म्यान्माका राष्ट्रपति लुम्बिनीमाः म्यान्माबाट दुई हजार ५०० बुद्धधर्मालम्बीको भ्रमण

म्यान्माका राष्ट्रपति लुम्बिनीमाः म्यान्माबाट दुई हजार ५०० बुद्धधर्मालम्बीको भ्रमण

बुटवल, १३ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आउनुभएका म्यान्माका राष्ट्रपति विन मिन्तले आज बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको छ । राष्ट्रपति मिन्टले लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गर्नाका साथै त्यहाँस्थित ‘मार्कर स्टोन’(सिद्धार्थ गौतमको पदचाप शिला) बारेमा जानकारी लिनुभएको थियो । उहाँलाई मायादेव...
एशियाडः प्याराग्लाइडिङमा नेपाललाई रजत पदक

एशियाडः प्याराग्लाइडिङमा नेपाललाई रजत पदक

काठमाडौँ, १३ भदौ । एशियाली खेलकूद (एशियाड)मा पहिलो पटक सहभागिता जनाएको प्याराग्लाइडिङ खेलले नेपाललाई रजत पदक दिलाएको छ । एशियाडको ६७ वर्षे इतिहासमा नेपालले दोस्रो पटक रजत जितेको हो । इण्डोनेसियामा जारी १८औँ संस्करणको एशियाडअन्तर्गत प्याराग्लाइडिङकोे पुरुष क्रस कन्ट्री स्पर्धाको अन्तिम चरणको खेलमा नेपालले रजत हात पारेको हो । जाकार्तास्थित गुनुङ मास पुनकाकमा भएको खेलमा नेपालले रजतपदक पक्का गरेको...
धनकुटाको कोलबोटेमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २५ घाईते (फोटो फिचरसहित)

धनकुटाको कोलबोटेमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २५ घाईते (फोटो फिचरसहित)

धनकुटा, १३ भदौ । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलबोटेमा आज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २५ जना घाईते भएका छन् । सुनसरीको ईनरुवाबाट धनकुटाको नमस्ते झरना आउँदै गरेको को.१ ख ३५८३ नम्बरको बस बिहान करिव ११ बजे ब्रेक फेल भई सडकको भित्तामा ठोक्किएर पल्टिएको हो । दुर्घटनामा परी सुनसरीको बराहक्षेत्र नगरपालिका–९ का ४८ बर्षीय राजेन्द्र चन्द्रबंसीको मृत्यु भएको धनकुटाका प्...
के म्यान्मारको सेना सजायको भागिदार हुनेछ ?

के म्यान्मारको सेना सजायको भागिदार हुनेछ ?

बैंकक, १३ भदौ । संयुक्त राष्ट्रसंघीय समितिले म्यान्मारको सैनिक नेतृत्वलाई रोहिङग््या जातीविरुद्ध भएको भनिएको अपराधमा न्यायालयको सामना गर्नुपर्ने बताएको छ । यहाँको सेना कारबाहीको भोगी होला भन्ने बिषय लामो र जटील छ । आफ्नो सहयोगीविरुद्ध ल्याइने कुनै पनि कारबाहीको मागलाई अन्तरराष्ट्रिय फौजदारी अदालतमा लान चीनले अवरोध सिर्जना गर्न सक्छ । राष्ट्रसंघीय तथ्य–अन्वेषण टोलीले सोमबार प्रस्तुत गरेको प्रतिव...
पुस्तकालय छन्, पाठक छैनन्

पुस्तकालय छन्, पाठक छैनन्

भद्रपुर, १३ भदौ । सात सालको जनक्रान्ति सफल भएपछि पूर्वी नेपालमा गठित पहिलो जनसरकारले २००८ सालमा स्थापना गरेको भद्रपुर पुस्तकालय विगतमा चर्चित रहे पनि अहिले गुमनाम छ । ऐतिहासिक महत्व बोकेको ६७ वर्ष पुरानो झापाको यो पुस्तकालय विगत दुई दशक यता पाठकविहीन अवस्थामा छ । “पढ्न भनेर कोही आउँदैनन्, सरकारले समेत यसको संरक्षण र सञ्चालनमा कुनै ध्यान दिएको छैन” – भद्रपुरबाट प्रकाशित नौलो आवाज पत्रिकाका सम्पा...
काउली बुढीको नयाँ तीज गीत ‘चाइना बेइजिङ’ बजारमा (भिडियोसहित)

