काठमाडौँ, १३ भदौ ।  भारतीय सेनाका डेढ सयभन्दा बढी कमाण्डो फौज गुपचुप रुपमा काठमाडौं आएको छ ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भारतबाटै अत्याधुनिक हातहतियार सहितको कमान्डो फार्स काठमाडौं आइपुगको हो ।

बंगलादेश, म्यानमार र थाइल्याण्डबाट पनि केही कमान्डो काठमाडौं आइसकेको उच्च स्रोतको भनाइ छ ।  भारतबाट भने वरिष्ठ अभिकृतकै कमान्डमा फौज आएको विशेष स्रोतले जानकारी दियो ।

सैनिक कमाण्डो सम्मेलन स्थल सोल्टी होटल, डिनर स्थल हायात तथा पाहुनाको आवगमन स्थल वरपर तैनाथ भएको स्रोतको दाबी छ ।

सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुस्मा स्वराजलगायत भारतीय प्रतिनिधीमण्डलको टोलि विशेष विमानबाट बिहीबार काठमाडौं आउँदै छ ।  आजको कारोबारमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!