ।  भूकम्पले बस्ती जोखिममा परी विस्थापित लच्याङका १४ परिवारलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जग्गा गरिद गरी पुनःस्थापना शुरु गरेको छ । जोखिमपूर्ण बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा पुनःस्थापनाका लागि हल्देकालिकाको गोठडाँडामा जग्गा खरिद गरी एकीकृत बस्ती निर्माण शुरु गरिएको पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका निमित्त प्रमुख वेदप्रसाद गौडेलले जानकारी दिनुभयो ।...
धनुषामा सुमो दुर्घटना हुँदा ६ जनाको ज्यान गयो, ४ जना घाइते

धनुषामा सुमो दुर्घटना हुँदा ६ जनाको ज्यान गयो, ४ जना घाइते

धनुषा, १३ माघ। काठमाडौंबाट झापा जान लागेको बा ९ च ३३१४ नम्बरको टाटा सुमो धनुषाको गणेशमान चारनाथ -८ पोर्तहा भन्ने ठाऊँमा आज बिहान ३ बजे दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । ४ जना घाइते छन्। मृतकहरु सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी चक्रबहादुर सिंहले बताए । मृत्यु हुनेमा विराटनगरका शारदा रेग्मी दाहाल, खोटाङ निर्मलडाँडाका ज्ञानबहादुर चौहान, मोरङका बलराज न्यौपाने, मोरङ लेटाङ ८ क...
मनाङमुस्ताङका पर्यटन व्यवसायी ट्राउट माछापालनमा

मनाङमुस्ताङका पर्यटन व्यवसायी ट्राउट माछापालनमा

ललितपुर, १३ माघ।  हिमाली जिल्ला मनाङ, मुस्ताङ र सोलुखुम्बुका पर्यटन व्यवसायीले ट्राउट माछा पाल्न थालेका छन् । एशियाली विकास बैंकको सहयोगमा सञ्चालित उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार परियोजनामार्फत ती जिल्लाका किसानले माछा पाल्न थालेका छन् । पर्यटन र स्थानीय आत्मनिर्भरताको उद्देश्यले ट्राउट पालन कार्यक्रम शुरु भएको परियोजनाका निर्देशक विजयकान्त झाले बताउनुभयो । एघार जिल्लामा ट्र...
सबै प्रदेशमा सिटिइभिटीका नमूना प्राविधिक शिक्षालय

सबै प्रदेशमा सिटिइभिटीका नमूना प्राविधिक शिक्षालय

भक्तपुर, १३ माघ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)ले सातैै प्रदेशमा अधिकारसम्पन्न प्रादेशिक कार्यालय स्थापना गरी कम्तीमा एउटा नमूना प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । सिटिइभिटीले शुक्रबार आयोजना गरेको ‘संघीय संरचनामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्’ विषयको अन्तक्र्रियामा सिटिइभिटीका सदस्य सचिव पुष्परमण वाग्लेले सिटिइभिटीले सञ्चालन गर्ने कार्यक्रमको गुण...
नेपाली हिमालकी ‘गुगल’ एलिजाबेथ रहिनन्

नेपाली हिमालकी ‘गुगल’ एलिजाबेथ रहिनन्

काठमाडौं, १३ माघ। नेपाली हिमाल, हिमशृंखला र आरोहण गतिविधिबारे सम्भवतः सबैभन्दा बढी जानकार अमेरिकी नागरिक एलिजाबेथ हलेको बिहीबार निधन भएको छ। आधुनिक र सूचना प्रविधिको अंग्रेजी शब्दावली सापटी लिने हो भने नेपाली हिमालकी ‘गुगल’ मानिने एलिजाबेथसँग जति जानकारी थियो, त्यति सायदै अरू कोहीसँग होला । ‘एलिजाबेथसँग नेपालका हिमाल, हिमशृंखला र आरोहण गतिविधिबारे असाध्यै धेरै ज्ञान र जानकारी थियो, उहाँले आफ्नो...
राष्ट्रिय सभा निर्वाचन आचारसंहिता लागू

राष्ट्रिय सभा निर्वाचन आचारसंहिता लागू

काठमाडौं, १३ माघ। राष्ट्रिय सभा निर्वाचनका लागि शुक्रबारदेखि आचारसंहिता लागू भएको छ । अब सरकारले दीर्घकालीन प्रभाव पार्ने कार्यक्रम सुरु गर्न, कर्मचारी सरुवा–बढुवा र नियुक्ति गर्न पाउनेछैन । प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले आचारसंहिता कार्यान्वयनमा सहयोग गर्न सरकार र अन्य सबै पक्षलाई आग्रह गरेका छन् । मत बदर कम गर्न अभियान निर्वाचन आयोगले मतदाता शिक्षा अभियान सुरु गरेको छ । राष्ट्रिय सभा न...
ओख्रेमा भ्यूटावर बनेपछि पर्यटकको आकर्षण

ओख्रेमा भ्यूटावर बनेपछि पर्यटकको आकर्षण

धनकुटा, १२ माघ । धनकुटाको साँगुरीगढी गाउँपालिका–५ ओख्रे थामडाँडामा भ्यूटावर निमार्ण भएपछि आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम वढेको छ । ओख्रे भ्यूटावर निमार्ण भएपछि ओख्रे बजारमा चहलपहल वढ्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकहरुको गन्तव्य स्थल वनेको छ । भ्यूटावरसहित पर्यटकीय पुर्वाधार निमार्णका लागी पर्यटन मन्त्रालय मार्फत पर्यटन कार्यालय काकडभिट्टाले ४० लाख लगानी गरि सकेको छ । ओख्रे बजारवाट करिव २५ ...
काँग्रेस नेता पौडेलद्वारा संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई

काँग्रेस नेता पौडेलद्वारा संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई

दमौली, तनहुँ, १२ माघ।  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ उद्योग वाणिज्य संघको १५आँै अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई आज दमौलीमा बधाई दिनुभएको छ । सो अवसरमा प्रदेश नं ४ अन्तर्गत पर्ने तनहुँ जिल्लालाई व्यापारिक केन्द्र बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । कृषि, पर्यटन, जलस्रोत र उद्योग कलकारखानाको प्रशस्त सम्भावना रहेको भन्दै तनहुँलाई विकासमा अगाडि बढाउन सबै लाग्नुपर्ने उहाँ...
गणतन्त्र दिवसमा भारतीय सैनिकको परेड प्रदर्शन

गणतन्त्र दिवसमा भारतीय सैनिकको परेड प्रदर्शन

नयाँदिल्ली, १२ माघ।  भारतमा ६९औँ गणतन्त्र दिवसको अवसरमा शुक्रबार भारतीय सैनिकहरूले भव्य परेड प्रदर्शन गरेका छन् । केन्द्रीय राजधानी नयाँदिल्लीमा बिहान परेड प्रदर्शन गर्ने बेलामा शहरभरी उल्लेख्य मात्रामा सुरक्षा व्यवस्था गरिएको थियो । सुरक्षा चुनौतीका कारण झण्डै ६० हजार सुरक्षाकर्मी, केही सैन्य विमान र अन्य सुरक्षाकर्मी पनि परिचालन गरिएको थियो । राजधानी दिल्लीको राजपथमा भारतीय सैनिकका वि...
अविरल जनसाहित्य यात्रामा साहित्यकार नेपाल

