संगालोखबर संवाददाता

काठमाडौँ, १२ माघ। राष्ट्रिय जनसांस्कृतिक महासंघको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा सञ्चालित ‘अविरल जनसाहित्य यात्रा’ को ४३ औँ शृङ्खलामा आज साहित्यकार एवं राजनीतिज्ञ प्रदीप नेपालका एक दर्जन प्रतिनिधि कविता प्रस्तुत गरिएको छ ।

साहित्यकार नेपालले ‘बिदाइ १’, ‘बिदाइ २’ र ‘अन्तर्राष्ट्रिय गीत’ शीर्षकका आफ्ना कवितावाचन गर्नुभएको थियो भने उहाँका केही कविता अन्य कविले वाचन गर्नुभएको थियो । उहाँले ‘ठूलो हुन होइन, मान्छे हुन र पार्टी र देशबाट लिन होइन दिनका लागि समर्पित हुनुपर्छ’ भन्ने मान्यतालाई आफूहरुले आदर्श बनाए पनि अहिले म, आफु भन्ने, सर्वेसर्वा ठान्ने विकृति मौलाइरहेको बताउनुभयो ।

Advertisement

वाचन सहयोगी कवि गायत्री विष्टले ‘कविहरू’ शीर्षकको, डम्बर पहाडीले ‘मधेशसँग जोडिएर’ शीर्षकको, वासुदेव अधिकारीले ‘रक्सी महिमा’ शीर्षकको, रमेश पोखरेलले ‘श्रद्धाञ्जलि’ शीर्षकको, पेम्बा लामाले ‘भक्खरै’ शीर्षकको, यशोदा अधिकारीले ‘छोरी जन्मिदा’ शीर्षकको, समिर नेपालले ‘सतीसाल’ शीर्षकको, गायत्री लम्सालले ‘दुःखान्त’ शीर्षकको, जगत् वाशिष्टले ‘गएको साथीलाई’ शीर्षकको र राम विनयले ‘म नागरिक’ शीर्षकको गरी सबै सुन्दर र वैचारिक कवितावाचन गर्नुभएको थियो ।

वाचित कवितामाथि समालोचक प्रा डा यादवप्रकाश लामिछानेले शोषित–पीडितका आवाज नेपालका कवितामा समेटिएको उल्लेख गर्नुभयो ।

मञ्चका अध्यक्ष राम विनयले राजनीति र साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियानको नेतृत्व गर्नुभएका नेपालले चिनियाँ सर्वहारा क्रान्तिको प्रभावस्वरूप झापा विद्रोहका अभियानकर्मीका रुपमा भूमिका निर्वाह गर्नाका साथै साहित्यिक क्षेत्रबाट जनतामा चेतना छर्र्ने काममा योगदान दिनुभएकाले उहाँलाई आमन्त्रण गरिएको बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement