काठमाडौँ, १६ भदौ । अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो भएको छ । शुक्रबारसम्म एक अमेरिकी डलरको खरिद मूल्य १ सय १२ रुपैयाँ ८९ पैसा छ भने विक्री मुल्य १ सय १३ रुपैँया ४९ पैसा पुगेको छ । यो अहिलेसम्मकै उच्च वृद्धि होे ।

Advertisement

विहिबार पनि डलरले मुल्य बढेका थियो । विहिबार डलरको मुल्य एकको खरिदर १ सय १२ रुपैँया र विक्रीदर १ सय १३ रुपैँया २५ पैसा थियो । शुक्रबारको तुलनामा विहिबार २४ पैसाले डलर महगिएको छ ।

अमेरिकी डलर महँगिएपछि नेपाली रुपैँया थप कमजोर भएको छ । गत बैंशाखमा अमेरिकी डलर औसत १ सय ६ रुपैयाँ ३८ पैसाको हाराहारीमा थियो । ५ महिनाको अवधीमा नेपाली रुपैयाँ झण्डै ८ रुपैयाँले कमजोर भएको छ ।

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति भएपछि अमेरिकी अर्थतन्त्र मजवुत भएको छ । त्यसका साथै डलर पनि कजबुत बलियो हँुदा नेपाल रुपैयाँ कमजोर भएको राष्ट्र राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले बताए ।

त्यसैगरी,भारतीय रुपैयाँ पनि डलरसंग कमजोर भएको छ । जसका कारण नेपाली रुपैँया थप कमजोर बन्न पुगेको राष्ट्र बैंकको भनाई छ । डलर बलियो हुनासाथ त्यसको चाप मूल्यमा पर्छ र बजार भाउ आकासिन्छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले कर्पोरेट करमा भारी कटौती गर्ने भएपछि अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको भाउ बढ्दै गएको हो । राष्ट्रपति ट्रम्पले आगामी सन् २०१९ देखि लागु हुने गरी कर्पोरेट कर ३५ प्रतिशतबाट २५ प्रतिशतमा झार्ने प्रस्तावमा हस्ताक्षरका थिए । राजधानी दैनिकमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!