काठमाडौँ, १३ भदौ । एशिया कप छनोट क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ शुरु गरेको छ । ओमनले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङ गरिरहेको छ ।

Advertisement

मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा शुरु भएको खेलमा नेपालले यो समाचार तयार पार्दासमेत १६ ओभरमा ५६ रन जोड्दै दुई विकेट गुमाएको छ । सुवास खकुरेल चार, कप्तान पारस खड्का आठ रनमा आउट भएका छन् । नेपालका लागि ज्ञानेन्द्र मल्लले ४४ रन बनाउदै खेलिरहेका छ्न । प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, ओमन, युएइ, सिंगापुर र हङकङ रहेका छन् ।

एक दिवसीय खेलमा नेपाल र ओमन अहिलेसम्म पाँच पटक आमनेसामने भइसकेका छन् । नतिजा नेपालले पक्षमा तीन र ओमनले दुई खेलमा विजय हासिल गरेको छ ।

एशिया कप भने यही भदौ २८ देखि असोज १२ गतेसम्म युएइमा हुनेछ । एशिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तानजस्ता टेष्ट राष्ट्रको सहभागिता रहनेछ । उक्त प्रतियोगता तयारीका लागि नेपाली टोलीले श्रीलङ्कामा एक साताको विशेष प्रशिक्षण र तीन अभ्यास खेल खेलेको थियो । नेपालले श्रीलङ्कामा रहँदा त्यहाँका श्रीलङ्कन आर्मी, कोल्ट्स र ब्लुमफिल्ड क्लबलाई पराजित गरेको थियो ।

नेपाली टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, अनिलकुमार साह, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितसिंह भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल रहेका छन् ।

वैकल्पिक खेलाडीमा प्रदीप ऐरी, किशोर महतो, सुनील धमला र सुसन भारी छन् । आजै हुने अर्को खेलमा आयोजक मलेसिया र हङ्कङ भिड्दैछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!