अविरल जनसाहित्य यात्रामा साहित्यकार नेपाल

काठमाडौँ, १२ माघ। राष्ट्रिय जनसांस्कृतिक महासंघको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा सञ्चालित ‘अविरल जनसाहित्य यात्रा’ को ४३ औँ शृङ्खलामा आज साहित्यकार एवं राजनीतिज्ञ प्रदीप नेपालका एक दर्जन प्रतिनिधि कविता प्रस्तुत गरिएको छ । साहित्यकार नेपालले ‘बिदाइ १’, ‘बिदाइ २’ र ‘अन्तर्राष्ट्रिय गीत’ शीर्षकका आफ्ना कवितावाचन गर्नुभएको थियो भने उहाँका केही कविता अन्य कविले वाचन गर्नुभएको थियो । उ...
उपाधिका लागि थ्रीस्टार र मनाङ भिड्ने

उपाधिका लागि थ्रीस्टार र मनाङ भिड्ने

इटहरी, १२ माघ।  यहाँ जारी मदन भण्डारी मेमोरियल इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधिका लागि शनिबार चिरपरिचित प्रतिद्वन्द्वी थ्रीस्टार र मनाङ मस्र्याङदी क्लब भिड्ने भएका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उपाधिका लागि आफूलाई पूर्ण दावेदार प्रस्तुत गर्दै त्यही मुताविकको तयारीलाई तीव्रता दिइरहेको थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले जानकारी दिनुभयो । थ्रीस्टार त्रिभुवन आर्मीलाई ट्राइ...
‘सरकार गठन र पार्टी एकता हुन नदिन षड्यन्त्र’

‘सरकार गठन र पार्टी एकता हुन नदिन षड्यन्त्र’

भक्तपुर, १२ माघ। नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले वाम गठबन्धनको सरकार बन्न र पार्टी एकता हुन नदिन अझै पनि षड्यन्त्र भइरहेको बताउनुभएको छ । अनेरास्ववियु भक्तपुरको १८ औँ सम्मेलनका क्रममा उहाँले यस्ताखाले षड्यन्त्रलाई चिर्दै आगामी फागुन पहिलो सातासम्म नयाँ सरकार गठन र पार्टी एकता गर्न कसैले रोक्न नसक्ने बताउनुभयो । कार्यक्रममा प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य महेश बस्नेतले अबको १० वर्...
पीडितलाई सहुलियत ब्याजदरको ऋण दिन निर्देशन

पीडितलाई सहुलियत ब्याजदरको ऋण दिन निर्देशन

  काठमाडौँ, १२ माघ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका लागि सहुलियत दरको ऋण उपलब्ध गराउन सम्बन्धीत निकायका अधिकारीलाई निर्देशन दिएको छ । प्राधिकरणमा आज अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकर्स एसोसिएसनका प्रतिनिधिसँगको छलफलपछि यस्तो निर्देशन दिइएको हो । हालसम्म प्रमाणित भएका सात लाख ६७ हजार भूकम्पपीडितमध्ये ६५९ पीडितले मात्र यो सुविधा पाएका छन् । छलफलमा प्राधिकरणका...
मेलम्चीको पानी चैत १५ सम्ममा राजधानीमा ल्याउने

मेलम्चीको पानी चैत १५ सम्ममा राजधानीमा ल्याउने

काठमाडौँ, १२ माघ। मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खस्नेबित्तिकै उपत्यकामा वितरणका लागि तयारी भइरहेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले यहाँ आज गरेको पत्रकार सम्मेलनमा ७७ किमी थोक वितरण प्रणालीमध्ये ६७ किमी पाइप बिच्छ्याइ सकिएको जानकारी दिइयो । यसैगरी ६७० किमी वितरण सञ्जालमध्ये ६४४ किमी पाइप बिच्छ्याइएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले ब...
प्यालेस्टिनीलाई सहयोग रोक्ने चेतावनी