काउली बुढीको नयाँ तीज गीत ‘चाइना बेइजिङ’ बजारमा (भिडियोसहित)

काठमाडौं । काउली बुढी उर्फ सन्ध्या बुढा । अहिले यो नाम निकै चर्चामा छ । नेपालको सर्वाधिक रुचाइएको रियालीटी शो ‘नेपाल आइड सिजन २’ मा उनले देखाएको प्रस्तुतीका कारण अहिले उनको चर्चा चुलिएको हो । तिनै बुहप्रतिभाकी धनी काउली बुढीको तीज गीत बजारमा आएको छ । हिजै मात्र उनले ‘चाइना बेइजिङ’ बोलको तीज गीत बजारमा ल्याएकी हुन् । गीतलाई मेशना डिजिटल प्रा.लिले बजारमा ल्याएको हो । गीतमा उनको र अमृत रेग्मीक...
म्याग्दीमा आफ्नै बाबुबाट १२ वर्षीया बालिका बलात्कृत

म्याग्दीमा आफ्नै बाबुबाट १२ वर्षीया बालिका बलात्कृत

काठमाडौँ, १३ भदौ । म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा १२ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् । पीडित बालिका र उनकी आमाले दिएको जाहेरीका आधारमा प्रहरीले ५३ वर्षीय बाबुलाई पक्राउ गरेको जनाएको छ । गएको शनिबार आमा कपडा धुन खोलामा गएको वेला बाबुले छोरीलाई बलात्कार गरेका उजुरी म्रयाग्दी प्रहरीले जनाएको छ । प्रहरीले ती पुरुषलाई नाबालिक तथा हाडनाता करणीमा कारबाही अघि बढाउने तयार...
बिम्स्टेक मन्त्रीस्तरीय बैठक शुरु

बिम्स्टेक मन्त्रीस्तरीय बैठक शुरु

काठमाडौँ, १३ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को १६औँ मन्त्रीस्तरीय बैठक राजधानीमा शुरु भएको छ । बैठकको अध्यक्षता गर्नुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सदस्य देशका आफ्ना समकक्षीको स्वागतसँगै उद्घाटन मन्तव्य व्यक्त गर्दै बिम्स्टेक क्षेत्रको सामाजिक–आर्थिक रुपान्तरण सङ्गठनको अबको कार्यसूची हुनुपर्ने बताउनुभयो । व्यापार र लगानीबाटै ...
प्याराग्लाइडिङ खेलबाट पदकको सम्भावना

प्याराग्लाइडिङ खेलबाट पदकको सम्भावना

काठमाडौँ, १३ भदौ । इण्डोनेसियामा जारी १८औँ एशियाली खेलकूदअन्तर्गत प्याराग्लाइडिङको टिम क्रस कन्ट्री इभेन्टको अन्तिम चरणको खेल आज हुँदैछ । मङ्गलबार चौथो चरणको खेल समाप्त हुँदासम्म नेपाली पुरुष टोली दोस्रो स्थानमा पुगेको छ । आज अन्तिम दिनको प्रतिष्पर्धामा नेपालले अघिल्लो दिनसम्मको अवस्थालाई कामय राख्नसके १८औँ एशियाडमा पहिलो पदक प्याराग्लाइडिङमा जित्ने सम्भावना छ । मङ्गलबारको खेल सकिँदासम्म नेपाल...
विश्व कीर्तिमान बनाउन केसीको वक्तव्य ५३ घण्टादेखि जारी

विश्व कीर्तिमान बनाउन केसीको वक्तव्य ५३ घण्टादेखि जारी

काठमाडौँ, १३ भदौ । सबैभन्दा लामो समयसम्म बोलेर विश्व कीर्तिमान बनाउने तयारीमा जुट्नुभएका अनन्तराम केसीले निरन्तर ५३ घण्टादेखि बोलीरहनुभएको छ । केसीको अभियान गोकर्णेश्वर–५, जोरपाटीस्थित इस्ट पोल माविमा सोमबार बिहान ६ बजेदेखि शुरु भएको हो । आज बिहान ११ बजेसम्मको अभिलेखअनुसार उहाँले ५३ घण्टा बोली सक्नुभएको अभियानको संयोजन गरिरहनुभएका न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष कुमारराज सुवेदीले राससलाई जानकार...
एसियाकप छनोट : नेपालद्वारा ओमनसामु २ सय २३ रनको लक्ष्य प्रस्तुत

