
काठमाडौँ, १३ भदौ । म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा १२ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् ।
पीडित बालिका र उनकी आमाले दिएको जाहेरीका आधारमा प्रहरीले ५३ वर्षीय बाबुलाई पक्राउ गरेको जनाएको छ ।
गएको शनिबार आमा कपडा धुन खोलामा गएको वेला बाबुले छोरीलाई बलात्कार गरेका उजुरी म्रयाग्दी प्रहरीले जनाएको छ ।
प्रहरीले ती पुरुषलाई नाबालिक तथा हाडनाता करणीमा कारबाही अघि बढाउने तयारी गरेको छ ।