प्यालेस्टिनीलाई सहयोग रोक्ने चेतावनी

डाभोस, स्वीट्जरल्याण्ड, १२ माघ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले प्यालेस्टाइनलाई दिँदै आएको सहयता रकम रोक्ने चेतावनी दिनुभएको छ । हाल अमेरिकाको नेतृत्वमा भइरहेका शान्ति प्रयासहरुमा सहभागीता नजनाएसम्म उक्त रकम रोक्ने जानकारी दिनुभएको समाचारमा जनाइएको छ । राष्ट्रपति ट्रम्पले प्यालेस्टिनीहरू वार्तामा आउनुपर्नेमा जोड दिनुभयो । उनीहरु शान्ति वार्तामा नआए शान्ति प्रयास...
तीसवर्षीय सेवावधि खारेज गर्न निवेदन

तीसवर्षीय सेवावधि खारेज गर्न निवेदन

काठमाडौँ, १२ माघ । नेपाल राष्ट्र बैंकको कर्मचारी विनियमावलीको व्यवस्थानुसार तीसवर्षीय सेवावधिसम्बन्धी व्यवस्था खारेज गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । लोकसेवा आयोग र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाई बैंकका सहायक निर्देशकहरु पुण्यप्रसाद बराल, रवि भण्डारी र उदयकुमार मण्डलले आइतबार दायर गरेको निवेदनमा बैंकको सो विनियमावलीको व्यवस्थाअनुसार ३० वर्षीय सेवावधिसम्बन्धी व्यवस्था खारेज...
तीन वटा ट्रक एकापसमा ठोक्किँदा एकको मृत्यु, चार घाइते

तीन वटा ट्रक एकापसमा ठोक्किँदा एकको मृत्यु, चार घाइते

लहान, १२ माघ ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–४ अमहास्थित सडकमा आज दिउँसो तीन वटा मालबाहक ट्रक एकआपसमा ठोक्किँदा एकजना चालकको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । पूर्वबाट पश्चिम जाँदै गरेको ना४ख ५५६६ ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना२ख ८७३० तथा ना७ख १८३५ नंको ट्रक एकापसमा ठोक्किँदा ट्रक चालक उदयपुर त्रियुगा नगरपालिका–४ का कविराम माझीको घटनास्थलमै मृत्यु भएको इलाक...
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले शुरु गरयो पिएचडी कार्यक्रम

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले शुरु गरयो पिएचडी कार्यक्रम

सुर्खेत, १२ माघ। मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पहिलो पटक विद्यावारिधि ९पिएचडी० कार्यक्रममा शुरु गरेको छ । आज वीरेन्द्रनगरमा एक समारोहबीच विश्वविद्यालयले व्यवस्थापन संकायमा पिएचडी कार्यक्रम शुभारम्भ गरेको हो । कार्यक्रमको उद्घाटन गर्दैै प्रदेश नं ६ का प्रदेश प्रमुख दुर्गाकेशर खनालले २५ वर्ष पुराना विश्वविद्यालयले सञ्चालन गर्न नसकेको कार्यक्रम मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सञ्चालन गर्न लाग...
खुकुलो मापदण्डपछि होटलमा लगानी बढ्दै

खुकुलो मापदण्डपछि होटलमा लगानी बढ्दै

काठमाडौँ, १२ माघ।  सरकारले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि होटल व्यवसायमा खुकुलो मापदण्ड तय गरेपछि पछिल्लो दिनमा सो क्षेत्रमा लगानी गर्नेहरु बढ्दै गएका छन् । पर्यटन विभागका अनुसार पर्यटन क्षेत्रको महत्वपूर्ण पूर्वाधारका रुपमा रहेको होटल, रेष्टुराँ तथा रिसोर्टको संख्या बढेर एक हजार २०० पुगेका छन् । यस्तै १०० वटा नयाँ होटल थपिने क्रममा रहेको छ । हाल होटलको ‘बेड’ संख्या ४२ हजार रहेको छ । ल...
भन्सार प्रशासनलाई सुधार्न जोड