एसियाकप छनोट : नेपालद्वारा ओमनसामु २ सय २३ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, १३ भदौ । एसियाकप छनोट खेल खेलिरहेको नेपालले  ओमनसामु २ सय २३ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको बायुमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२२ रन बनायो । ओमनले टस जितेर फिल्डिङ रोजेपछि नेपाल पहिलो ब्याटिङ गरेको थियो  । नेपालका लागि सागर पुनले सर्वाधिक रन बनाए ।  पुनले ८४ बलमा ६ चौका र २ छक्कासहित ८३ रन बनाए । नेपालको खातामा ज्ञानेन्द...
पाँचथरका निर्माणाधीन हाइड्रोपावरले कर तिरेनन्

पाँचथरका निर्माणाधीन हाइड्रोपावरले कर तिरेनन्

पाँचथर, १३ भदौ । पाँचथरमा निर्माणाधीन अवस्थामा रहेका हाइड्रोपावरले राज्यलाई तिर्नुपर्ने कर अझसम्म तिरेका छैनन् । जि एन कन्स्ट्रक्सनमार्फत् जिल्ला समन्वय समिति पाँचथरले लगाएको कर ती हाइड्रोपावरले नतिरेका हुन् । जिससले खुलाएको बोलपत्र टेण्डर पारेर कर उठाउने जिम्मा पाएको जि एन कन्स्ट्रक्सनलाई कर नतिरेका हुन् । गत ०७४ असोज १ मा जिसस र उक्त कन्स्ट्रक्सनबीच भएको सम्झौतामा जिससले लगाएको ढुङ्गा, बालुवा...
एशिया कप छनोट: नेपाल टस हारेर ब्याटिङ गर्दै

एशिया कप छनोट: नेपाल टस हारेर ब्याटिङ गर्दै

काठमाडौँ, १३ भदौ । एशिया कप छनोट क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ शुरु गरेको छ । ओमनले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङ गरिरहेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा शुरु भएको खेलमा नेपालले यो समाचार तयार पार्दासमेत १६ ओभरमा ५६ रन जोड्दै दुई विकेट गुमाएको छ । सुवास खकुरेल चार, कप्तान पारस खड्का आठ रनमा आउट भएका छन् । नेपालका लागि ज्ञानेन्द्...
नेपालमा बिमस्टेक सदस्य राष्ट्रको लगानी साढे ८४ अर्ब

नेपालमा बिमस्टेक सदस्य राष्ट्रको लगानी साढे ८४ अर्ब

काठमाडौँ, १३ भदौ । नेपालमा बिमस्टेकका प्रत्यक्ष लगानी न्युन छ ।  श्रीलका, भुटान, थाईल्याण्ड र म्यानमारको लगानी तथ्यांकले निराशजनक देखाउँछ । भारत र बंगलादेशको लागनी भने तुलनात्मक रुपम बढी छ । नेपालले माघ ०६० मा बिमस्टेकको सदस्यता लिएको हो । त्यसयता बिमस्टेक सदस्यराष्ट्रबाट नेपालमा ८० अर्ब रुपैयाँ प्रत्यक्ष लगानी प्रतिबद्धता आएको छ । जुन नेपालमा भित्रिएको कुल बैदेशिक लगनीको करिव ३५ प्रतिशत हो । ...
बिम्स्टेक मन्त्रीस्तरीय बैठक बस्दै

बिम्स्टेक मन्त्रीस्तरीय बैठक बस्दै

काठमाडौँ, १३ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को १६औँ मन्त्रीस्तरीय बैठक आज बिहान बस्दैछ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा हुने उक्त बैठकमा सदस्य देशका परराष्ट्र/बाह्य मामिला/विदेशमन्त्रीले सम्बोधन गर्नुहुने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा बिम्स्टेकका महासचिवको प्रतिवेदन भोलिदेखि शुरु हुने शिखर सम्मेलनको...
मोटरसाइकल नकिनिदिएको निहुँमा आँपको रुखमा झुण्डिएर आत्महत्या

