काठमाडौँ, १७ भदौ ।  रक्षा मन्त्रालयले एक वर्षभित्रै सञ्चालनमा ल्याउने गरी नेशनल डिफेन्स कलेज (वार कलेज) खोल्ने तयारी थालेको छ।

Advertisement

राष्ट्रिय क्षेत्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा/प्रतिरक्षा सम्बन्धी अध्ययन/अध्यापान तथा रणनीति सम्बन्धी प्राज्ञिक केन्द्रका रुपमा नेशनल डिफेन्स कलेज र विश्वविद्यालय सरकारै लगानीमा सञ्चालन गर्ने रक्षाको कार्ययोजनामा उल्लेख छ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आफ्नो अल्पकालिन मध्यकालिन र दीर्घकालिन, कार्ययोजनामै वार कलेज र नेशनल डिफेन्स युनिभर्सिटी स्थापनाकाा खाका अघि सारेको छ।

‘एक वर्षभित्र डिफेन्स कलेज र नेशनस डिफेन्स विश्वविद्यालय स्थापनाको प्रारस्भ सम्बधी योजना निर्माण गरिने छ।’

रक्षा मन्त्रालयले तय गरिएको खाकामा भनिएको छ, ‘नेशनल रिजनल र इन्टरनेशनल सेक्युरिटी सम्बन्धि उच्च अध्ययन नेपालमै सुरु भई राष्ट्रिय सुरक्षामा सकारात्मक प्रभाव पर्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रको प्रतिष्ठा समेत वृद्धि हुने छ।’, आजको कारोवार दैनिकमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!