प्रम ओलीको पहिलो चरणको तीन सदस्यीय मन्त्रिपरिषद् समावेशी
काठमाडौँ, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो चरणको तीन सदस्यीय मन्त्रिपरिषद् समावेशी देखिएको छ ।
प्रधानमन्त्रीसँगै शपथ लिनुभएका जनसंख्यामन्त्री लालबाबु पण्डित मधेशी र महिला, बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापा महिला र आदिवासी समूहबाट प्रतिनिधित्व गर्नुहुन्छ । वाम गठबन्धनमा आबद्ध नेकपा (माओवादी केन्द्र) बाट र नेकपा(एमाले)का पदाधिकारी तहबाट सरकारमा सहभागिता हुन बाँकी रहे पन...






