मोटरसाइकल नकिनिदिएको निहुँमा आँपको रुखमा झुण्डिएर आत्महत्या

काठमाडौँ, १३ भदौ । अभिभावकले मोटरसाइकल नकिनिदिएको निहुँमा महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा मङ्गलबार एक विद्यार्थीले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार पिपरा गाउँपालिका–६ रतौली गाउँमा स्थानीय २१ वर्षीय आशिष मुखियाले घर नजिकै रहेको आँपको रुखमा झुण्डिएर आत्महत्या गरेका हुन् । यसै वर्ष माध्यमिक शिक्षा परीक्षा पास गरेका विद...
रुसले शीत युद्धपछिको सबैभन्दा ठूलो सैन्य अभ्यास गर्ने

रुसले शीत युद्धपछिको सबैभन्दा ठूलो सैन्य अभ्यास गर्ने

मस्को, रूस । रुसले आगामी महिना शीतयुद्ध पछि पहिलो पटक सबैभन्दा विशाल युद्ध अभ्यास गर्ने भएको रुसी रक्षा मन्त्रीले बताउनुभएको छ । सन् १९८० पछि तीन लाख सेना र एक हजार विमान प्रयोग गरी हुने सैन्य अभ्यासलाई भोस्टोक–२०१८ नामाकरण गरिने छ । सेप्टेम्बर १० देखि पाँच दिन हुने अभ्यासमा मुलुकका केन्द्रदेखि पूर्वी क्षेत्रसम्मका सबै तहका सेनाको प्रतिनिधित्व हुनेछ । यो अभ्यास पूर्वी यूरोपमा सन् १९८१ मा गरिएक...
फष्ट लेडीहरुकाे स्वागतका लागि आतुर पाटन दरबार स्क्वायर

फष्ट लेडीहरुकाे स्वागतका लागि आतुर पाटन दरबार स्क्वायर

ललितपुर, १३ भदौ । बिहीबार र शुक्रबार काठमाडौमा आयोजना हुने बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने फस्ट लेडीहरुलाई ललितपुरको पाटन दरबार स्क्वायरमा सांस्कृतिक झलकहरु देखाईने भएको छ । सम्मेलनमा सहभागी हुन आउने फस्ट लेडीहरुले शुक्रबार पाटन दरवार स्वायरदेखि गोल्डेन ट्याम्पलमा तीन घण्टाको समय बिताउने भएका छन । त्यस क्रममा विश्वसम्पदा सूचीकृत पाटन दरबार क्षेत्र, गोल्डेन टेम्पलको नाउंले प्रसिद्ध हिरण्यवर्ण...
घरले च्यापिएर एकै परिवारका पाँचको मृत्यु

घरले च्यापिएर एकै परिवारका पाँचको मृत्यु

सल्यान, १३ भदौ । सल्यानमा गए राति घरले च्यापिएर एकै घरका पाँचको मृत्यु भएको छ । बागचौर नगरपालिका–४ सिमखोलीमा घर भत्किँदा एकै घरका पाँचको च्यापिएर मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा ३९ वर्षीय रामसिंह कामी, उहाँकी ३५ वर्षीया श्रीमती रामकला कामी, उहाँकी ६ वर्षीया छोरी गङ्गा कामी, पाँच वर्षीया छोरी प्रमिला कामी र चार वर्षीय छोरा रुपलाल कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्य...
डेढ सय भारतीय कमाण्डो काठमाडौंमा

डेढ सय भारतीय कमाण्डो काठमाडौंमा

काठमाडौँ, १३ भदौ ।  भारतीय सेनाका डेढ सयभन्दा बढी कमाण्डो फौज गुपचुप रुपमा काठमाडौं आएको छ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भारतबाटै अत्याधुनिक हातहतियार सहितको कमान्डो फार्स काठमाडौं आइपुगको हो । बंगलादेश, म्यानमार र थाइल्याण्डबाट पनि केही कमान्डो काठमाडौं आइसकेको उच्च...
ब्यान्डविथ खरिद : एनसेलले १० मा किन्छ, टेलिकमले २४ डलर तिर्छ

