एशिया कप छनोट: नेपाल चार विकेटले विजयी
काठमाडौँ, १७ भदौ । एशिया कप छनोटअन्तर्गत आज भएको चौथो खेलमा नेपालले सिङ्गापुरलाई चार विकेटले पराजित गरेको छ ।
जितका लागि पाएको १५२ रनको लक्ष्य नेपालले २८ दशमलव १ ओभरमा ६ विकेट गुमाएर पुरा ग¥यो । नेपालका लागि अनिलकुमार साहले ४३, दीपेन्द्रसिंह ऐरीले ३३, ज्ञानेन्द्र मल्लले २९, सुवाश खकुरेल र सागर पुनले १४/१४ तथा कप्तान पारस खड्काले ११ रन बनाए ।
मलेशियाको राजधानी क्वालालम्पुरमा टस जितेर ब्याटिङ गर...






























