तुलसीपुर, दाङ, ३ फागुन ।  उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य भएको बताउनुभएको छ ।

Advertisement

दाङ उद्योग वाणिज्य संघद्वारा दाङको घोराहीमा आयोजित “व्यापारिक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगिक कृषि प्रदर्शनी– २०७४” को आज उद्घाटन गर्दै उहाँले भन्नुभयो – “जलविद्युत्, कृषि, खनिज, पर्यटन र उद्योग कलकारखानाबाट नै नेपाल समृद्ध मुलुक बन्न सक्छ ।”

उपराष्ट्रपति पुनले पछिल्लो समय मेला महोत्सव संस्कृतिकै रुपमा स्थापना भएको उल्लेख गर्दै यसले अर्थतन्त्रमा टेवा पु¥याउने बताउनुभयो ।

देशको विकास निर्यात वृद्धिबाट नै हुने बताउँदै उहाँले अहिलको व्यापार घाटा नै हाम्रा लागि चुनौतीको विषय भएको धारणा व्यक्त गर्नुभयो ।

उपराष्ट्रपति पुनले दैनिक उपभोग्य वस्तुदेखि निर्माण सामग्री आयात गर्नुपर्ने अवस्थाले देशको अर्थतन्त्र नकारात्मक दिशातर्फ अघि बढेकोमा चिन्ता व्यक्त गर्दै पूँजीगत खर्च हुन नसक्नु र बैंकिङ क्षेत्रमा आर्थिक तरलता सिर्जना हुनुले अर्थतन्त्रलाई प्रभावित गरेको छ भन्नुभयो ।

अहिलेको चुनौतीलाई पन्छाउँदै नेपाल र नेपालीको समृद्धिको दिशामा अगाडि बढ्नुपर्नेमा जोड दिदैं उहाँले अबको युग आर्थिक समृद्धिको भएको र मुलुकमा लगानीमैत्री वातावरण बनेकोसमेत बताउनुभयो ।

उपराष्ट्रपति पुनले आर्थिक समृद्धिका लागि निजी क्षेत्रले खेलिरहेकोे नेतृत्वदायी भूमिका अत्यन्त सराहनीय र प्रशंसनीय रहेकोसमेत बताउनुभयो ।

सो अवसरमा नेकपा माओवादी केन्द्रका नेता एंव सांसद् कृष्णबहादुर महराले धेरै समय राजनीतिक परिवर्तनका लागि खर्च भएको बताउँदै अब देशको आर्थिक समृद्धि गर्ने समय आएको छ भन्नुभयो ।

सांसद् मेटमणि चौधरीले अब नयाँ सरकारले आर्थिक समृद्धिको ढोका खोल्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य अर्जुनकु्मार श्रेष्ठले प्रादेशिक राजधानीका लागि आफू निरन्तर छलफलमा रहेको जानकारी दिनुभयो ।

दाङ उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो ।

यसअघि विभिन्न जातीय वेषभूषा र झाँकीसहित घोराही ट्राफिक चोकबाट निस्केको शोभायात्रा घोराही बजार परिक्रमा गरी महोत्सवस्थलमा पुगेर सम्पन्न भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!