ब्यान्डविथ खरिद : एनसेलले १० मा किन्छ, टेलिकमले २४ डलर तिर्छ

काठमाडौँ, १३ भदौ । नेपाल टेलिकमले ग्लोबल टेन्डरमार्फत ब्यान्डविथ खरिद गर्दा चर्को मूल्य तिर्नु परेको छ। सार्वजनिक खरिद ऐनमा टेन्डरमार्फत नै ब्यान्डविथ खरिद गर्नुपर्ने व्यवस्था छ। टेलिकम र एनसेलले एउटै विदेशी कम्पनीसँग ब्यान्डविथ खरिद गरिरहेका छन्। तर, एनसेलको तुलनामा टेलिकमले तिर्नुपर्ने शुल्क करिब तीन गुणा बढी छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतका अनुसार टेलिकम र एनसेले भारतको भारती एय...
ट्रेड युनियन काङ्ग्रेसको प्रदेशस्तरीय बैठक

ट्रेड युनियन काङ्ग्रेसको प्रदेशस्तरीय बैठक

इटहरी, १२ भदौ । नेपाल ट्रेड युनियन काङ्ग्रेसका अध्यक्ष पुष्कर आचार्यले ट्रेड युनियन काङ्ग्रेसले सङ्घीय संरचनाअनुरुप सङ्गठनात्मक ढाँचा र स्वरुप परिमार्जन गर्ने गृहकार्यमा जुटेको बताउनुभएको छ । आज विराटनगरमा आयोजित नेपाल ट्रेड युनियन काङ्ग्रेस प्रदेश नं. १ को पूर्ण बैठकमा उहाँले श्रमजीवी नेपाली जनताको भावनालाई सरकार र राजनीतिक दलले उच्च कदर गर्नुपर्नेमा जोड दिनुभयो । वरिष्ठ उपाध्यक्ष महेन्द्रप्र...
झाँक्री हत्याको आरोपमा २४ जना थुनामा

झाँक्री हत्याको आरोपमा २४ जना थुनामा

धादिङ, १२ भदौ । जिल्ला अदालत धादिङले गङगाजमुना गाउँपालिका–२ लताब गाउँका झाँक्री र उनका सहयोगीलाई कुटपिट गरी हत्या गरेको आरोपमा पुर्पक्षका लागि २४ जनालाई थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले प्रहरीले पक्राउ गरी अनुसन्धानपछि जिल्ला अदालतमा पेश गरिएका २८ जनामध्ये २४ जनालाई पुर्पक्षका लागि थुनामा राख्न र चार जनालाई साधारण तारेखमा छाड्न आदेश दिइएको जिल्ला अदालतका स्...
धनकुटामा पनि मनाईयो हिलेजात्रा

धनकुटामा पनि मनाईयो हिलेजात्रा

धनकुटा, १२ भदौ । धनकुटामा पनि मंगलवार हिलेजात्रा पर्व मनाईएको छ । स्थानीय टुँडिखेलबाट सुरु भएको हिलेजात्रा नगरपरिक्रमा गरी पुनः टुँडिखेलमा पुगेर समापन भएको हो । रोपाई जात्रामा मान्छेलाई गोरुको रुपमा नारेर हिडाई हातमा बिउ बोकेर रोपार र कोदाली बोकेर लाठे निश्किएका थिए । केटाले केटिको पहिरन र केटिले केटाको पहिरन लगाएर युवा युवतीहरु झाँकिसहित जात्रामा निश्किएका थिए । असार र साउनमा रोपाई सकेर मनोरञ...
सामूहिक बलात्कारको आरोपमा पाँच युवक पक्राउ

सामूहिक बलात्कारको आरोपमा पाँच युवक पक्राउ

लहान, १२ भदौ । एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले पाँच जना युवा पक्राउ गरेको छ । रक्षाबन्धनको अवसरमा सप्तरीको शम्भुनाथ नगरपालिकास्थित अर्नाहामा लागेको मेला भरेर फर्किंदै गरेकी सप्तरीको खडक नगरपालिका–५ की २० बर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले जिल्लाको बिभिन्न स्थानबाट ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरीको शम्भुनाथ नगरपालिका–५ निवासी २० व...
बिम्स्टेकमा ऊर्जा सहायता अभिवृद्धिको समझदारी