भन्सार प्रशासनलाई सुधार्न जोड

काठमाडौँ, १२ माघ। भन्सार प्रशासनमा देखिएको समस्यालाई सुधार गरी अन्तर्राष्ट्रिय मापदण्डमा पु¥याउनुपर्नेमा जोड दिइएको छ । छैसट्ठीयौँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा विभागले आज यहाँ आयोजना गरेको कार्यक्रमका वक्ताले भन्सार विन्दुलाई प्राविधिक एवं प्रशासनिक रुपमा सुधार गर्नुपर्नेमा जोड दिएका हुन् । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भन्सारमा देखिएको न्यूनविजकीकरण, चोरी पैठारीजस्ता समस्...
शहीद घोषणाको बाँदरमुढे पीडितद्वारा स्वागत

शहीद घोषणाको बाँदरमुढे पीडितद्वारा स्वागत

चितवन, १२ माघ। बाँदरमुढे घटना पीडित समितिले उक्त घटनाका मृतकलाई सरकारले शहीद घोषणा गरेकामा स्वागत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विसं २०६२ जेठ २३ गते जिल्लाको माडीस्थित बाँदरमुढे खोलामा यात्रुबाहक बसमा भएको बम विस्फोटमा परी मारिएका ३८ जनालाई शहिद घोषणा गरेकामा समितिले आज एक विज्ञप्ति प्रकाशित गरी स्वागत गरेको हो । समितिका अध्यक्ष मुक्तिनाथ न्यौपानेद्वारा जारी विज्ञप्तिमा लामो...
लक्ष्यभन्दा २२ करोड बढी राजश्व संकलन

लक्ष्यभन्दा २२ करोड बढी राजश्व संकलन

दाङ, १२ माघ। आन्तरिक राजश्व कार्यालय, दाङले चालू आर्थिक वर्ष २०७४/७५ को छ महिनामा रु ८५ करोड २६ लाख ७१ हजार राजश्व संकलन गरेको छ । राजश्व कार्यालयले पुस मसान्तसम्म विभिन्न शीर्षकमा लक्ष्यभन्दा रु २२ करोड ७२ लाख ५४ हजार बढी राजश्व संकलन गरेको हो । राजश्व कार्यालयले छ महिनाको अवधिमा रु ६२ करोड ५४ लाख १७ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । चालू आवको पुस मसान्तसम्म आन्तरिक राजश्व कार्य...
आलेख : नमूना बन्दै सामुदायिक विद्यालय

आलेख : नमूना बन्दै सामुदायिक विद्यालय

काठमाडौँ, १२ माघ।  तनहुँको दमौलीस्थित निर्मल माविमा अङ्ग्रेजी माध्यमबाट पढाउन थालिएपछि विद्यार्थी बढेका छन् । गत वर्ष कक्षा १ देखि १२ सम्म ७५० विद्यार्थी रहेकामा यो वर्ष ८१६ पुगेको छ । यो नेपाल सरकारको छनोटमा परेको नमूना सामुदायिक विद्यालय पनि हो । विद्यालय सञ्चालनका लागि पर्याप्त शिक्षक दरबन्दी नहुँदा विद्यालयले अभिभावकसँग चन्दा सहयोगका नाममा शुल्क भने लिँदै आएको छ । यहाँ चार सयदेखि सात सयसम्म म...
टहरामै गाउँपालिका, विषयगत कार्यालय एकै कक्षबाट सेवा दिँदै

टहरामै गाउँपालिका, विषयगत कार्यालय एकै कक्षबाट सेवा दिँदै

डडेल्धुरा, १२ माघ।  स्थानीय निकायको निर्वाचन सकिएको छ महिनाभन्दा बढी बितिसक्दा पनि डडेल्धुराका धेरै गाउँपालिका टहरामै रहेका छन् भने कतिपय सरकारी कार्यालयले कार्यालय नै स्थापना गर्न सकेका छैनन् । कर्मचारी व्यवस्थापनदेखि कार्यालय स्थापनाको काम भइरहेको जनाए तापनि डडेल्धुरामा रहेका दुई नगरपालिका र पाँच गाउँपालिकामध्ये सबै गाउँपालिकालाई कार्यालय स्थापनाका लागि टहरा निर्माण गर्नु परिरहेको निर्वाचित प...
दक्षिण कोरियाको एक अस्पतालमा भीषण आगलागी, ४१ जनाको ज्यान गयो, कैयौँ घाइते

दक्षिण कोरियाको एक अस्पतालमा भीषण आगलागी, ४१ जनाको ज्यान गयो, कैयौँ घाइते

सोल, १२ माघ । दक्षिण कोरियाको एक अस्पतालमा शुक्रबार भएको भीषण आगलागीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको समाचार छ । दक्षिण कोरियाको सुदुर दक्षिणी क्षेत्र मिरियाङमा अवस्थित एक सरकारी अस्पतालमा भएको सो आगलागी यहाँ गएको १५ वर्षपछिको सबैभन्दा खतरनाक आगलागी हो । यस आगलागीमा परी अरु कम्तीमा पनि ८० जना नराम्रारी घाइते भएका समाचारमा जनाइएको छ । तीमध्ये कतिपयको अवस्था गम्भीर रहेको छ । दक्षिण कोरिय...
पर्यटन क्षेत्र विस्तारका लागि एक करोड ७३ लाख

पर्यटन क्षेत्र विस्तारका लागि एक करोड ७३ लाख

रत्ननगर, चितवन, १२ माघ।  पूर्वी चितवनको खैरहनी नगरपालिकाले पर्यटन क्षेत्र विस्तारका लागि रु एक करोड ७३ लाख बजेट विनियोजन गरेको छ । उक्त नगरपालिकाले सौराहा र कुमरोजलाई जोडेर अन्य क्षेत्रमा समेत पर्यटन विस्तार गर्ने काम शुरु गरेको खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले जानकारी दिनुभयो । पर्यटन विस्तारका लागि रु एक करोड ७३ लाख बजेट छुट्याइएको छ । पर्यटनका हिसाबले सौराहाबाट कुमरोज जोडिएको र त्...
चारलेन सडक निर्माण, दुई सय परिवारको उठीबास हुने

चारलेन सडक निर्माण, दुई सय परिवारको उठीबास हुने

गौशाला, १२ माघ । महोत्तरीको सम्सी–गौशाला–माईस्थान सडकखण्ड चारलेन बनाउने कार्य तिब्रगतिमा अगाडि बढे पनि सो क्षेत्रका बैरिया र शेरहा गाउँका करिब दुई सय घरपरिवारको उठीबास हुनेभएको छ । सो सडकखण्ड चारलेन बन्ने भएपछि औरही नगरपालिकाअन्तर्गत बैरिया र शेरहा गाउँका दुई सय घरपरिवारको उठीबास हुनेभएको हो । सम्सी–गौशाला–माईस्थान सडकखण्डको स्तरन्नोतिका लागि सरकारले लामा ‘डाँफे गोल्डेन गुड’ नामक न...
व्यापार घाटा एक खर्ब ८२ अर्ब

व्यापार घाटा एक खर्ब ८२ अर्ब

पर्सा, १२ माघ। देशकै प्रमुख भन्सार नाका वीरगञ्जको व्यापार घाटा चालू आर्थिक वर्षको छ महिनामा ३२ गुणा पुगेको छ । गत आवको पहिलो छ महिनामा वीरगञ्ज नाकाको व्यापार घाटा १९ गुण रहेकामा चालू आवमा व्यापार घाटा ३२ गुणा पुगेको हो । आव २०७४/७५ को साउनदेखि पुससम्म रु एक खर्ब ८८ अर्ब १२ करोड ९४ लाख मूल्यको विभिन्न वस्तु आयात भएको थियो । सो नाका भएर रु पाँच अर्ब ७२ करोड ९६ लाखको वस्तु निर्यात भएको वीरगञ्...
error: Content is protected !!