
काठमाडौं । काउली बुढी उर्फ सन्ध्या बुढा । अहिले यो नाम निकै चर्चामा छ । नेपालको सर्वाधिक रुचाइएको रियालीटी शो ‘नेपाल आइड सिजन २’ मा उनले देखाएको प्रस्तुतीका कारण अहिले उनको चर्चा चुलिएको हो ।
तिनै बुहप्रतिभाकी धनी काउली बुढीको तीज गीत बजारमा आएको छ । हिजै मात्र उनले ‘चाइना बेइजिङ’ बोलको तीज गीत बजारमा ल्याएकी हुन् । गीतलाई मेशना डिजिटल प्रा.लिले बजारमा ल्याएको हो । गीतमा उनको र अमृत रेग्मीको आवाज छ । भने, लय प्रकाश भट्ट र संगीत अमीतबाबु रेग्मीको छ ।
यस्तै, यो गीतको म्यूजिक भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन् । भने, अन्जली अधिकारी, रञ्चित परियार र सुस्मीता गीरीले अभिनय गरेका छन् ।
भिडियोको निर्देशन बिक्रम चौहानले गरेका छन् । र, भिडियोमा छायांकन भने प्रकाश खड्काको छ । २ दिनमा नै काउली बुढीको यो गीतलाई ४२ हजार बढ पटक हेरिएको छ । गीतलाई म्यूजिक नेपालले आइतबार युट्युब मार्फत् सार्वजनिक गरेको हो ।