बिम्स्टेकमा ऊर्जा सहायता अभिवृद्धिको समझदारी

काठमाडौ, १२ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा ‘बिम्स्टेक ग्रिड इन्टरकनेक्सन’ स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । राजधानीमा आज सम्पन्न बिम्स्टेक मुलुकका वरिष्ठ पदाधिकारीको १९औँ बैठकले ऊर्जाको क्षेत्रमा सदस्य मुलुकबीच सहायता अभिवृद्धि गर्न त्यस्तो समझदारीपत्रमा हस्ताक्षरका लागि शिखर सम्मेलनमा सिफारिस गर...
एन्फाद्वारा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु

एन्फाद्वारा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु

काठमाडौँ, १२ भदौ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले तल्लो तहदेखि नै फुटबलको विकासका लागि ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु गरेको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आज एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच उक्त कार्यक्रमको शुभारम्भ गर्नुभयो । कार्यक्रमअन्तर्गत जिल्ला तहबाटै फुटबलको विकासका लागि एन्फाले विविध कार्यक्रमसमेत बनाएको छ । कार्यक्रम यही भदौ २७ गतेबाट औपचारिक शुरुव...
ग्रामीण समुदायको जीवनस्तर उकास्न ३६ हजारभन्दा बढी नयाँ उद्योग दर्ता

ग्रामीण समुदायको जीवनस्तर उकास्न ३६ हजारभन्दा बढी नयाँ उद्योग दर्ता

काठमाडौँ, १२ भदौ । सरकारले ग्रामीण समुदायको जीवनस्तर उकास्नका लागि ३६ हजार ३०३ वटा नयाँ लघु, घरेलु तथा साना उद्योग दर्ता गरेको छ । आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको लघु, घरेलु तथा साना उद्योगको विकासका लागि सरकारले आव २०७४/७५ मा सो सङ्ख्यामा नयाँ उद्योग दर्ता गरेको हो । दर्ता भएका नयाँ उद्योगमध्ये घरेलु तथा साना उद्योग विभागमा २२ हजार ६६६ र लघु, घरेलु तथा साना उद्योग विकास समितिमा १३ हजार ६...
भारतसँगका सम्झौता कार्यान्वयनका चरणमा छन्: प्रधानमन्त्री ओली

भारतसँगका सम्झौता कार्यान्वयनका चरणमा छन्: प्रधानमन्त्री ओली

काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगका सहमति र सम्झौता कार्यान्वयनका चरणमा रहेको जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले दुवै मुलुकबीच गठन भएको प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदनअनुसार दुवै मुलुकबीच भएका सन्धिसम्झौता पुनरावलोकन हुने चरणमा रहेको बताउनुभयो । सरकारको पहलमा रसुवागडी–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न भएको र वीरगञ्ज–काठमाडौँ रेल्वेको क...
इन्टरनेटका कारण परम्परागत मिडियामाथि धर्मसङ्कट

इन्टरनेटका कारण परम्परागत मिडियामाथि धर्मसङ्कट

पेरिस, १२ भदौ । युद्ध रिपोर्टिङ र खोज पत्रकारिता गरिरहेका धेरै मिडियाले ठूलो मूल्य चुकाउनुपर्ने परिस्थिति अझ सिर्जना हुँदै गएको यसक्षेत्रका अग्रजहरुले बताएका छन् । गूगल र फेसबुकजस्ता ठूला इन्टरनेट कम्पनीहरुले परम्परागत मिडियाका सामग्रीहरु निःशुल्क लिएर आफूले विज्ञापन मार्फत राजश्वको ठूलो हिस्सा बटुल्न थालेपछि विज्ञहरुकै भनाईमा गुणस्तरीय पत्रकारिता धर्मसङ्कटमा पर्न थालेको छ । यतिमात्र होइन, द्व...
उपत्यकामा दुई दिन शैक्षिक संस्था बिदा

उपत्यकामा दुई दिन शैक्षिक संस्था बिदा

काठमाडौँ, १२ भदौ । सरकारले बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आउने विदेशी अतिथि तथा प्रतिनिधिको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउने उद्देश्यले उपत्यकाका सम्पूर्ण शिक्षण संस्था दुई दिन बिदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयको सुरक्षा महाशाखामा आज बसेको सम्बन्धित निकायको बैठकले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनलाई सहजरुपमा सम...
error: Content is protected !!